नेताहरूको आँखा पुगोस्
यतिबेला नेकपा (एमाले)को आसन्न नवौं महाधिवेशनलाई लिएर पार्टी पंक्तिभित्र र बाहिर निकै चासो र खुल्दुली उत्पन्न भइरहेको छ । नेताहरू आ–आफ्नो पक्षमा लबिङ गर्न लागिपरेका छन् भने कार्यकर्ताहरू पनि प्रतिनिधि छनोटमा व्यस्त हुन थालेका छन् । दोस्रो र तेस्रो तहका नेताहरू आ–आफ्नो नेताको पक्षमा वकालत गरिरहेका छन् । तर, नयाँ वर्षको आगमनसँगै एमालेका कार्यकर्ताहरूमा उत्साह र निराशा दुवै छाएको छ । आफ्नो गुटको नेता अर्को खेमामा गयो रे भन्दा कार्यकर्ता निराश छन् भने एउटा गुट छाडेर आफ्नो गुटमा आएको खबरले नेता र कार्यकर्ताहरू खुसी पनि भएका छन् ।
चिसो भनेकै कोकाकोला भनेजस्तै यतिबेला एमालेका नेता तथा कार्यकर्तालाई महाधिवेशन भनेकै नेतृत्व परिवर्तन नै हो भन्ने लागेका देख्दा अचम्म लागेको छ । हो, महाधिवेशनको महत्त्वपूर्ण पक्ष नेतृत्व परिवर्तन नै हो तर महाधिवेशनको अर्थ यत्तिमा मात्रै सीमित हुँदैन । कतिपय कार्यकर्तालाई लागेको छ, आठौं महाधिवेशनले भित्र्याएको गुटबन्दी नवौं महाधिवेशनमा अन्त्य हुन्छ वा काठमाडौंको बाग्मतीले बगाइदिन्छन् । यस्तो सोच्नु हामीजस्ता सोझा तथा इमानदार कार्यकर्ताका लागि गलत रहेछ । किनकि, नवौं महाधिवेशनलाई लक्षित गरी बनाइएको पार्टीभित्रका गुट उपगुट हेर्दा मलाई के लागेको छ भने यो अझै केही वर्ष टिकिरहन्छ, जबसम्म हामी कार्यकर्ताले नेतालाई प्रधान ठान्छौं । तबसम्म यो गुटबन्दी चलिरहन्छ, कहिले तीव्र र कहिले सुस्त गतिमा । जबसम्म हामीले महाधिवेशन भनेको पार्टीको नेतृत्व परिवर्तन मात्रै बुझ्छौं, जबसम्म हामीले हाम्रा मात्रै राम्रो देख्छौं तबसम्म बाग्मती त के नाइल नदीमै लगेर बगाइदिन्छु भने पनि गुटबन्दी अन्त्य हुने छैन ।
एमालेका नेता तथा विभिन्न सञ्चारमाध्यमहरूले बुझ्नुपर्ने मुख्य कुरा के हो भने, महाधिवेशनको विषय नेतृत्वभन्दा पनि एमालेको आगामी कार्यभार, नीति तथा सिद्धान्तको विषयमा बहस चलाइनुपर्छ । चुनाव लड्नु र चुनाव जित्नुले मात्र पार्टीको भविष्यवाणी गर्दैन । तसर्थ, आगामी महाधिवेशनमा एमालेले नेपाली समाजलाई कसरी समृद्ध, सबल र समानतामूलक बनाउन सकिन्छ भन्ने विषयमा गहिरो बहस गर्नु जरुरी छ । यति ठूलो कार्यकर्ता पंक्ति रहेको एमालेमा कार्यकर्तालाई राम्रोसँग परिचालन गर्न चुकिरहेको देखिन्छ । त्यसैले आगामी महाधिवेशनले कार्यकर्तालाई व्यवस्थापन र परिचालन कसरी गर्ने भन्ने विषयमा ध्यान केन्द्रित हुन जरुरी छ । जनताको बहुदलीय जनवादलाई मार्गदर्शन सिद्धान्तको रूपमा अँगालेको एमालेका केही नेताहरूले जबज कुनै सिद्धान्त नै होइन भनेर विभिन्न सञ्चारमाध्यममार्फत भनेका छन् । यस विषयलाई पनि नवौं महाधिवेशनमा गम्भीरतापूर्वक बहस गरिनु आवश्यक छ । आठौं महाधिवेशनयता एमालेले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा केही नेता तथा कार्यकर्ताहरू पलायन भएका छन् । तसर्थ पनि, एमाले दलितमुखी, जनजातिमुखी, महिलामुखी हुन आवश्यक छ । नवौं महाधिवेशनले यी विषयहरूलाई गम्भीरतापूर्वक लिइनुपर्छ ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply