आङछिरिङले कसलाई मन्त्री बनाउँछन् ?
काठमाडौं । नेकपा एमाले सरकारमा जाँदा हरेकपटक आफूले एकजनालाई मन्त्री बनाउँदै आएको दाबी गर्ने पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले यसपटक कसलाई मन्त्री बनाउने हुन् भन्ने चर्चा अहिले पनि चुलिएको छ । खासगरी एमाले र त्यसमा पनि पर्यटन व्यवसायीहरूको वृत्तमा आङछिरिङले कसलाई मन्त्री बनाउलान् भन्ने कुरालाई विशेष चासोका साथ हेरिएको छ ।
पर्यटन व्यवसायी वृत्तमा शेर्पाले एक मन्त्री आफ्नो कोटामा परेको भन्दै हिँडेपछि कतिपय नेता बालकोट छाडेर उनैलाई भेट्न लर्को लागेर पुग्ने गरेको बताइन्छ । परीक्षण उडान नै नभई आफ्नै एयरलाइन्सबाट अघिल्लोपटक तत्कालीन प्रधानमन्त्री केपी ओलीको टिमलाई चीन भ्रमण गराएका शेर्पाले योपटक कसलाई मन्त्री बनाउने भन्ने कुरा सार्वजानिक नगरे पनि एकमन्त्री आफ्नो भागमा परेको भने निकटस्थहरूमाझ बताइसकेका छन् ।
यसअघि पनि उनकै कोटामा भोजपुरका कृपासुर शेर्पा र दोलखाका आनन्दप्रसाद पोखरेलले मन्त्री बन्ने सौभाग्य पाएको स्वयं उनैले बताउने गरेका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply