भारतबाट भएको सहयोग यस्तो छ
नेपाली सेनाको मल्टिनेशनल मिलिटरी कोअर्डिनेशन सेन्टर (एमएनएमसीसी) को संयोजकत्वमा खोज, उद्धार तथा राहत कार्यमा आएका भारतीय सेनाको सर्च एण्ड रेस्क्यू टिम, मेडिकल टिम तथा वायुसेनाको टोलीले हालसम्म काठमाडौंबाट भूकम्पबाट प्रभावित विभिन्न जिल्लाहरुमा ४ सय ७७ पटक उडान भरी १ हजार ३ सय ५७ जना स्वदेशी तथा १ सय ६४ जना विदेशी नागरिकहरुलाई उद्धार गरिसकेको छ ।
भूकम्पबाट प्रभावित भएको विभिन्न जिल्लाहरुमा भूकम्पपीडितहरुका लागि अति आवश्यक खाद्यान्न र अन्य राहत सामग्रीहरु गरी कुल जम्मा १ लाख ९२ हजार २ सय ९५ के.जी. पुर्याइसकेको छ । त्यसैगरी पोखराबाट भारतीय वायुसेनाले बैशाख २६ गतेसम्म खाद्यान्न र अन्य राहत सामग्री गरी १ लाख ५० हजार ५ सय ९० के.जी. राहत सामग्रीहरु भूकम्पबाट प्रभावित विभिन्न स्थानहरुमा पुर्याइसक्नुका साथै घाइते, बिरामी तथा अलपत्रमा परेको स्वदेशी तथा विदेशी गरी ९ सय २० जना नागरिकहरुको सकुशल उद्धार गरिसकेको छ । साथै, मित्रराष्ट्रहरुको सेनाले गर्ने प्रत्येक उडानमा नेपाली सेनाको तर्फबाट एक सम्पर्क अधिकृत र सुरक्षाको निमित्त एक सैनिक समेत खटिइने गरेको छ ।
– सैनिक जनसम्पर्क निर्देशनालय
नेपाली सेना
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply