स्थिति सहज बनाऊ
सरकारी कार्यालयहरूको स्थानान्तरणको विषयलाई लिएर विगत केही दिनदेखि बारा जिल्लामा भएको आन्दोलन र त्यसबाट उत्पन्न असहज परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा आयोगको टोली घटनास्थलमा पुगी अनुगमन गरिहेको छ ।
लोकतान्त्रिक परिपाटीमा असहमतिका विषयमा शान्तिपूर्वक विरोध प्रदर्शन पाउने नागरिकको नैसर्गिक अधिकार भए पनि आफ्नो अधिकारको उपभोग गर्दा अरूको अधिकारमा असर नपरोस् भन्नेतर्फ सचेत रहन आयोग आन्दोलनरत पक्षको ध्यानाकर्षण गराउँदछ ।
आन्दोलनरत पक्ष र सुरक्षाकर्मी दुवैलाई संयमित रहन तथा वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आयोग आन्दोलनरत पक्ष र सरकारको ध्यानाकर्षण गराउँदछ ।
स्थानीयस्तरका सरकारी कार्यालयहरू स्थानान्तरण गर्दा स्थानीय नागरिकको सरोकारलाई ध्यानमा राखी निर्णय गर्न पनि आयोग सरकारको ध्यानाकर्षण गराउँदछ ।
– मोहना अन्सारी
प्रवक्ता, राष्टिय मानवअधिकार आयोग
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply