विमा संस्थान ब्युउताउने आकांक्षा
विगतमा देशले खुला अर्थनीतिको बाटो तय गरेपछि निजी कम्पनीहरू खुल्ने क्रम एकाएक बढ्यो । त्यही क्रममा, निजी क्षेत्रमा बिमा कम्पनीहरू अत्यधिक मात्रामा खुले । अहिले देशभित्र सत्र वटा निर्जीवन र सात वटा जीवन बिमा कम्पनी सक्रिय छन् । निजी बिमा कम्पनीहरूको वर्चस्व रहनुभन्दा अगावै राष्ट्रिय बिमा संस्थानले एक्लै बिमासम्बन्धी कार्यभार थामिरहेको थियो । अहिले बिमा कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा रहे पनि बिमा संस्थान अब्बल र भरपर्दो संस्थाकै रूपमा स्थापित छ ।
धेरै बिमा कम्पनीहरू खुले पनि अझैसम्म पा“च प्रतिशत जनताले मात्र बिमा सुविधा पाएका छन् भने बा“की ९५ प्रतिशत जनता पहु“चबाहिर छन् । अझ, ती पा“च प्रतिशतमा सहरी क्षेत्रका जनता नै अधिक छन् । यही पक्षलाई महसुस गरेर राष्ट्रिय बिमा संस्थानले लघुबिमाको क्षेत्रमा पनि पाइला चाल्न थालेको छ । संस्थानमा एक वर्षअघि प्रशासकको कार्यभार सम्हाल्न पुगेका रामबहादुर खड्का भन्छन्– ‘अहिले सरकारले आफूलाई लघुबिमा कार्यक्रममा केन्द्रित तुल्याइरहेको छ । हामी पनि लघुबिमातिर हात हाल्ने तयारीमा छौं । जसले ग्रामीण क्षेत्रका स–साना उद्यमी र किसानहरूलाई लाभ पुग्नेछ ।’
लघुबिमा कार्यक्रममार्फत ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा र सुविधा पु¥याउने सोच बनाइरहेको बताउ“दै प्रशासक खड्का थप्छन््– ‘हामी सानादेखि ठूला क्षेत्रसम्म पुगिरहेका छौं । अब सानामा लघुबिमामार्फत ग्रामीण क्षेत्रका जनतालाई सेवा दिनेछौं भने ठूलोमा हाइड्रोपावरसम्म हाम्रो सेयर र लगानी छ ।’ त्यसो त, युवा स्वरोजगार कोषअन्तर्गत लगानी भएका सबैजसो कार्यक्रममा अरू बिमा कम्पनी पनि संलग्न रहे पनि नेतृत्व बिमा संस्थानले नै गरिरहेको छ ।
२०२४ सालमा स्थापना भएको बिमा संस्थानको पा“च÷सात वर्षअघिसम्म पनि बजारमा एकछत्र वर्चस्व थियो । तर, निजी क्षेत्रका अन्य बिमा कम्पनीहरूको प्रतिस्पर्धाको कारण अहिले यो पनि प्रतिस्पर्धात्मक बन्नुपर्ने चुनौती थपिएको छ । त्यति हु“दाहु“दै पनि बिमा संस्थानको साख भने ज्यू“का त्यू“ छ । प्रशासक खड्का भन्छन्– ‘हो, बजारमा हामी एकछत्र थियौं । तर, ८÷१० वर्षदेखि संस्थाले आफूलाई नियमित राख्न सकेन । विशेषगरी सूचना प्रविधि र जनशक्तिको क्षेत्रमा आफूलाई ‘अपडेट’ राख्न सक्नुपथ्र्यो । त्यसो हुन सकेन ।’
संस्थाले आफूलाई ‘अपडेट’ राख्न नसके पनि पु“जीका आधारमा अहिले पनि संस्थान ठूलो छ । प्रशासक खड्का भन्छन्– ‘हाम्रो निर्जीवन र जीवन बिमा गरी दुवैतर्फ ११÷१२ अर्बको फन्ड छ । तर, अरू बिमा कम्पनीहरूसित हाम्रोभन्दा आधा फन्ड पनि छैन ।’
त्यसो त संस्थानको राष्ट्रिय महŒवका योजनाहरूमा पनि उत्तिकै ठूलो योगदान छ । संस्थानको माथिल्लो तामाकोसीमा २ अर्ब रुपैया“ सेयर छ भने २० करोड रुपैया“ लगानीसमेत छ । नबिल, इन्भेस्टमेन्टजस्ता ठूला बैंकहरूमा पनि संस्थापक सेयर छ ।
एक वर्षअघि खुला प्रतिस्पर्धाबाट संस्थानको प्रशासकमा चयन भएका खड्का लामो समयसम्म बैंकिङ क्षेत्रमा समर्पित थिए । रुकुमको कोटजहारीमा ०१५ सालमा जन्मिएका उनले करिब २१ वर्ष कृषि विकास बैंकमा आबद्ध रहेर थुप्रै बैंकिङ अनुभव बटुले । ०४३ सालमा बैंकमा शाखा अधिकृतका रूपमा प्रवेश गरेका उनले १२ वर्षजति उपत्यकाबाहिरका गुल्मी, भैरहवा र दाङमा र त्यसपछि काठमाडौंका न्युरोड, पुतलीसडक, महाराजगञ्जजस्ता शाखामा व्यवस्थापकका रूपमा काम गरे । त्यसपछि भने उनले बैंकको जनशक्ति, कम्पनी सचिव, जोखिम व्यवस्थापन र ट्रेजरी विभागको प्रमुख भएर काम गरे । उनी भन्छन्– ‘बैंकमा ट्रेजरी विभागको स्थापना त मैले नै गरेको हु“ ।’
त्रिभुवन विश्वविद्यालयबाट एमए र बीएल उत्तीर्ण खड्काले आफ्नो जागिरे जीवनको सुरुआतबारे एउटा अनुभव बा“ड्दै बताए– ‘स्नातक गरेपछि म जागिरको खोजीमा थिए“ । ०४१ सालमा बैैंकमा १४ जना शाखा अधिकृत मागिएको थियो, मैले पनि दिए“ । तर, तत्काल रिजल्ट हुन सकेन । ०४३ सालमा मात्रै रिजल्ट भयो र म पास भए“ ।’
तीन वर्षका लागि संस्थानको प्रशासकको जिम्मेवारीमा नियुक्त भएका खड्कासित संस्थानलाई सुधार गर्नुपर्ने केही महŒवपूर्ण कार्ययोजना छन् । अहिले संस्थानको ठूलो समस्या नै समयमै लेखापरीक्षण नहुनु हो । उनी भन्छन्– ‘अहिले हामी आन्तरिक लेखापरीक्षण गराउ“दैछौं । ०६३÷६४ सालको लेखापरीक्षण चलिरहेको छ । नियमित लेखापरीक्षणका लागि हामी बाहिरबाट विज्ञ ल्याउनेछौं । र, एउटा टोली पनि निर्माण गर्नेछौं । त्यसले लेखापरीक्षणमा सुधार गर्नेछ ।’
सूचना प्रविधिलाई चुस्त, दुरुस्त राख्न सफ्टवेयर लागू गर्ने तयारी पनि संस्थानले गरिरहेको छ । देशभरका १२ वटा शाखाको काम अब सफ्टवेयरमार्फत नै हुनेछन् । त्यस्तै, अरू बिमा कम्पनीहरूसित प्रतिस्पर्धा गर्नका लागि दक्ष जनशक्तिको आवश्यकता पर्ने भएकाले त्यसका लागि केही चार्टर्ड एकाउन्टेन्ट र सूचना प्रविधि क्षेत्रका अनुभवी र दक्ष जनशक्ति भिœयाउने तयारी पनि संस्थानले गरिरहेको छ । र, संस्थानभित्रकै केही कर्मचारीलाई तालिम दिने र भारतमा पनि तालिमका लागि पठाइने व्यवस्था गरिएको छ ।
अहिले संस्थानले निर्जीवन र जीवन दुवै बिमा गर्दै आइरहेको छ । एउटै संस्थाले दुवैथरिका बिमा गर्न पाइ“दैन । एउटा निश्चित रूपमा छुट्टिनुपर्दछ । त्यसका निम्ति, अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिसकिएको छ । मन्त्रालयबाट स्वीकृत भएर आएपछि निर्जीवन बिमा छुट्टिएर कम्पनीको रूपमा जान्छ भने बिमा संस्थानचाहि“ सरकारकै मातहत रहन्छ ।
लामो समय बैंक र एक वर्षअघि मात्रै बिमा क्षेत्रको अनुभव स“गालेका प्रशासक खड्का यी दुवै क्षेत्रका अन्तर केलाउ“दै भन्छन्– ‘बैंकभन्दा बिमा क्षेत्र प्राविधिक रूपमा फरक छ । पु“जी सञ्चय, जोखिम व्यवस्थापन गर्नेजस्ता विषयमा बैंक र बिमा क्षेत्रबीच समानता रहे पनि बिमा अलिक प्राविधिक क्षेत्र हो ।’
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply