चाहिएन आयातित विचार
इतिहासका पानाहरू पल्टाउँदा, देशका राजनीतिक दलहरूले कहिल्यै पनि स्थिर तथा स्थायी रुपमा राष्ट्रको भावनाअनुकुल काम नगरी विदेशीको इशारा अनुरुप कार्य गरेको तीतो तथ्य देखिन्छ । हावापानी तथा माटो सुहाउादो व्यवस्थाको नाममा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरि शासन गरे पनि ०३६ सालको विद्यार्थी आन्दोलन, ०३७ को जनमत संग्रह, ०४२ को सत्याग्रह र ०४६ को जनआन्दोलनपछि बहुदलीय व्यवस्था स्थापना भयो ।
२०४७ मा जारी संविधान पाँच वर्ष नपुग्दै तत्कालीन माओवादीले २१ बुँदे माग राखी जनयुद्ध थालनी गरे । करिब १२ वर्षको जनयुद्ध वा जनविद्रोहपछि भारत सरकारको सहजीकरणमा सातबुँदे सहमति गरी सात राजनीतिक दल र विद्रोही माओवादीबीच दिल्लीमा शान्ति सम्झौता भयो ।
०६३ साल मंसिर ५ गते सात राजनीतिक दलबीच सम्झौता भई अहिलेसम्म आइपुग्दा एमाओवादीका दुई, नेकपा एमालेका २, कामचलाउ मन्त्रिपरिषद् अध्यक्ष एक र दोस्रो संविधानसभाको निर्वाचनपछि नेपाली कांग्रेसका सुशील कोइराला ३७ औं स्थानमा प्रधानमन्त्री पदमा आसीन भएका छन् ।
यसैबीच, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले २०६० सालतिर बृहत् प्रजातान्त्रिक एकताको अवधारणा ल्याएका थिए । त्यसअघि एमाले नेता वामदेव गौतमले एमाले विभाजन गरी माले गठन गरेका थिए भने नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले लोकतान्त्रिक कांग्रेस गठन गरेका थिए । र, अहिले एमाओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टराईले तेस्रो निर्णायक शक्ति गठन गर्ने कुरा ल्याएका छन् । जसको स्वरुप, संरचना तथा खाकाको बारेमा केही पनि बताएका छैनन्, उनले त्यो कुरा कुन शक्तिको इशारामा उठाएका हुन् ? प्रश्न अनुत्तरित नै छ । उक्त मिसावट संरचनामा कुन–कुन पार्टीबाट को–को सामेल हुने हुन् ? यकिन छैन । कि त्यसको रूप अशोक राईको जस्तो गैरसरकारी पार्टी वा तराई केन्द्रित दल जस्ता सत्तामा चढने भर्याङ मात्र हुने हो ? त्यसको लक्ष्य, उद्देश्य, नीति नियम केही तैयार छैन । त्यो सुकदेव स्वामीको निर्देशन वा अरविन्द्र केजरीवालको आम आदमी पार्टी जस्तो हुने हो कि ?
चीनमा वर्षा भयो भने नेपालमा छाता ओढ्ने कम्युनिस्ट पार्टीहरू ००६ सालदेखि अहिलेसम्म १७ पटक फुटिसकेका छन् । नेपालका कम्युनिस्ट पार्टीका नेताहरूमा सानो कुरामा पनि विदेशी चहार्नु, पुँजी संकलन गरी नव धनाढ्य बन्नु, सत्तामा पुग्नका लागि विभिन्न अग्रगामी तथा क्रान्तिकारी नारा लगाउनु, देशको प्राकृतिक स्रोत साधनको दोहन गर्नु, विध्वंश गर्नु, विद्रोह गर्नु, संस्थागत संरचना भत्काउनु र आयातित सिद्धान्त पालन गर्ने संस्कृति विकसित भयो ।
आफनो पार्टीभित्र हैकम, दबाब, प्रभाव र प्रभुत्व कम भएपछि माउ पार्टीप्रति धुर्की देखाएर शक्ति हत्याउने पुरानो परम्परा राजनीतिक दलमा कायमै रहेको अवस्थामा डा. भट्टराईको पार्टी खोल्ने योजनाको आधार के हो ? आफूलाई सर्वोपरि राख्नलाई हो वा अनन्तकालसम्म प्रमुख पदमा आसीन रहनलाई हो ? कुनै यकिन छै्रन ।
नेपालमा नयाँ सरकार गठन हुनेबित्तिकै ठूलो संख्यामा निर्वाध रूपमा नागरिकता बाँडिन्छ । अर्थतन्त्र नै नयाँ नागरिकतावालाको बिर्ता जस्तो हुन्छ । कुनै नेपाली पहाडी वा मधेसी भए पनि राष्ट्र विप्लव हुने कुरा गर्नु नहुने हो तर यहाँ तराईको पार्टीले हारेमा भारतको हार भएको भनी बहालवाला मन्त्री भाषण गर्दै हिँडछन् । यसैले एमाओवादीका वरिष्ठ नेता डा. भट्टराईले आफूलाई एसडी मुनीको निर्देशनमा दिल्लीका अरविन्द केजरीवालाको उपमा नदिई आफ्नै माउ पार्टी (नेकपा एमाओवादी) भित्रै रही आयातित सिद्धान्त नअपनाई बस्दा उपयुक्त होला ।
–दीर्घराज उपाध्याय
स्वतन्त्र नागरिक सरोकार समाज
चैनपुर–२, बझाङ्ग
नयाँ दर्ता खुलाउनुपर्यो
२०५७ सालमा भाडाको ट्याक्सी दर्ता बन्द हुँदाखेरी ९ हजार दर्ता थियो । अहिले ०५७ सालभन्दा जनसंख्या बाग्मतीमा धेरै बढेको छ र भाडाको ट्याक्सी उपभोक्ताले भनेको बेला नपाउने स्थिति छ । किनकि ट्याक्सी कम र जनसंख्या बढी भइसकेको छ । अहिले बाग्मतीमा ५७ सय ट्याक्सी छन् । त्यसमा पनि पुराना र थोत्रा बढी छन् । बीस वर्षसम्म पुराना ट्याक्सी छन् । ती थोत्रा ट्याक्सी बाग्मतीबाट बाहिर लगी दर्ता गर्ने र त्यसको नम्बर र प्लेटमा अर्को ट्याक्सी दर्ता गरी व्यवसायीले महँगोमा बिक्री गर्ने र सिन्डिकेट कायम राख्ने गरिएको छ । यसरी व्यवसायीहरूले उपभोक्तालाई ठगिरहँदा र नयाँ ट्याक्सीको दर्ता नखुलाउँदा उपभोक्ताहरू मारमा परेका छन् ।
राजधानीमा पुराना ट्याक्सीले प्रदूषण बढाएको छ र उपभोक्ताले भनेको समयमा ट्याक्सी पाउने गरेका छैनन् । तसर्थ, नयाँ ट्याक्सीको दर्ता खुलाई पुराना भाडाका सवारी साधन खारेज गर्ने, प्रतिबन्ध लगाउनेतिर सरकारले समयमै ध्यान दिनु आवश्यक छ ।
– प्रेमबहादुर थापा र रामबहादुर थापा
काभ्रेपलान्चोक, सिम्थली–६
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply