पदाधिकारीका लागि खाँडको बार्गेनिङ
काठमाडौं । सभापति शेरबहादुर देउवाका प्रत्येक एजेन्डामा काँध थाप्दै आएका नेता बालकृष्ण खाँडले आफूलाई प्रमुख सचेतक बनाएर सभापति देउवाले नै मानमर्दन गरिएको टिप्पणी गर्ने गरेका छन् । संविधान जारी भएर संविधानसभा व्यवस्थापिका संसद्मा रूपान्तरण भएका बेला रमेश लेखकले समेत अस्वीकार गरेको पद आफूलाई दिएको भन्दै खाँडले असन्तुष्टि जनाएको बुझिएको छ । त्यसो त उनले उक्त पद अस्वीकार गरेको घोषणा गरिसकेका छन् ।
२०७० को संविधानसभा निर्वाचनपछि कांग्रेसले गोरखाका चीनकाजी श्रेष्ठलाई प्रमुख सचेतक बनाएको थियो । तर, १४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि उनले श्रेष्ठलाई हटाएर लेखकलाई प्रमुख सचेतक बनाउने तयारी गरेका थिए, तर लेखकले सो पद अस्वीकार गरेका थिए । अहिले खाँडले आफूनिकटस्थहरूसँग लेखकले समेत अस्वीकार गरेको पद दिएर आफ्नो मनामर्दन गरिएको बताउने गरेका छन् । लेखककै हैसियतमा मलाई राख्न खोज्ने भन्दै उनी आफूनिकटस्थसँग देउवाविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने गरेको स्रोतले बतायो ।
खाँडले पदाधिकारीमा आँखा लगाइरहेका छन् । पाए महामन्त्री, नपाए सहमहामन्त्री खाने दाउमा उनी छन् । त्यही भएर बार्गेनिङका लागि प्रमुख सचेतक पद अस्वीकार गरेको बताइन्छ । स्रोतले भन्यो, ‘उनले बार्गेनिङ गरेका हुन्, सहमहामन्त्री बनाउने हो भने प्रमुख सचेतक पनि खाने दाउमा छन् ।’
निधि आउट
देउवाकै नेतृत्वको सरकारका बेला आईजी नियुक्ति प्रकरणबाट बिग्रिएको देउवा र विमलेन्द्र निधिबीचको सम्बन्ध झन् चिसो भएको बताइन्छ । गत निर्वाचनका बेला टिकट वितरणलाई लिएर समेत दुई नेताबीच तँतँ र मम भएको बताइन्छ । त्यही भएर मुखैमा आएको उपसभापति पद निधिले गुमाउने लगभग निश्चित भएको छ । विधानतः मनोनीत केन्द्रीय सदस्यलाई पदाधिकारी नियुक्त गर्न मिल्दैन । त्यही भएर अब महासमिति बोलाएर विधान परिवर्तन गरेर विजय गच्छदारलाई उपसभापति मनोनयन गर्ने तयारी देउवाले अघि बढाएका छन् । उनी चुनावअघि मात्र कांग्रेसमा फर्किएका थिए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply