जनक शिक्षामा झाको यस्तो छ चाला
सम्पादकज्यू,
जनक शिक्षा सामग्रीका प्रबन्ध सञ्चालक अनिलकुमार झाका कर्तुत भण्डाफोर हृुन लथालेपछि केन्द्रका अधिकारीसँग आफ्ना बारेमा मिडियाबाजी गर्नेमाथि बाँकी नराख्ने भन्दै उनी बम्कन थालेका छन् । झाले आफ्नो बचाउका लागि अर्थ मन्त्रालयका केही अधिकारी समेतलाई रिझाएर विभिन्न पत्रिकाका सम्पादकसँग आफूविरुद्धका समाचार प्रकाशन नगर्न अनुरोध गर्न लगाएको फूर्ति दिन थालेका छन् । साथै, झाले लामो समयसम्म काम गरेका कर्मचारीलाई निकालेर हाल आएर कान्तिपुर पब्लिकेसनमा काम गर्ने करिब एक दर्जन मान्छेलाई ठेक्कामा पुस्तक छपाइको काममा लगाएका छन् ।
हिमाली जिल्लामा शैक्षिक सत्र सुरु हुन लागेको र गत सालदेखि केन्द्रले नै बिक्री–वितरणको जिम्मा पाएकाले केन्द्रले काठमाडौंबाटै बिक्री–वितरणका लागि कर्मचारी खटाए पनि प्रशासनका कर्मचारी पठाउनुपर्ने ठाउँमा २४ सै घन्टा किताब छाप्नुपर्ने समयमा प्रेसका कर्मचारीलाई उक्त काममा खटाउँदा किताब छपाइको काममा समस्या परेको छ । झाले लामो समयसम्म प्रशासनमा काम गरेका अब्बल कर्मचारीलाई प्रेसमा ल्याएका छन् भने भरतपुर क्षेत्रीय कार्यालयमा रहँदा विभिन्न कारणले विवादमा परेका अख्तियारमा समेत उजुरी परेका कर्मचारी भैरवबाबु पन्तलाई स्टोर जस्तो संवेदनशील शाखामा जिम्मा दिएर अनियमितता गर्न मद्दत पुर्याएका छन् ।
माघ २६ गतेसम्म टेन्डर अवधि हुँदाहँुदै प्रबन्ध सञ्चालक झाले २३ गते नै सार्वजनिक खरिद नियमावलीको खिल्ली उडाउँदै सञ्चालक समितिबाट निर्णय गराएको भन्दै बाबा पेपर मिल्स र एभरेष्ट कागज मिल्सलाई फेरि ५ सय टनका दरले कागज आपूर्ति गर्ने जिम्मा दिएका छन् । बाबा पेपर मिल्सले यसभन्दा अगाडि सम्झौता भएअनुसारको १५० टन कागज अझै आपूर्ति गर्न सकेको छैन । हाल आएर झालाई कुनै समय फर्जी कर्मचारी देखाएर पैसा खाने काममा समेत संलग्न भएका हालै सरुवा भएका लेखा प्रमुख सुजनराज नेपालले सघाएका छन् ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply