गोदार घटनामा मारिएकाहरूको शव पहिचान
धनुषाको गोदार क्षेत्रबाट ०६७ साल भदौ र फागुन महिनामा उत्खनन गरिएका शवहरूको राष्ट्रिय मानव अधिकार आयोगको पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा वैज्ञानिक परीक्षण भई पहिचान भएको छ । ती शवहरू जनकपुरका सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादवको भएको पुष्टि भएको छ । ०६० साल असोज २१ गते उहाँहरूलाई जनकपुरबाट सुरक्षाकर्मीले पक्राउ गरेपछि बेपत्ता पारेका थिए । पहिचान भएका पाँचवटै मानव अवशेषहरू पीडित परिवारलाई हस्तान्तरण गर्ने सन्दर्भमा आयोगको सभाकक्षमा मानव अधिकारकर्मी, कानुन व्यवसायी तथा नागरिक समाजका अगुुवाहरूसँग छलफल भयो ।
छलफलका क्रममा राष्ट्रिय मानव अधिकार आयोगबाट जारी ‘शवोत्खनन मार्ग निर्देशिका २०६९’ बमोजिम पीडित परिवारहरूलाई शव हस्तान्तरण गर्ने कार्यमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति हुनुपर्ने, पीडित परिवारलाई परिपूरणको व्यवस्था गरिनुपर्ने र दोषीलाई कारबाही गरी पीडित परिवारको न्यायप्राप्तिको अधिकारको सुनिश्चितता हुनुपर्नेलगायतका सुझावहरू प्राप्त भएका थिए । उक्त घटना संक्रमणकालीन न्याय र पीडितको न्यायप्राप्तिको अधिकारसँग सम्बन्धित रहेकोले सोको उचित सम्बोधन गर्न आयोग नेपाल सरकारसँग आग्रह गर्दछ ।
छलफल कार्यक्रममा आयोगका पूर्वसदस्यत्रय गौरी प्रधान, सुशील प्याकुरेल र सुदीप पाठक उपस्थित हुनुहुन्थ्यो । यसैगरी चरण प्रसाईँ, विष्णुपुकार श्रेष्ठ, प्रदीप पोखरेल, सुबोध प्याकुरेल, कनकमणि दीक्षित, गोविन्द वन्दी, डा. गोपाल शिवाकोटी, भवानी खरेल, देवी सुनारलगायतका मानव अधिकारकर्मी एवम् नागरिक अगुवाहरूको छलफल कार्यक्रममा उपस्थिति थियो ।
– वेदप्रसाद भट्टराई,
कामु सचिव,राष्ट्रिय मानव अधिकार आयोग
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply