खेलाडी छनोट मंसिर मसान्तसम्म
काठमाडौं । राष्ट्रिय टिम तयारी तथा सहभागिता व्यवस्थापन समितिको बैठकले आसन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न २३ खेलका खेलाडी छनोट मंसिर मसान्तसम्म सम्पन्न गर्ने आइतबार निर्णय गरेको छ ।
समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा विभिन्न २३ खेलका राष्ट्रिय संघका पदाधारीहरूको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले माघ २३ देखि फागुन ४ गतेसम्म भारतमा हुने सागमा सहभागी हुने खेल, खेलाडी, अफिसियललगायतको संख्या निर्धारण गर्ने पनि निर्णय गरेको छ ।
त्यस्तै, पदकको सम्भावना बोकेका खेलका खेलाडीलाई आवश्यकता अनुसार वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाउने, पुस ९ देखि माघ २० गतेसम्म बन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने तथा सागको प्रशिक्षणको जिम्मेवारी पाएका प्रशिक्षकलाई पुनर्ताजगी तालिमको व्यवस्था गर्ने निर्णय गरिएको समितिका सचिव एवम् राष्ट्रिय टिम तयारीका निर्देशक रिमबहादुर रानाभाटले जानकारी दिए ।
बैठकले १२औं सागका लागि सदस्य–सचिव विष्टको संयोजकत्वमा १७ सदस्यीय कार्यकारी समिति गठन तथा विभिन्न ४ उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ । चार उपसमितिहरूमा बसोबास व्यवस्थापन, यातायात व्यवस्थापन, खेल पोसाक तथा खेल सामग्री व्यवस्थापन तथा अनुगमन तथा निरीक्षण उपसमिति रहेका छन् । अनुगमन तथा निरीक्षण उपसमितिको संयोजकमा राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पालाई संयोजक तोकिएको छ ।
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply