धार्मिक पर्यटनको गन्तव्य बन्दैे सर्वसिद्धेश्वर गुफा
सिन्धुली । बालाजोर गाविसको सिम्लेमा रहेको सर्वसिद्धेश्वर महादेव गुफा केही वर्षयता आन्तरिक तथा बाह्य धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । खासगरी हरिबोधनी एकादशी, शीबरात्री र बालाचर्तुदशीका बेला यहाँ हजारौं पर्यटक भगवान् शिवको प्रार्थना तथा मेला भर्न आउने गरेका छन् ।
बालाजोर आसपासका तीनकन्या, डुडभन्ज्याङ, भीमस्थान, जरायोटार, लाम्पानटार, बाहुनतिल्पुङ, बेलघारी, हतपतेलगायतका गाविसबाट मात्र होइन, छिमेकी जिल्ला रामेछापका विभिन्न गाविसबाट पनि तिथार्लुहरू आउने गरेको सर्वसिद्धेश्वर गुफा संरक्षण समितिका अध्यक्ष तीर्थबहादुर थापाले बताए । धुलिखेल–बर्दिबास बीपी राजमार्गअन्तर्गत सिन्धुलीको रतनचुरा गाविसवाट महाभारत शृंखलाको मनोरम दृष्यमा टहलिँदै पूर्व लागेपछि करिब चार घण्टाको बस तथा पैदलयात्रापछि पुगिने यो महादेव गुफा बिस्तारै जिल्लाको धार्मिक पर्यटनको केन्द्र बनेको पनि समिति अध्यक्ष थापाले बताए ।
पूर्वको पशुपतिनाथका नामले चिनिने खोटाङको हलेसी महादेवजस्तै रूपमा तिर्थालुहरूले यस सर्वसिद्धेश्वर गुफालाई लिने गरेको छन् । ०६० जेठ ८ गते पत्ता लागेको यो गुफाको आकार पनि हलेसी गुफासँग मिल्दोजुल्दो छ । सानो द्वारबाट भित्र पसेपछि करिब २ सय मान्छे अटे्ने ठाउँ छ भने गुफा करिव सय मिटर लामो छ । गुफाभित्र विभिन्न प्रकारका प्राकृतिक रूपमै निर्मित आकृति, दुर्लभ पन्छी चमेरो बथान, प्राकृतिक रूपमै ढुंगाबाट निर्मित शंखले त्यहाँ पुग्ने जोकसैलाई पनि रोमाञ्चित पार्ने गरेको छ ।
गुफाको पर्यटन प्रवद्र्धन गर्न गुफा संरक्षण समितिले गत बिहीबार हरिबोधनी एकादशीको अवसर पारेर एक बृहत् कार्यक्रम सम्पन्न ग¥यो । सर्वसिद्धेश्वर महादेव गुफामा नै आयोजित सो कार्यक्रम एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा सांसद गणेश पहाडीको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पहाडीले गुफाको संरक्षण, प्रवद्र्धन र विकासका आधारभूत विषय बाटो, बिजुली, शिक्षा, स्वस्थ्यलगायतका समस्याको तत्काल समाधानका लागि आफूले भरपुर पहल गर्ने बताए । त्यसैगरी, नेकपा एमाले सिन्धुली जिल्ला कमिटी अध्यक्ष प्रदीप कटुवालले सिम्ले गुफा क्षेत्रको संवद्र्धन, प्रवद्र्धनमा प्रतिबद्धता व्यक्त गर्दै एमालेको भूमिगत सेल्टर पनि रहेकाले यस क्षेत्रको विकासका सवालमा आफ्नो विशेष पहल रहने प्रतिबद्धता व्यक्त गरे । नेपाली कांग्रेसका सिन्धुली जिल्ला सभापति उज्ज्वल बरालले सिम्ले गुफाको संरक्षण, प्रवद्र्धन र त्यहाँको विकास निर्माणमा आफू र आफ्नो पार्टी नेपाली कांग्रेसका तर्फबाट भरपुर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक सदस्य घणेन्द्र श्रेष्ठ, एमाले जिल्ला नेता खड्ग खत्री, एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अमर थापामगर, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङलगायतले मन्तव्य राखेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply