आक्रमणको दुष्प्रयास निन्दनीय छ
हाम्रो देश नेपाल यतिखेर राजनीतिक रूपमा कठिन मोडमा पुगेको छ । शदियौंदेखि आफ्नो सार्वभौमसत्ताको लडाइँलाई २०६२/०६३ को आन्दोलनमार्फत नेपाली जनताले विजय प्राप्त गरेका हुन् । संविधानसभामार्फत संविधान निर्माण गर्ने नेपाली जनचाहना दोस्रो संविधानसभामार्फत पूर्ण हुन थालिरहेको छ । पहिलो संविधानसभाको विघटनले दुखी र चिन्तित बनेका नेपाली जनताको अनुहारमा यतिखेर आशा र भरोसा देखिन थालेको छ । दोस्रो संविधानसभाबाट कुनै पनि हालतमा संविधान घोषणा गरी छाड्ने दलीय प्रतिबद्धता सकारात्मक र स्वागत योग्य छ ।
यतिबेला संविधान निर्माणको प्रक्रिया करिब निष्कर्षमा पुग्न थालिरहेको छ । संविधानको मस्यौदा संविधानसभामा प्रस्तुत भई छलफलका लागि सभासद्मार्फत जनताको बीचमा पुगिरहेको छ । कुनै पनि वस्तु आफैंमा पूर्ण हुन सक्दैन हरेक वस्तुमा नयाँ र महत्वपूर्ण कुरा पूर्णतातिर उन्मुख गराउनुपर्छ । यो संविधानले सबै कुराको समाधान दिन सक्छ, दिनुपर्छ र यो नै अन्तिम हो भन्ने कुरा युवा संघ नेपालले विश्वास गर्दैन । समय परिस्थितिमा यसलाई परिवर्तन गर्दै समृद्ध बनाउनुपर्ने हुन्छ । देश संक्रमणकालमा रहेको बेला यसलाई निकास दिनु हरेक राजनीतिक दलको जिम्मेवारी हो । संविधानको मस्यौदा सुझाव र छलफलका लागि जनताको बीचमा गइरहेका बेला जनतालाई सचेत र सक्रियतापूर्वक सुझाव दिने विषयतिर जनतालाई परिचालन गर्नु बुद्धिमानी हुन्छ । यसो भएमा देशले निकास पाउने, विकास र समृद्धिको फड्को मार्न सक्ने भएकाले नेपाल र नेपालीको अहित चाहने केही शक्तिहरू तिल्मिलाएका छन् ।
संविधानमा जनताले महत्त्वपूर्ण सुझाव दिन खोजिरहेका बेला आज केही जनविरोधीहरू विभिन्न स्थानहरूमा कार्यक्रमलाई बिथोल्ने सुझाव लिन गइरहेका जनप्रतिनिधिहरूमाथि बलप्रयोग गर्ने, अराजक उत्शृङ्खल क्रियाकलाप गर्ने । जनतालाई डर, त्रास र धम्की दिएको कुरा सार्वजनिक भइरहेका छन् । यसप्रति युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिहरूले देशलाई अस्थिर बनाइराख्न र नेपाली समाजलाई पछौटे समाजको रूपमा स्थिर बनाउन तथा राष्ट्रियता, अखण्डता र नेपालको सार्वभौमसत्तामाथिकै गम्भीर प्रहार हुने कुरामा युवा संघ नेपाल सचेत छ ।
यसर्थ संविधानको मस्यौदामाथि छलफल चलाई जनताको सुझाव संकलन गर्ने कार्यमा सहभागी हुन गइरहेका जनप्रतिनिधिहरूमाथि देशको विभिन्न स्थानमा भएका आक्रमण, कार्यक्रम बिथोल्ने गरी गरिएको दुष्प्रयासलाई युवा संघ नेपाल घोर विरोध र भत्र्सना गर्दछ । त्यस्तो कार्य नदोहोर्याउन सम्बन्धित पक्षलाई चेतावनी दिँदै जनतालाई यस प्रक्रियामा निर्भिकतापूर्वक सहभागी हुन आह्वान गर्दछौं ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply