आर्थिक समस्या परेकै हो
गतांकको बुधबार साप्ताहिकमा प्रकाशित ‘जनमैत्रीमा मस्ती’ शीर्षकको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
जनमैत्री अस्पताल मुनाफारहित अस्पतालको रूपमा कम्पनी ऐन, २०६३ को दफा १६६ अनुसार दर्ता भई स्थापना भएको हो, जो सञ्चालन हुन नसके स्वत: सरकारको मातहतमा रहने विधानमा स्पष्ट व्यवस्था रहेको छ । यस सार्वजनिक संस्थामा व्यक्तिगत जमानीसहित हिमालयन बैंकलगायत ११ बैंकहरूको सहवित्तीयकरणमा ऋण लिएर सञ्चालन गरिएको हो । उक्त ऋण समयमै तिर्न हामी प्रतिबद्ध छौं ।
हाम्रो सञ्चालक समितिमा अहिलेसम्म कुनै फेरबदल भएको छैन । व्यवस्थापकीय कर्मचारीहरूको फेरबदल प्रक्रिया नियमित भएको र कर्मचारीहरूले बीचैमा छाडेर गएपछि विकल्प खोज्नु स्वाभाविकै हो । व्यवस्थापनमा रहनेहरूको कमीकमजोरीले अस्पताल राम्रोसँग चल्न नसक्दा आर्थिक समस्या परेको भने सत्य हो । आगामी दिनमा हामी व्यवस्थापन र मजदुर युनियनबीच छलफल भई यस अस्पताललाई नयाँ तरिकाले सञ्चालन गर्ने निर्णय भएको छ ।
–हस्पिटल व्यवस्थापक
अध्यक्ष, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ र अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ
जनमैत्री अस्पताल मूल एकाइ कमिटी
(एक वर्षअघि जनमैत्री अस्पताल नयाँ व्यवस्थापनद्वारा सञ्चालित हुँदा नोबेल मेडिकल अस्पतालका सञ्चालकहरूले जिम्मा लिई नयाँ व्यवस्थापक नियुक्त गरेको कुरा लुकाएर लुक्ने तथ्य होइन । तर, नयाँ व्यवस्थापकले अस्पताल राम्ररी चलाउन नसकेपछि केही दिनपूर्व एमाओवादी नेता जनार्दन शर्मा आफंैले व्यवस्थापनको जिम्मा लिई आफ्ना असल पात्र केपी शर्मालाई नयाँ व्यवस्थापक नियुक्त गरेको पनि लुकाएर लुक्न सक्ने विषय होइन । तसर्थ, हामीले जुन स्रोतको आधारमा समाचार प्रकाशित गरेका थियौं, हामी हाम्रो स्रोतप्रति विश्वस्त छौं ।)
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply