सहकारीको क्षेत्रमा कहाँ कति क्षति ?
भूकम्पका कारण बचत तथा ऋण केन्द्रीय सहकारी संघअन्तर्गतका संघ–संस्थाअन्तर्गतका २ सय ८० जना सदस्यहरूको मृत्यु भएको छ भने ४५ हजार १ सय ७८ सेयर सदस्यहरूका घर भत्केका छन् । त्यस्तै, २ सय ९३ कार्यालय भवन भत्केका छन् भने १२ करोड ३८ लाख ६९ हजार ३७ रूपियाँको भौतिक क्षति भएको छ । त्यसैगरी, साना किसान कृषि सहकारी केन्द्रीय संघअन्तर्गतका संघरसंस्थाका ४ सय ९० जना सदस्यहरूको मृत्यु भएको छ र ९ सय २५ जना घाइते भएका छन् । सेयर सदस्यहरूका व्यक्तिगत ८५ हजार घर भत्केका छन्, १ लाख ४५ हजार पशुपन्छहरूको मृत्यु भएको छ । त्यस्तै, ७२ वटा संस्थाका कार्यालय भवन तथा १८ वटा संकलन केन्द्रहरू भत्केका छन् भने ७ करोड २० लाखको भौतिक क्षति भएको छ ।
दुग्ध सहकारी केन्द्रीय संघअन्तर्गतका संघ–संस्थाका १०८ वटा कार्यालय भवन र ३८ वटा संकलन तथा प्रशोधन केन्द्र भत्केका छन् । सदस्यहरूका १३ हजार ७ सय ५० वटा गाईभैंसीको मृत्यु भएको छ भने ४ करोड २८ लाखको भौतिक क्षति भएको छ ।
कफी उत्पादक केन्द्रीय संघअन्तर्गतका संघसंस्थाका ५६ जना सदस्यको मृत्यु भएको छ भने १ सय ३३ जना घाइते भएका छन् । ७ वटा कार्यालय भवन र ३० वटा संकलन तथा प्रशोधन केन्द्र ध्वस्त भएका छन् भने १८.८ टन प्रशोधित कफी पनि नासिएको छ । २३ करोड ८६ लाख ६९ हजार ३७ रूपियाँको भौतिक क्षति भएको छ । चिया उत्पादक केन्द्रीय सहकारी संघअन्तर्गत संघसंस्थाहरूका ३९ सदस्यको मृत्यु भएको छ भने एउटा कार्यालय भवन भत्केको छ । ३ लाख ५० हजार रूपियाँको भौतिक क्षति भएको छ ।
तरकारी तथा फलफूल सहकारी केन्द्रीय संघअन्तर्गतका संघसंस्थाहरूका ३ जना सदस्यको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । त्यस्तै, १० वटा कार्यालय भवन र ६ वटा संकलन केन्द्र पनि ध्वस्त भएका छन् । यसरी १ करोड ६३ लाख रूपियाँको भौतिक क्षति भएको छ ।
जुनार सहकारी केन्द्रीय संघअन्तर्गत संघसंस्थाहरूका २ जना सदस्यको मृत्यु भएको छ भने ३ सय १ जना घाइते भएका छन् । त्यस्तै, ११ वटा कार्यालय भवन र ६ वटा प्रशोधन केन्द्रमा क्षति भएको छ र १५ करोड रूपियाँको भौतिक क्षति भएको छ । मौरीपालन सहकारी केन्द्रीय संघअन्तर्गत संस्थाहरूका ५०० घार मौरी नष्ट भएका छन् । सूचना सञ्चार केन्द्रीय संघअन्तर्गतका संघसंस्थाका १० वटा रेडियो स्टेसनमा क्षति पुगेको छ भने २ करोड ७५ लाख रूपियाँको भौतिक क्षति भएको छ ।
बहुउद्देश्यीय सहकारी केन्द्रीय संघअन्तर्गत संस्थाहरूका ४ जना सदस्यहरू घाइते भएका छन् भने ५ वटा कार्यालय भवन भत्केका छन् । ४९ लाख ३७ हजार रूपियाँको भौतिक क्षति भएको छ । अन्य सहकारी संघसंस्थाहरूका ३० जना सदस्यको मृत्यु भएको र ६५ जना घाइते भएका छन् । त्यस्तै, ६ वटा कार्यालय भवन र ७ वटा गोदाम, संकलन र प्रशोधन केन्द्रमा क्षति पुगेको छ भने ५३ लाख ३७ हजार रूपियाँको क्षति भएको छ ।
– केशवप्रसाद बडाल, सभासद् तथा अध्यक्ष, राष्ट्रिय सहकारी संघ
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply