सुरुङ मार्गमा अझै कुश नै हावी
काठमाडौं । केही महिनाअघि काठमाडौं–हेटौंडा सुरुङ मार्ग सञ्चालन गर्ने जिम्मेवारी पाएको नेपाल पूर्वाधार विकास कम्पनीको नेतृत्वबाट कुशकुमार जोशीलाई हटाइए पनि अझै उनी नै शक्तिशाली देखिएका छन् । केही दिनअघि कम्पनीको अध्यक्ष भवन भट्टको अध्यक्षतामा बसेको बोर्ड बैठकले सहअध्यक्ष बनाइएका इन्जिनियर लालकुमार केसीलाई हटाएपछि बोर्डभित्र अझै जोशी नै शक्तिशाली रहेको देखिएको हो ।
फुलब्राइट कन्सल्टेन्सीका सञ्चालक रहेका केसी यसअघि कम्पनीको उपाध्यक्ष थिए । उनले नै ‘जोशी हटाए मात्र सुरुङ मार्ग बन्ने भन्दै’ संघर्ष समिति बनाएर कुलेखानीका राजुमान महर्जनहरूलाई जोशीविरुद्ध परिचालन गरेका थिए ।
अन्तत: जोशीले कम्पनी अध्यक्षबाट छोड्नुपर्ने अवस्था आएपछि भट्ट अध्यक्ष भएका थिए । केसीको आफैं अध्यक्ष बन्ने दाउ रहे पनि आफू छोड्ने अवस्थामा जोशीले भट्टलाई समर्थन गर्न
पुगेका थिए । केसीले काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गको सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माण गरेको भन्दै अहिलेसम्म उठेको रकममध्ये ८० प्रतिशत भुक्तानी लिएको बताइन्छ ।
प्रतिस्पर्धाका आधारमा परामर्शदाता चयन गर्नुपर्नेमा आफू बोर्डमा भएको अवस्थामा अन्य सदस्यहरूलाई समेत प्रभावमा पारी केसीले अहिलेसम्मका सबै ठेक्का आफ्नै कम्पनीलाई दिलाएका थिए । तर, सहअध्यक्ष भएको तीन महिना पनि नकट्दै सहअध्यक्ष केसी निकालिएका छन् । केसीले सुरुङ मार्ग तुहाउने गरी गम्भीर षड्यन्त्र गरेको अध्यक्ष भट्टको आरोप रहेको बताइन्छ ।
शनिबार बसेको सञ्चालक समिति बैठकले केसीलाई हटाएको हो । तर, सो बैठकमा सञ्चालकहरू सुभाषचन्द्र ठकुरी, जयराम लामिछाने, नवीन कँडेल र लाल केसी भने अनुपस्थित रहेको बताइन्छ । सुरुङ मार्ग बन्न नदिने योजनाअनुसार इन्जिनियरसमेत रहेका केसीलाई पदमुक्त गरिएको सञ्चालक ठकुरीको आरोप छ । यस प्रकरणपछि सञ्चालकहरूमा दुई गुट खडा भएको प्रस्ट छ ।
नवनियुक्त अध्यक्ष भट्टकै अध्यक्षतामा बसेको बैठकले कम्पनीमा केसीको नयाँ जिम्मेवारी समेतलाई परिभाषित गर्दै सहअध्यक्ष नियुक्त गरिएको थियो । केसीलाई यसबारे जानकारी लिन फोन गर्दा उनले मोबाइल उठाएनन् भने जोशीले ‘व्यस्त छु, अहिले कुरा गर्न मिल्दैन’ भन्दै फोन राखिदिए ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply