देशमा कोही छ शक्तिशाली र क्षमतावान ?
हाम्रो देश नेपालमा भइरहेको अराजकता, अस्थिरता, राजनीतिक पार्टीका नेताहरूबाट प्रजातन्त्रको दुरुपयोग, लोकतन्त्रको दुरुपयोग, गणतन्त्रको दुरुपयोग, मनपरीतन्त्र, छाडातन्त्र र आजसम्मको संक्रमणकाल इतिहासकै लामो समयसम्म रहेको हालको गम्भीर अवस्थालाई हटाउन सक्ने क्षमता, मिलाएर लैजान सक्ने खुबी कसमा होला भन्ने प्रश्न पनि उठ्ने बेला आइसकेको छ । देशमा कोही छ शक्तिशाली र क्षमतावान ?
दोस्रो संविधानसभा निर्वाचनअघि नेताहरूले जनतासँग संविधान एक वर्षमा बनाउँछौं भनेर वाचा गरेका छन् । दोस्रो संविधानसभा निर्वाचन भएपछि संविधान एक वर्षमा बनाउने तालिका प्रकाशित भए पनि दोस्रो संविधानसभामा पनि सभासद्हरूबाट एक वर्षमा संविधान बन्दैन । संविधान बनाउने तालिका जनताको आँखामा छारो हाल्ने र झुक्याउने उपाय मात्र हो । नेताहरूले जनतालाई आ–आफ्नो पार्टीहरूको चाकडी गर्ने पेवा हुन् भन्ठानेका छन् । जबसम्म नेपाली नागरिक सचेत हुँदैनौं, तबसम्म नेताहरूले जनतालाई पटक–पटक झुक्याइरहनेछन् ।
नेताहरूबीच एकआपसमा गोप्य सहमति भएको छ । त्यो सहमति के हो भने, पालैपालो राजनीतिक पार्टीका नेताहरूले सरकार बनाउने र चलाउने । संविधान बनाउन अवरोधहरू पैदा गर्ने जस्तै सदन अवरोध गर्ने आदि कार्यहरू गरेर दोस्रो संविधानसभाको पनि आयु लम्ब्याएर भत्ता खाने थलो बनाउने मात्र हो ।
अब हाम्रो राष्ट्रमा प्रजातन्त्रको दुरुपयोग, लोकतन्त्रको दुरुपयोग, गणतन्त्रको दुरुपयोग हटाउन, मनपरीतन्त्र र छाडातन्त्र जस्ता दण्डहीनताको अन्त्य गरेर कानुनी राज्यको व्यवस्थापन कायम गर्न नयाँ शक्तिको रूपमा राष्ट्र हाँक्न निडर, शक्तिशाली र क्षमतावान व्यक्तित्वको आवश्यकता रहेको छ ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply