खासामा रोकिएका सामान ल्याउन पहल
काठमाडौं । चीनको खासा क्षेत्रमा बाटो अवरुद्ध हुँदा रोकिएको अर्बौं रुपियाँ बराबरको सामान नेपाल ल्याउन कूटनीतिक पहल सुरु भएको छ ।परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले यसको पहल गर्नुभएको हो । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य अरुण नेपालको नेतृत्वमा नेपाल हिमालय सीमापार वाणिजय संघका पदाधिकारीसहितको टोलीले सोमबार मन्त्री पाण्डेलाई भेटेर यसको पहल गरिदिन अनुरोध गरेको थियो ।
नेपाली व्यापारीहरूको १० अर्ब रुपियाँ बराबरको सामान बाटोमा अलपत्र परेपछि व्यापारीहरूले नोक्सानी बेहोर्दै आएका छन् । चीनको खासा क्षेत्रमा रोकिएका सामानको राजस्व मात्र ४५ करोड रुपियाँ संकलन हुने कारण पनि सरकारी तवरबाट यसको पहल गरिनुपर्ने नेपालले बताउनुभयो । नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बच्चु पौडेलले रोकिएका सामान बैलैमा नेपाल ल्याउन नसके धेरै व्यापारीहरूको उठिबास लाग्ने मन्त्रीसमक्ष जानकारी गराएका थिए ।
वैशाख १२ मा गएको भूकम्पपछिको सुक्खा पहिरोले बाटो अवरुद्ध हँुदा सामान अलपत्र परेका हुन् । वर्षा सुरु भएलगत्तै आएको पहिरोले अझै समस्या आएको छ । नेपाली उपकरणले अवरुद्ध बाटो पन्छाउन नसक्ने भएका कारण पनि चिनियाँ पक्षलाई अनुरोध गरिएको छ ।
मन्त्री पाण्डेले नेपालस्थित चिनियाँँ राजदूत, चीनस्थित नेपाली राजदूत र ल्हासामा रहेका महावाणिज्य दूतलाई टेलिफोन गरेर अवरुद्ध बाटो खुलाउन पहल गर्ने अनुरोध गरेका छन् । चिनियाँ सेनाले केन्द्रीय सरकारको आदेशबिना नेपाली भूमिमा काम नगर्ने कारण पनि बाटो खुलाउन केही समय ढिला भएको मन्त्री पाण्डेले जानकारी दिएका छन् ।
टोलीमा एमाले नेता नेपाल, हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पौडेल, महासचिव अर्जुन गौतम, वरिष्ठ सचिव अर्जुन कार्की, कोषाध्यक्ष कृष्ण क्षत्री, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निमफुञ्जो शेर्पा सदस्य प्रेम लामा रहेका थिए । सो अवसरमा मन्त्री पाण्डेले आफूले सकेको सहयोग गरेर नेपाली व्यापारीको समस्या समाधान गर्ने वचन दिएका छन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply