कृषि क्षेत्रका लागि कोसेढुंगा
नेपाली कृषि उत्पादनहरुले अन्तर्राष्ट्रिय बजारमा प्रवैश पाउनु केही दशकअघि कल्पनाभन्दा बाहिरको कुरा हुन्थ्यो । तर, अब विस्तारै तिनले विश्व बजारमा स्थान पाउन थालेका छन् । विदेशबाट बर्सेनी करौडौ रुपियाँ बरावरको फूल खरिद अब क्रमश: घट्दै गइरहैको छ र नेपालमा उत्पादित फूल कतार, थाइल्याण्ड र नयाँ दिल्लीमा उल्लेख्य मात्रामा बिक्री हुन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली कृषि उत्पादनहरुले पहुँच पाउनुमा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुको दक्षता अभिवृद्धि गर्दै आन्तरिक एवम् अन्तर्राष्ट्रिय बजारको गुणस्तर अनुरुपका वस्तुहरुको उत्पादन प्रवद्र्धन गर्नै कार्यमा लागिपरको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को ठूलो हात छ ।
कृषि मन्त्रालय अन्तर्गतको यस आयोजनाले नेपालमा कृषिको आधुनिकीकरण र व्यावसायीकरणमा विशेष जोड दिँदै आएको छ । सन् २०१० मा प्रारम्भ यो आयोजनाले सुरुमा २५ जिल्लामा कार्यक्रम सञ्चालन गरेको थियो । तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर तथा पहाडका धादिङ, काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पाल्पा र सुर्खेतमा तीन वर्षसम्म सञ्चालित यो आयोजना अब भने देशभरि नै विस्तारित भएको छ । आयोजना निर्देशक यौगेन्द्रकुमार कार्की भन्छन्– ‘यो आयोजनाले कृषि क्षेत्रको आधुनिकीकरणमा उल्लेख्य योगदान पुर्याउने काम गर्यो । जनजीवनमा व्यापक परिवर्तन ल्यायो । देशको आर्थिक, सामाजिक, स्वास्थ्य र पारिवारिक तहमै परिवर्तन ल्याउन सफल भयौ । यो आयोजनाबाट सकारात्मक परिवर्तन देखिएको हुँदा अहिले देशव्यापी हुनपुगेको हो ।’
नेपालमा उत्पादित फूलहरुले विश्व बजारमा प्रवेश पाउनुअघि नै कफीले पनि अन्तर्राष्ट्रिय बजार पाइसकैको थियो । तर, गुणात्मक उत्पादनबिना विश्व बजारमा बाजी मार्न त्यति सजिलो थिएन । प्याक्टले नेपाली कफीलाई युरोपेली बजारमा विस्तार गर्न धेरै भूमिका निर्वाह गर्यो, यस अवधिमा । र, अहिले नेपाली कफीले बेल्जियम, जर्मनी, फ्रान्स, नेदरल्याण्ड र बेलायतमा आफ्नो उपस्थिति जनाउँदै गइरहेको छ । आयोजना निर्देशक कार्की भन्छन्– ‘उचित मूल्य र गुणात्मक उत्पादन दिन नसक्दा हामीले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौं । यही कुरालाई आत्मसात गरेर अहिले हामी नेपाली कृषि उत्पादनको गुणस्तरीयतामा विशेष जोड दिइरहेका छौं ।’
केही समय पहिले कालीमाटीको तरकारी बजारमा आगलागी भयो र लाखौंको क्षति हुनुका साथै संरचना पनि बिग्रियो । सिंगो काठमाडौंका बासिन्दालाई तरकारी वितरण गर्ने कालीमाटी तरकारी बजारको दयनीय अवस्था देखेपछि प्याक्टका आयोजना निर्देशक कार्कीले त्यसकौ सुधार गर्नुपर्नै सोच बनाए । र, अहिले प्याक्टको १० करोडको लगानीमा कालीमाटीको तरकारी बजार पुनर्निर्माण भइरहेको छ । त्यसैगरी, चोभारमा आधुनिक फलफूल तथा पुष्प बजार निर्माण गर्नका लागि अध्ययन पनि भइरहेकौ छ । काठमाडौं उपत्यकामा अहिलेसम्म व्यवस्थित माछा बजार नभइरहेको हुँदा प्याक्टकै सहयोगमा बालाजुमा माछा बजार सुरु हुँदैछ ।
प्याक्ट काठमाडौंमा मात्र केन्द्रित छैन । ग्रामीण क्षेत्रको आर्थिक विकास र समृद्धिका लागि कृषि क्षेत्रको विकास हुनुपर्ने कुरामा जोड दिँदै आइरहेको प्याक्टले अबदेखि २५ जिल्लामा लघु अनुदान कार्यक्रम सुरु गर्दैछ । जसबाट करिब १ लाख मानिसले रोजगारी पाउने अनुमान गरिएको छ । त्यसो त वैदेशिक रोजगारीको सिलसिलामा देशबाट दैनिक हजारौं मानिस विदेसिइरहेका छन् र त्यसको असर कृषि क्षेत्रले नै भोग्नु परिरहेको छ । यसका लागि प्याक्टले के सोचिरहेको छ त ? कार्की भन्छन्–‘हामीले विदेशबाट सीप सिकेर आएकाहरुलाई कृषि क्षेत्रमा लाग्न उत्प्रेरित गरिरहेका छौं र उनीहरुलाई नै लक्षित गरेर अनुदान पनि दिइरहेका छौं ।’ उनी केही दिनपहिले नुवाकोटमा गएका रहेछन् । उनले भने– ‘त्यहाँ हामीले दिने लघु अनुदान लिनका लागि संस्था दर्ता गर्नैहरुको धेरै लामो लाइन थियो । यसलाई मैले सकारात्मक पक्षको रुपमा लिएको छु ।’ त्यसो त केही वर्षयता शिक्षित युवाहरुसमेत कृषि क्षेत्रमा लागेका देख्दा कार्की खुसी छन् । ‘ती युवाहरुलाई पनि हामीलै सहयौग गरिरहेका छौं’– उनी भन्छन् ।
सोलुखुम्बु जिल्लाको मेले गाविसमा २०२० सालमा जन्मिएका कार्कीलै ०३६ सालमा गाउँकै जीवनज्योति माविबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौंलाई रोजे । पाटन संयुक्त क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरेका उनले कोलम्बो प्लानअन्तर्गत दक्षिण भारतकौ युनिभर्सिटी अफ एग्रिकल्चर साइन्सेजबाट स्नातक गरे । कृषि अर्थतन्त्र र जनप्रशासनमा स्नातकोत्तरको अध्ययन पूरा गरेका कार्कीलै इजरायल, फिलिपिन्स, अमेरिका, थाइल्याण्डजस्ता देशहरुबाट विभिन्न तालिमसमेत हासिल गरेका छन् । अढाई दर्जनजति देशमा पुगी कृषि क्षेत्रबारे अध्ययन गरेका कार्कीलै विगतमा मुस्ताङ, डोल्पा, रामेछापजस्ता जिल्लाहरुमा रहेर काम गरिसकेका छन् । उनीसाग लामो समयसम्म कृषि मन्त्रालयको योजना महाशाखामा रहेर काम गरेको अनुभव पनि छ ।
प्याक्टको सुरुवातदेखि नै उनी आयोजना निर्देशकका रुपमा कार्यरत छन् । चार वर्षदेखि प्याक्टलाई सफलतापूर्वक सञ्चालन गरिरहेका कार्कीलै आयोजना सुरु भएयता दैशभित्रै ४१ हजारले रोजगारी पाएको दाबी गरे । नेपाली कृषि उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य लिएका कार्की भन्छन्–‘अदुवा र चियाले पनि विश्व बजारमा प्रवेश पाउनुपर्छ भन्नै हाम्रो मान्यता छ र अहिले त्यही योजनाअनुरुप काम गरिरहेका छौं ।’
अहिले अर्गानिक उत्पादनको बजार निकै विस्तार हुँदै गइरहेको छ । सबैलाई थाहा छ, अर्गानिक उत्पादन स्वास्थ्यका लागि धैरै फाइदाजनक छ । त्यही भएर, प्याक्टले पनि अर्गानिक उत्पादनमा जोड दिँदै आएको छ । अहिले काभ्रे, धादिङ, चितवनजस्ता जिल्लाहरुमा अर्गानिक खेतीका लागि प्याक्टले ध्यान केन्द्रित गरेको छ । त्यसो त, प्याक्टको कार्यक्रमले कृषकहरुको आर्थिक स्तरमा वृद्धि हुनपुगेको छ र कृषि क्षेत्रको व्यावसायिकरणमा मद्दत पुगेको छ । र त, आयोजना निर्देशक कार्की गर्वका साथ भन्छन्–‘कृषि क्षेत्रको व्यावसायीकरण र आधुनिकरण गर्नका लागि यो आयोजना कोसेढुंगा सावित भएको छ । यस्ता आयोजनाले किसानहरुमा आशा जगाएको छ र राष्ट्रले सोचेअनुरुप परिणाममुखी प्रतिफल आओस् भन्ने हाम्रो सोच हो ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply