उपेन्द्रकान्तका कारण प्रहरीकै बदनाम
काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका कारण सिंगो प्रहरी संगठनकै बदनाम भएको छ । अरूभन्दा व्यावसायिक छवि भएका संगठन प्रमुख मानिए पनि आईजीपी अर्यालको पछिल्लो भूमिकाका कारण उनको त्यो छवि पनि गुम्न पुगेको छ । संसदमा महाअभियोग दर्ता भएर निलम्बनमा परिसकेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँगको आईजीपी अर्यालको सामीप्यले गर्दा प्रहरी संगठन बदनाम भएको भन्दै संगठनभित्रै तीव्र असन्तुष्टि छाएको छ । आईजीपी अर्यालले यसबीचमा लोकमान रिझाउन आफ्नो प्रहरी संगठनको नै बदनाम गराएर विभिन्न अनधिकृत काम गर्दै आएको खुलेको छ । उनले नेपाल प्रहरीका लागि विदेशबाट आएको जासुसी यन्त्र अख्तियारमा दिनेदेखि लिएर ५० जनाको दरबन्दी रहेको अख्तियारमा ३ सय ५० जनाभन्दा बढी प्रहरी खटाउने गर्दै आएका थिए ।
त्यति मात्र होइन, स्वयम् लोकमानको चाकडीका लागि भीभीआईपीलाई भन्दा बढी पीएसओ खटाउने काम गरेका थिए । त्यसो त कल डिटेल, व्यक्तिको बसाइ र आवतजावतको लोकेसनदेखि म्यासेजका विवरण हेर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाएको उपकरण र सफ्टवेयर आईजीपी अर्यालले अख्तियार पु¥याइदिएका थिए, जसबाट प्रधानन्यायाधीशदेखि आलोचक नेता, पत्रकार, कर्मचारीलगायतको व्यक्तिगत विवरण र अन्य सूचनाको जासुसी हुने गथ्र्यो । विशुद्ध अनुसन्धानात्मक र मुद्दा अभियोजन गर्ने संस्थाले यसरी प्रहरीको स्रोतसाधन दुरूपयोग गरी अनुसन्धान गर्न नमिल्ने विज्ञहरू बताउँछन् ।
त्यसो त आफूसमेत छानबिनमा परिने डरले उनले लोकमानसँग यस्तो सेटिङ गरे कि उनलाई जे चाहियो त्यो सहयोगका व्यवस्था अर्यालले नै गर्ने गर्थे । कार्कीको आदेशमा प्रहरी प्रधान कार्यालयले एउटा अवैध अखडा नै खडा गरेको थियो, जुन ‘सेफ हाउस’मा गम्भीर भ्रष्टाचारका उजुरी र तिनका प्रमाणमाथि छलफल नभई व्यक्तिमाथिका जासुसीका क्रियाकलाप सञ्चालन हुन थालेको बताइन्छ । उक्त हाउसमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र आईजीपी अर्याल पनि नियमित रूपमा पुग्ने गरेको र गुप्तचरी सूचना लिने र त्यसको दुरूपयोग गर्ने गरेको बताइन्छ । उनको त्यो सहयोगकै कारण अख्तियारका अनुसन्धान अधिकृतले अर्यालको गैरकानुनी सम्पत्ति आर्जनको फाइल हेरेर तामेलीको सिफारिस गरेका थिए ।
त्यसो त पछिल्लो समय आईजी अर्यालले प्रहरीको सरुवा बढुवा पनि लोकमानकै आदेशलाई शिरोपर गरेर गर्न थालेका थिए । अख्तियारमा बसेर लोकमानको चाकडी बजाएका प्रहरी अधिकृतहरूले लोकमानलाई भन्न लगाएर रोजेको स्थानमा बस्ने मौका पाउँथे भने बढुवामा पनि त्यसै हुन्थ्यो । प्रहरीको महत्वपूर्ण निकाय प्रशासन र मानवस्रोतमा रमेशशेखर बज्राचार्य र वीरेन्द्रबाबु श्रेष्ठलाई राख्नु त्यसको एउटा बलियो उदाहरण हो भने बढुवा भएका एसएसपी राजेशनाथ बास्तोला बढुवा हुनासाथ काभ्रेको प्रमुख भएर जानु पनि यसको उदाहरण भएको स्रोत बताउँछ ।
गत वर्ष सार्क सम्मेलनका बेला उपकरण खरिद गर्ने क्रममा आफ्ना सम्धी रोहिणी थपलियाको कम्पनीलाई कार्कीले छनोट गर्न आईजीपी अर्याललाई दबाब दिएको पनि बताइन्छ । त्यसो त उनको दबाब निजामतीमा पनि नभएको होइन । अकूत सम्पत्तिको फाइल खोल्ने धम्की दिँदै उनले मुख्य सचिवलाई भनाएर धेरै निजामतीको काम गरिदिएको अख्तियार स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply