18th July 2018, Wednesday

E-budhabar

मेरा अधिकांश कथामा जनकपुरवरिपरिको परिवेश बोल्दछ



मेरा अधिकांश कथामा जनकपुरवरिपरिको परिवेश बोल्दछ

मन–मस्तिष्कलाई एकैपटक झट्का हान्ने क्षमताका कथा लेख्छन्, राजेन्द्र विमल । मिथिला क्षेत्रका यी कथासर्जकले नेपाली भाषाका कथालेखनमा आफूलाई अब्बल तुल्याएका छन् । साहित्यका अरू विधामा लेख्ने गरेका भए पनि उनको मूल लेखन–फाँट कथा नै हो । लामो समय प्राध्यापन गरेका विमल नेपाली भाषा–साहित्यको विकासमा योगदान दिएबापत जगदम्बा श्रीबाट समेत सम्मानित भएका छन् । कथासर्जक विमलसँग अर्का कथासर्जक नारायण तिवारीले गरेका कथावार्ताका केही अमूल्य वार्तालाप यसपटक प्रस्तुत गरिएको छ ।
० कथा लेख्ने प्रेरणा कसरी, कहाँबाट प्राप्त भयो ?
– बाल्यकालमा हिन्दीका प्रेमचन्दको कथा–साहित्यले प्रेरित ग¥यो । क्याम्पसमा पढाउने बेला कहिलेकाहीँ डा. चुडामणि ‘बन्धु’ले नेपालीमा कथा लेख्न हौस्याउनुहुन्थ्यो । तर, नेपाली पहाडी ग्राम्य जीवन र ग्राम्य भाषामा आफ्नो अल्पज्ञताले गर्दा आँट आउँदैनथ्यो । पछि आफूले देखे–भोगेका कुरा नै लेख्ने विचार गरें र उदार नेपाली पाठकबाट कमालको हौसला पाएँ ।
० तपाईं मिथिलावासी हुनुहुन्छ । मैथिली तपाईंको मातृभाषा । तर, नेपाली भाषामा लामो अवधि प्राध्यापन गर्नुभयो । कथा पनि धेरै लेख्नुभयो नेपाली भाषामा । यो नेपाली भाषाप्रतिको तपाईंको प्रेम, सद्भाव हो कि, अन्य पनि कुनै कारण छन् ?
– नेपाली भाषा सम्पूर्ण नेपालीलाई एकसूत्रमा बाँध्ने साझा सम्पर्क भाषा हो । नेपालमा मेचीदेखि महाकालीसम्म बस्ने सबै जाति, जनजाति, दलितको लोकसाहित्य, लोकसंस्कृति र जीवनशैली पनि नेपाली साहित्यको मूलधारको विषयवस्तु बन्न सक्नुपर्छ । यसले राष्ट्रिय एकतालाई सुदृढ बनाउनेछ । यो हाम्रो देशको वर्तमानको सबभन्दा ठूलो चुनौती र दायित्व हो । यस मर्मलाई बेलैमा बुझ्नुपर्छ भन्ने इतिहास बोधले मलाई नेपालीमा लेख्न निरन्तर प्रेरित गर्दछ ।
० मैथिलीमा पनि कथाहरू लेख्नुभएको होला । नेपाली र मैथिलीमध्ये कुन भाषामा लेखेका कथाहरूमा तपाईं आफूलाई सफल मान्नुहुन्छ ?
– नेपालीमा । मैथिलीमा पत्रपत्रिकाको अभाव छ, पाठक पनि दुर्भाग्यवश सीमित छन् ।
० कथा किन लेख्नुहुन्छ ? अर्थात्, कथा लेखेर यसबाट समाजलाई, राष्ट्रलाई केही योगदान दिन सकिन्छ भन्ने लागेको छ कि ?
० सामाजिक रूपान्तरणको मूल हो, चेतनागत रूपान्तरण । संवेदनाहीन हुँदै गएको वर्तमान संसारमा चेतनागत रूपान्तरणका लागि कथा सशक्ततम माध्यममध्ये अग्रणी हो । कथाले समाजमा, राष्ट्रमा र विश्वमा वैचारिक क्रान्ति ल्याएर नयाँ समाज, राष्ट्र र विश्वको निर्माण गर्न सक्तछ । मेरो प्रेरणाको उत्स यही मूल्य बोध हो ।
– ‘पोष्टमार्टम’जस्तो शक्तिशाली कथा लेख्नुभयो । त्यो कथाको शिल्प एवं कल्पना चामत्कारिक लागेको थियो । कसरी लेख्न सक्नुहुन्छ, त्यस्तो चमत्कारिक, स्तरीय कथा ? केही सूत्र छन् कि ?
– कुनै पनि रचनाको प्रक्रिया गर्भाधान र प्रसवको प्रक्रियासित धेरै मिल्दछ । जीवन भोगको क्रममा कुनै शक्तिशाली भावना वा विचारको शुक्रकिटले मनमस्तिष्कमा गर्भको रूप धारण गर्न सफल हुन्छ, कैयौं दिन, साता, महिना वा कहिलेकाहीँ वर्षसम्म परिपक्व नहुञ्जेल हुँडलिरहन्छ र परिपक्व भएपछि प्रसवका लागि स्रष्टालाई रन्थनाउन थाल्छ । त्यस भावना वा विचारलाई शिल्पविशेषमा कुँदेर जन्म दिने बेला म ब्रह्मा बन्दछु तथा धेरै घोत्लिएर त्यसलाई सकेसम्म सुन्दर र प्रभावशाली निश्चित आकार दिन्छु ।
– तपाईंको ‘ऐँजेरू’ शीर्षकको कथाले पनि धेरै हलचल ल्याएको देखियो । पहाडे समुदायमा यो कथा धेरै प्रिय भयो, रुचाइयो । यो मधेस आन्दोलनमा देखिएको पहाडे समुदायप्रतिको वैमनश्यविरुद्ध छ । तर, यस कथालाई मधेस आन्दोलनलाई क्षति पु¥याएको अर्थमा लिइयो कि ?
० मधेसमा मलाई ‘जयचन्द’, ‘भाइको छातीमा छुरा धस्ने’, ‘मातृहन्ता’ आदि लेख्ने पत्रकारहरू भएको अवस्थामा पनि र मधेस आन्दोलन चरममा पुगेको बेला पनि ‘जय नेपाल, जय नेपाल’ भन्ने गीत गल्ली–गल्लीमा गुञ्जाएको थिएँ । नेपाली टोपी लगाउने ‘अपराध’मा मलाई ‘कालो सूची’मा हालियो र समाज बहिष्कृत गरियो । प्रथम मधेस आन्दोलनताका आन्दोलनकारी जुलुसले मलाई देख्नासाथ ‘पहाडे दलाल मुर्दावाद’ भनेर नारा लगाउँथे । केही राजनीतिक वृत्तमा ममाथि ‘मधेसको मुद्दालाई कमजोर बनाउने’ आरोप छ । असमझदारीले मप्रति घृणा र आक्रोशले राँकिनेहरूको जमात सानो छैन । तर, मेरो सानो बुझाइमा यी पूर्वाग्रहहरू पानीका फोका हु्न् । भावी इतिहासले उच्च मानवीय मूल्यको आधारमा बाँच्ने र अन्धकारविरूद्ध आलोक–स्तम्भ भएर एक्लै भए पनि लडिरहने व्यक्तिहरूको मात्रै सम्मान गर्नेछ ।
० साहित्य वा कथा र राजनीतिबीच के–कस्तो सम्बन्ध रहेको हुन्छ होला ? साहित्यमा राजनीति आउनु हुन्छ वा हुँदैन ?
– साहित्य जीवनको समग्रतापूर्ण चित्र हो । जीवन जगतका घटनाहरू कुनै राजनीतिक ‘वाद’को आधारमा नियोजित भएर मात्र घटित हुँदैनन् । साहित्य जीवन जगतका घटना–परिघटनाको प्रतिक्रियामा उब्जिने अनुभूत सत्य हुने भएको हँुदा कुनै खास राजनीतिक ‘वाद’को झन्डा मात्र भिर्ने साहित्य पार्टीको ‘साहित्यिक पर्चा’ हो । तर, साहित्य समकालीन परिवेशमा बाँच्ने विभिन्न वर्गका व्यक्तिहरूको अर्थ–सामाजिक अवस्था, संस्कृति, आस्था र विश्वास आदिप्रति सजग रहेजस्तै यसले आफ्नो राजनीतिक परिवेशप्रति पनि जागरूक भएर विकृति विरूद्ध परिवर्तनको शंखनाद गर्न सक्नुपर्दछ ।
० प्रगतिशील वा प्रगतिवादी साहित्यप्रति तपाईंको धारणा के कस्तो रहेको छ ?
– एकपक्षीय साहित्यले जीवनको समग्रतापूर्ण चित्र प्रस्तुत गर्न सक्दैन । समग्रतापूर्ण चित्रको अभाव प्रगतिवादी साहित्यको ऋणात्मक पक्ष लागे पनि यस्तो साहित्यको केन्द्रीकृत ऊर्जाले मानव इतिहासमा ल्याएको परिवर्तनको महŒवलाई अस्वीकार गर्न मिल्दैन । हामी लेखकीय स्वतन्त्रताको पक्षधर हौं ।
० एउटा कथाका लागि ‘कथा’ बन्न घटना वा विषयवस्तु र शैली, शिल्प वा साहित्यिकता, कसलाई महŒवपूर्ण मान्नुहुन्छ ?
– कथा एउटा ‘ऋयmउयकष्तभ ब्चत’ हो, जटिल कला हो । यसमा कथानक, चरित्रचित्रण, परिवेश–प्रस्तुति, संवाद–योजना, कथ्य–कथन, शैल्पिक अंगराग, भाषिक त्वरा आदि सबैको प्रभावशाली, सशक्त र कलात्मक सुगुम्फन अपेक्षित हुन्छ । एउटा तŒव कमजोर भए पनि कथा कमजोर हुन्छ ।
० हामीले कथामा लेख्ने भनेको हाम्रै परिवेश, समस्या, विसंगति र जीवनलाई हो नि होइन ? तपाईंको परिवेश, भूगोल मधेस जीवनको केन्द्रमा मधेस र मधेसको समस्या मात्रै छ कि ?
– हो, निजी अनुभूतिका सत्यकै धरातलमा तŒवहरूको आनुपूर्विक विशिष्ट संयोजनद्वारा कथाको ताजमहल उभ्याइन्छ । त्यसैले मेरा अधिकांश कथामा जनकपुरवरिपरिको परिवेश बोल्दछ । तर, तिनको अन्तःचेतनामा उठ्ने ध्वनितरंगमा मानवीय संवेदनाको रागिनी छ । त्यसैले, ती सार्वभौम र सार्वजनिन हुन्, मेरो विनम्र विचारमा ।
० मधेसमा चलिरहेको मधेसवादी आन्दोलनले उठाएको मधेसको समस्या र तपाईंले लेख्ने कथामा प्रकट हुने मधेसको समस्यामा के फरक छ ? एउटा साहित्यकारको नाताले भनिदिनुहोस् त खासमा मधेसको समस्या हो के ?
– जात, जाति, भूगोल, धर्म, लिंग, संस्कृति, वित्तीय वर्ग, छुवाछूत व्यवस्था आदिका आधारमा मेरो परिवारले मान्छेमान्छेमा भेद गरेन र संयोगले नेपाललाई हिमाल, पहाड र मधेसलाई टुक्र्याएर हेर्ने संस्कार मेरो परिवारमा कहिल्यै रहेन । सिंगो नेपाल हाम्रो घर हो । अधिकार प्राप्तिको नाममा वा आफ्नै विचारलाई स्थापित गर्ने नाममा संघर्ष गर्दा कुनै तप्काले घरमै आगो लगाउनु, घर भत्काउनु, आफ्नै दाजुभाइ, दिदीबहिनीप्रति घृणा वा हिंसाभाव राख्नुलाई कुनै पनि मानवधर्मीले समर्थन जनाउन सक्तैन । यस्तो प्रवृत्तिलाई विफल तुल्याउनु सम्पूर्ण नेपालीको राष्ट्रधर्म मात्र नभई मानवधर्म पनि हो ।
० केही सक्रिय कथाकारहरू पनि उत्तराद्र्धमा कम लेख्न थालेको वा लेख्न नसकेकोजस्तो बुझिन्छ । यसको कारण के हुन सक्छ जस्तो ठान्नुहुन्छ ?
– अर्थोपार्जनको समस्या, पारिवारिक अवस्था, शारीरिक अवस्था, रोगव्याधि आदिले सिर्जन–गतिलाई स्वाभाविक रूपले प्रभावित गर्छन् । जीवनको उत्तराद्र्धमा जर्जर हुँदै जाने कायाले गर्दा सासै धान्ने समस्या क्रमशः यसरी विकराल, विकरालतर र विकरालतम हँुदै जान्छ कि जीवनका अन्य सपना र लक्ष्यलाई बोकी हिँड्ने हुती नै हराउँदै जान्छ । पीडामुक्त भएर बाँच्ने समस्याका अगाडि अन्य कुरा गौण भएको बेला, शारीरिक र मानसिक क्षमता शिथिल भएको बेला, लेखाइको गति मन्द वा बन्द हुनु स्वाभाविक हो ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

नेकपाको विधान र नियमावली पारित

महाधिवेशन प्रतिनिधि बन्न ओली र प्रचण्डले पनि चुनाव लड्नुपर्ने काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन र अधिवेशनमा प्रतिनिधिमा- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अधैर्यको नमीठो स्वाद

आख्यान र गैरआख्यान दुवै विधाका किताबको अध्ययनमा गहिरो अभिरुचि राख्ने एक जना गम्भीर अध्येताले केही दिनअघि भने, ‘नेपाली लेखकहरूका एकपछि अर्को किताब फितला हुँदै गइरहेका छन् । लेखन- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विडम्बनाको पर्दाफास

हरेक समाज केही न केही विडम्बना, समस्या र द्वन्द्वमा जेलिएका हुन्छन् । त्यस्तो समाजभित्र बाँचिरहेका मानिसहरूका अनेक कथाव्यथा हुन्छन्, अनगिन्ति पीर, सन्ताप, व्यथा, खुसी र उल्लास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा