योजना आयोगको उपाध्यक्षमा कँडेल
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बिहान बसेको बैठकले उनलाई नियुक्त गरेको हो । नेकपा (एमाले) का केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्षसमेत रहेका कँडेलले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा अध्यापनसमेत गरेका थिए ।
धादिङ जिल्ला बेनीघाट–१ रिचोकटारमा जन्मिएका कँडेलले दिल्ली स्कुल अफ इकोनोमिक्सबाट कर्पाेरेट ट्याक्सेसन एन्ड इनभेस्टमेन्ट बिहेबियर इन नेपाल विषयमा विद्यावारिधि गरेका हुन् । उनले २०४२ सालबाट सरस्वती क्याम्पसमा पढाउन थाले । कँडेल एमालेको २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनबाट केन्द्रीय लेखापरीक्षण कमिटीको सदस्य निर्वाचित भएका थिए । उनी १० वर्षदेखि निरन्तर लेखा परीक्षण आयोगको अध्यक्ष छन् । २०५१ सालमा एमाले सरकारमा रहँदा तीन महिना राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्य र २०६२÷६३ को आन्दोलनपछि नेपाल बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा रहेर समेत उनले काम गरेका छन् । बैठकले आयोगका सदस्यहरूमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply