सार्कको मुख्य उद्देश्य, शान्ति र विकास
सम्पादकज्यू्
सार्कको सुरुआत र परिकल्पना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको रूपमा भएको हो । अहिले आठ ओटा देशहरू सार्कमा आबद्ध छन् र यसको जन्म आपसी एकता र सहयोगद्वारा साझा समस्या निराकरण गर्नका लागि भएको हो । बंगलादेशको ढाकामा १९८५ डिसेम्बरमा ७ देशको सरकार प्रमुखहरूको शिखर सम्मेलन भएको थियो । पछि २००५ मा ढाकामा आयोजना भएको तेह्रांै सम्मेलनद्वारा अफगानिस्तानलाई पनि सहभागी गराएर जम्मा ८ सदस्य राष्ट्र बन्न पुगेको छ । सार्कको मुख्य लक्ष्य र उद्देश्य दक्षिण एसियामा शान्ति स्थापना गनर्,ु आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक क्षेत्रमा आपसमा सहयोग आदान–प्रदान गर्नु हो । नेपालले तेस्रो, एघारौं र अठारौं सार्क शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको छ भने सार्कमा लाग्ने खर्च सदस्य राष्ट्रले बेहोर्ने व्यवस्था रहेको छ । सार्कको कुल खर्चमध्ये १०.७२ प्रतिशत नेपालको भागमा पर्छ भने सम्मेलनका मुख्य एजेन्डा जलस्रोत, ऊर्जा, जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, कृषि, स्वास्थ्य, वातावरण, खाद्य जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुनेछ ।
अर्काे महत्त्वपुर्ण कुरा सार्कको लोगो नेपाली कलाकारले बनाएका हुन् भने सचिवालय पनि नेपालमै छ । साथै यहाँ सार्क क्षयरोग केन्द्र, सार्क सभामुख सांसद संघको कार्यालय, सार्क आर्थिक संघ, सार्क सांस्कृतिक महासंघको कार्यालय पनि छ । सार्क सम्मेलन हुँदा जुन देशमा सम्मेलन हुने हो त्यसै देशका व्यक्ति महासचिव हुने हँुदा नेपालकै महासचिव रहेका हुन् ।
तत्कालीन राजा वीरेन्द्र सार्कका परिकल्पनाकारसमेत भएका कारण यसको निरन्तरता आजसम्म कायम भएको छ । किनकि, देश र जनताको समग्र विकासका लागि शान्ति क्षेत्रको परिकल्पना र प्रस्ताव गरेर उनले अन्तर्राष्ट्रिय जगत्मा नै निरन्तर रूपले नेपालप्रतिको दृष्टिकोणलाई अगाडि बढाएका थिए । किनकि, नेपाललाई एसिया महाद्वीपको नमुना राष्ट्र बनाउन चाहनु उनको उद्देश्य थियो । शान्तिबिना विकास असम्भव भएको महसुस गरी नेपाललाई शान्ति क्षेत्र घोषणा गरेका थिए । यसैले आजसम्म पनि अन्तर्राष्ट्रिय जगत्मा नेपालको ख्याति बढेको छ भने छिमेकी राष्ट्रसंघको सम्बन्ध झनै घनिष्ट भएको छ र विश्वको अन्य राष्ट्रसँगको मैत्रीपूर्ण सम्बन्धमा पनि वृद्धि भएको छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply