अमरेशलाई राष्ट्रद्रोह अपराधमा कारबाही गर
नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंहले विगतको पूर्वी तथा पश्चिमी पाकिस्तानको प्रसंगलाई सन्दर्भमा राखेर नेपालबाट ‘तराई अलग देश बनाउने’ विखण्डनकारी विचार प्रकट गरेकाले त्यसको हाम्रो पार्टी गम्भीर आपत्ति गर्दछ र त्यस्तो विचारको निन्दा तथा भत्र्सना गर्दछ । उहाँलाई गम्भीर राष्ट्रद्रोही अपराधमा तत्काल सख्त कारबाही चलाउन शीघ्रातिशीघ्र सरकारसँग आग्रह गर्दछ ।
नेपाल, भारत सिमाना–ठोरीमा नेपालको सार्वभौम क्षेत्र टुटे खोलामा भारतीय एसएसबी (सीमा सुरक्षाबल)ले पटक–पटक अतिक्रमण तथा आक्रमण गर्दै आएको छ । नेपालको सरहदमा प्रवेश गरी स्थानीय जनतालाई उक्साउने भिडन्तको तयारी गरी नेपाली जनता दमन गर्ने काम गर्दै आएकोमा हामी त्यसको तीव्र निन्दा गर्दै अनधिकृत रूपमा भारतीय सीमा सुरक्षाबलको प्रवेश रोक्न भारतसँग आग्रह गर्दछौं । नेपाल सरकारसँग सिमानामा जनताको सुरक्षा एवम् मैत्रीभाव निर्माण गर्न द्विपक्षीय वार्तावाट समस्या समाधान गर्न उचित पाइला चाल्न आग्रह गर्दछौं । त्यस्तै बर्दियाको जमुनी नाका सीमाक्षेत्रमा सुर्खेत चिलखायाका खड्गबहादुर शाहीको हत्या तथा लोकबहादुर शाही, टेकबहादुर शाही, तीर्थबहादुर शाही, अनिल शाहीलगायतका नेपालीहरूलाई भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले कब्जामा लिई ज्यादति गरेको घटनामा नेपाल सरकारले तत्काल गम्भीरतापूर्वक अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न र राहतसहित भारत सरकारबाट त्यस्तो घटनाप्रति कहिल्यै नदोहोर्याउने प्रतिबद्धता र सिमाना मैत्री बनाउने कुरामा सरकारले उच्चस्तरीय वार्ता गर्न जोडदार माग गर्दछौं ।
नेपालको काठमाडौ तराई जोड्ने फास्ट ट्रयाक निर्माण गर्न/गराउन भारतीय निजी कम्पनी आई. एल. एन्ड एफ. एस. लाई नै दिनुपर्ने गरी विभिन्न खालका अदृश्य चलखेल र अनैतिक तर्कहरू सुरु भएका छन् । यसलाई भविष्यमा समेत उसैलाई हस्तान्तरण गर्ने आशयसाथ म्एच् गर्न दिइएको थियो । नेपाल सरकारबाट पूर्ण लगानीमा बन्ने उक्त सडकको ट्रयाक खोल्ने काम सेनाबाट सम्पन्न भइसकेको छ । त्यसकारण उक्त सडकलाई सम्पन्न गरिसकेपछि द्यइइत् (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) प्रणाली अन्तर्गत अर्बांै रकम त्यसको शुल्कबापत राष्ट्रिय सम्पत्ति बाहिरिने र निश्चित समयसम्मका लागि उक्त सडकको नेपालको स्वामित्वसमेत समाप्त हुने भएकाले उक्त चलखेल बन्द गरी नेपाली निर्माण व्यवसायीलाई नै निर्माण गर्न दिने गरी निर्णय गर्न सरकारसँग जोडदार माग गर्दछौं ।
नवलपरासी जिल्ला कुडिया गाविसमा मानव बलि दिएको नृशंस जंगली घटना र सिरहामा दलितलाई इनारमा पानी भर्न नदिएको घटनाले हाम्रो पार्टी स्तब्ध भएको छ । मानव बलि दिने अपराधीहरूलाई आजन्म (जीवनभर) कैदको व्यवस्था गर्न र ‘दलित’ माथि अन्यायपूर्ण व्यवहार गर्नेलाई हदैसम्मको कानुनी कारबाहीको माग गर्दछौं ।
हालै कास्की जिल्लाको बस्ती नै बगाउने गरी गएको पहिरो साथै चितवन, म्याग्दी, बागलुङ जिल्लामा पहिरोमा परी त्यहाँको जनधनको क्षति भएको प्रति हाम्रो पार्टी स्तब्ध छ । उक्त बाढी पहिरोमा परी ज्यान गुमाउनेहरू प्रति भावपूर्ण श्रद्धा व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्दछौं । उहाँहरूको औषधोपचार, राहत, उद्धार र तत्काल उचित व्यवस्थापन गर्न सरकारसँग जोडदार माग गर्दछौं । हालै चीन र भारतले नेपालको सार्वभौमसत्ताभित्र पर्ने लिपुलेक भञ्ज्याङलाई व्यापारिक नाका बनाउने निर्णयका विरुद्ध देशभक्त तथा राष्ट्रियताप्रेमी नेपाली जनताले उठाएको आवाजबाट हाम्रो पार्टी उत्साहित भएको छ । त्यस्तै त्यस क्षेत्रमा नेकपा–माओवादीको भ्रातृ संगठनले जागरण अभियान सञ्चालन गर्ने कुराको स्वागत गर्दछ । हालै भारत भ्रमणका बेला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एउटा कार्यक्रममा सरकारको वरिष्ठ मन्त्री रामशरण महतले लिपुलेक नेपालभित्र पर्दैन भन्ने जस्ता अभिव्यक्ति दिएकोमा हाम्रो पार्टी उक्त विचारको निन्दा तथा भत्र्सना गर्दछ ।
– साध्यबहादुर भण्डारी, महासचिव, जनमोर्चा नेपाल
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply