अभिव्यक्ति स्वतन्त्रता सीमित गरिनुहुन्न
हामी कुनै पनि बहानामा अभिव्यक्ति स्वतन्त्रतालाई सीमित तुल्याउने कानुन ल्याउनु जनआन्दोलनको मर्म र भावनाविपरीत नेपाली जनतालाई अपमान गर्ने कदम ठान्दछौँ । र, यस्ता प्रतिगामी कानुनको विपक्षमा दृढतापूर्वक खडा हुन्छौँ । सरकारले अदालतको अपमान र मानहानिजस्ता बहाना अघि सारेर संसद्मा यस्तो प्रकृतिको कानुन ल्याउन खोजेको हो भने त्यो कुनै पनि वाम तथा लोकतान्त्रिक अग्रगामी शक्तिका लागि किमार्थ स्वीकार्य हँुदैन र त्यसको निन्दा र भत्र्सना गरिनुपर्दछ भन्ने हाम्रो प्रस्ट मान्यता छ । कुनै पनि स्वतन्त्र निकायको सम्मान र मर्यादा त्यसले गर्ने काम–कारबाहीबाट आर्जन गर्ने कुरा हो ।
स्वतन्त्रताका नाममा कुनै पनि संवैधानिक निकायले देश र जनताको हितविपरीत गर्ने काम–कारबाही र चाल्ने कदमलाई कसैले पनि स्वीकार गर्न सक्तैन र गरिनुहुन्न । यस सन्दर्भमा सञ्चार जगत् र कानुन व्यवसायीले उठाएका प्रश्नप्रति नेपाल कम्युनिस्ट पार्टी ऐक्यबद्धता जनाउँदै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने कदमका विरुद्ध आन्दोलित रहन्छ र रहन आह्वान गर्दछ ।
निर्वाचनप्रतिको विश्वसनीयता कमजोर पार्यो
लोकतन्त्र र निर्वाचन पर्यवेक्षण (ड्यू–नेपाल)लाई निर्वाचन आयोगले पर्यवेक्षण आचारसंहिता उल्लंघन गरेको कपोलकल्पित आरोपका आधारमा पर्यवेक्षण अनुमतिपत्र खारेज गरेकोप्रति ड्यू–नेपाल घोर निन्दा र भत्र्सना गर्दछ ।
८ असार ०७१ मा गाडीधनी शम्भु रिजालको ग१च ७३०१ नं. को गाडी ड्यू जिल्ला समिति बर्दियाले भाडामा लिई निर्वाचन पर्यवेक्षणमा प्रयोग गरेको थियो । यद्यपि, निर्वाचन आयोगले असार ६ र ७ गते बर्दिया, जमुनी गाविसमा उक्त गाडीले नेपाली कांग्रेसका कार्यकर्ता बोकेको आरोप लगाउँदै ड्यू–नेपालको निर्वाचन पर्यवेक्षण अनुमति नै खारेज गरिएको कार्यको जति नै भत्र्सना गरे पनि कम नै हुन्छ ।
निर्वाचनको विश्वसनीयता, स्वच्छता र निष्पक्षताका लागि विगतदेखि निर्वाचन पर्यवेक्षणमा सक्रिय संस्थाको विश्वसनीयता तथा छविमा आँच पुर्याउने गरी निर्वाचन आयोगको यो निर्णयले नागरिकको निर्वाचनप्रतिको विश्वसनीयतालाई नै कमजोर बनाइदिएको छ ।
भाडाको गाडीले निर्वाचनअघि वा पछिको समयमा के कस्ता गतिविधि गर्दछ भन्नेप्रति ड्यू–नेपाल जिम्मेवार रहँदैन । यद्यपि, गाडीले ड्यू–नेपालको ब्यानर राखेर कार्यकर्ता बोकेको प्रमाण पाइएमा जस्तोसुकै कानुनी कारबाही भोग्न पनि तयार छ । बर्दिया जिल्लामा पनि असार ८ गतेको दिन ड्यू–नेपालको व्यानरसहितको गाडीले कुनै अवाञ्छित क्रियाकलाप गरेको छ भने त्यसको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीका लागि अनुरोध गर्दछौँ । अन्यथा न्यायका लागि हामी कानुनी उपचारमा जान बाध्य हुने कुरा निवेदन गर्दछौँ ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply