सुनकोसीले ल्याएको विपत्ति
सम्पादकज्यू,
भीषण पहिरोको त्रासदीबाट सिन्धुपाल्चोक, जुरेका बासिन्दा अझै पनि मुक्त हुन सकिरहेका छैनन् । बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिहरूको सामना विगत वर्षहरूमा नेपाली जनताले गर्नु नपरेका होइनन् । तर, जुरेको त्रासदी भने निकै नै भयावह सावित हुन पुगेको छ । यस्तो मानवीय त्रासदी जब–जब आउँछन्, त्यसले हरेक व्यक्तिलाई आकुल तुल्याउँछ र हरेकको मन व्यथित हुन पुग्छ । यो एक मानवीय यथार्थ हो ।
जुरेमा सुनकोसी थुनिएपछि तीन किलोमिटरसम्मको भूभाग पूरै तालमा परिणत भयो । थुनिएको सुनकोसीको प्रवाहलाई सुचारु तुल्याउन अनेक प्रयत्न गरिए । नेपाली सेनाले त सुनकोसी थुनिएको दोस्रो दिन नै बमले नदी खुलाउन खोजे । तर, त्यो त्यति प्रभावकारी सावित हुन सकेन । अनेक प्रयत्नपछि अहिले सुनकोसी नदी खुलाउन हेभी उपकरणको प्रयोगलाई सार्थक ठानिएको छ र प्रवाहहीन सुनकोसी खुलाउन अहिले एक्साभेटरको प्रयोग गर्ने टुंगो गरिएको छ ।
नेपाली सेनाले बम विस्फोट गराएर थुनिएको सुनकोसी भत्काउन नसकेपछि सेनाकै पहलमा बाँध भत्काउन एक्साभेटर प्रयोग गरिएको हो । काठमाडौंबाट हेलिकोप्टरमा एक्साभेटरका पार्टपुर्जा ओसारेर बाँधस्थलमा पुर्याई नदी खोल्ने काम गरिएको छ । एक्साभेटरले बाँधलाई भत्काएर नदीको बहाव बढाउने र तलाउ घटाउने योजना अनुरूप एक्साभेटरको प्रयोग गरिएको थियो । एक्साभेटरको प्रयोगपछि नै सुनकोसी नदीको बहाव बढेको थियो ।
एक्साभेटरलगायत हेभी उपकरणको प्रयोगमा केही वर्ष पहिले सरकारले नै प्रतिबन्ध लगाउने कार्य गरेको थियो । गाउँ–गाउँमा सडक निर्माण गर्ने क्रममा हेभी इक्विपमेन्टको प्रयोग भएपछि र उपभोक्ताहरूले पनि हेभी उपकरणमार्फत नै स्थानीय विकासमा जोड दिएपछि नीति निर्माणको तहमा बस्नेहरूले प्रतिबन्ध लगाउन चाहे ।
तर, ग्रामीण बस्तीहरूमा सडक निर्माणलगायत विकास निर्माणका अन्य कामहरू गर्ने क्रममा हेभी इक्विपमेन्टहरू प्रयोग गरिँदा वातावरणमा प्रतिकूल असर पर्ने बताएर प्रतिबन्ध लगाइने जुन कार्य गरियो र अहिले प्राकृतिक विपत्ति पर्दा हेभी उपकरणको जुन महत्त्व सम्झिएको छ, यसले के पुष्टि गर्दछ भने, हेभी उपकरणहरू कुनै पनि विकास निर्माण वा प्राकृतिक विपत्तिको समयमा सहयोगीको भूमिका निर्वाह गर्न सक्षम छन् । यसको उपयोगिता र महत्त्व झनै बढेर गएको छ । नेपालजस्तो पहाडी भूभागको बाहुल्य भएको ठाउँमा अरू माध्यमहरूबाट विकास निर्माण होइन, हेभी उपकरणहरूकै माध्यमबाट विकास निर्माण हुनेमा कुनै द्विविधा नरहेको पुनपुषर््िट गरेको छ ।
–निशान्त श्रेष्ठ, सिन्धुपाल्चोक
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply