चौतारीद्वारा भत्र्सना
नेपाल पत्रकार महासंघ सिरहा शाखाको अधिवेशनका बेला भएको प्रहरी हस्तक्षेपको प्रेस चौतारी नेपाल घोर भत्र्सना गर्दछ । अधिवेशनको प्रक्रिया सुरु भइरहेका बेला केही अराजक तथा उदण्ड व्यक्तिहरूले गरेको आक्रमणका विरुद्ध सहजीकरण गर्ने बेला प्रहरीले गरेको हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य छैन । क्रियाशील पत्रकारहरूलाई अधिवेशनबाट वञ्चित गर्ने कामका विरुद्ध लागेका सञ्चारकर्मीलाई आक्रमण गर्ने प्रहरी प्रशासनविरुद्ध प्रेस चौतारी नेपाल घोर भत्र्सना गर्दछ । गैरपत्रकारलाई सदस्य दिएको विरुद्धमा आवाज उठाउने जिल्लाका क्रियाशील पत्रकारहरू रामभरोषी महतो, दिनेश देव, दिलीप सिंह, सुरेन्द्र कामती, शम्भु यादव तथा मिथिलेश यादवमाथि भएको आक्रमणको प्रेस चौतारी नेपाल घोर भत्र्सना गर्दछ । नीति तथा नियमका विरुद्ध लाग्नेहरूलाई सही मार्गमा ल्याउन प्रयत्न गर्ने पत्रकारहरूलाई नै आक्रमण गर्नु प्रहरी प्रशासनको नालायकी काम हो । विकृति र विसंगतिका विरुद्ध आवाज उठाउने ती पत्रकारहरू घाइते छन् । उनीहरूको उपचारको व्यवस्था गर्नसमेत प्रेस चौतारी नेपाल माग गर्दछ । यस्ता क्रियाकलापले स्वतन्त्र पत्रकारितामा नै हस्तक्षेप भएको हाम्रो ठहर छ । अत: यो घटनाको यथार्थ छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रेस चौतारी नेपाल माग गर्दछ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply