हुरीले भत्काएका घर फेरि बनायौं
अनेरास्ववियुले फेरि सिन्धुली जिल्लाको मरिन खोलास्थित कपिलाकोट गाउँ विकास समितिको वडा नम्बर २ स्थित सिन्दुरे दोभानमा पुगेर ६ कोठाको भवन निर्माण गरेको छ । मरुभूमिको जस्तो तातो घामको सामना गर्दै मरिनको गर्मी छलेर बाँस काट्ने, बोक्ने र बनाउने काममा अनेरास्ववियु सिन्धुलीका साथीहरू लागि पर्नुभयो । फेरि बनाइएका बाँसका टाटीहरू ठूलो हुरीले भत्काइदियो । साथीहरू फेरि जुट्नुभयो । अन्तत: तीन दिनमा हामी सफल भयौं । स्थानीय गाउँलेहरूबाट पनि ठूलो सहयोग प्राप्त भयो । खाना बनाउने काममा स्थानीयहरू नै खट्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल आले र विद्यालयका प्रधानाध्यापक कविबहादुर ठाडाको सहयोग महत्त्वपूर्ण रह्यो । प्रधानाध्यापकको काठको घरमा सामूहिक सुताइ भयो । साथै, हामीले विशेष धन्यवाद गाउँका अग्रजहरूलाई दिनुपर्ने हुन्छ । नेपालमा प्रयोग हुने कुनै पनि मोबाइल कम्पनीको फोन नलाग्ने स्थानमा गएर गर्मीका बाबजुद पनि काम फत्ते गर्ने साथीहरूप्रति पनि म उच्च सम्मान गर्न चाहन्छु ।
–दीपेश बराल, अध्यक्ष, अनेरास्ववियु
सिन्धुली जिल्ला कमिटी
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply