कटवालले बाँडे गाउँ–गाउँमा जस्तापाता
ओखलढुंगा । पूर्वप्रधानसेनापति रुकमांगद कटवालले ओखलढुंगा र काभ्रेका भूकम्पपीडितहरूलाई जस्तापाता वितरण गर्नुभएको छ । विद्यालय र स्थानीय बासिन्दालाई गरी रुकमांगद कटवाल ट्रस्टका तर्फबाट उक्त राहत वितरण गरिएको हो । पूर्वप्रधानसेनापति कटवालले आफ्नो बहुचर्चित पुस्तक ‘रुकमांगद कटवालको आत्मकथा’ को रोयल्टीबाट प्राप्त रकमबाट उक्त राहत वितरण गर्नुभएको बताइएको छ । जस्तापाता पाउने ओखलढुंगाका १४ विद्यालयहरूमा वरडाँडा प्रावि एसम, ग्रामज्योति निमावि जागिर गाउँ, मनकामना प्रावि डाँडाखर्क, लेती मावि लेती, नर्वदेश्वर मावि चप्लेटी, चन्डेश्वेरी मावि माझगाउँ, फूलमती उमावि खिदिफलाट, भीमसेनस्थान उमावि सप्लुंग, ज्ञानज्योति मावि हुलाकचौर, ज्ञानप्रकाश मावि फूलबारी, पुरुषोत्तम प्रावि लेती, जाल्पा मावि चार केराबारी, ग्रामविकास प्रावि पिपलडाँडा र पोकली झरना सेवा समाज छन् ।
यसअघि सोही ट्रस्टबाट काभ्रे जिल्लाको दाप्चा कशिखण्ड नगरपालिकामा १ सय ७ परिवारलाई १ सय ७ बन्डल जस्तापाता वितरण भएको छ । ट्रस्टले तत्कालै काभ्रेका भूकम्पपीडित विद्यालयलाई जस्तापाता वितरण गर्ने योजना रहेको जनाएको छ । पूर्वप्रधानसेनापति कटवालले आगामी दिनहरूमा विपन्न तथा पिछडिएका ठाउँहरूमा शिक्षाका लागि काम गर्ने बताउँदै विपद्का बेला सबै नेपाली एकजुट भै राष्ट्र निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।ट्रस्टले गत सोमबार काभ्रेको कशिखण्ड नगरपालिकाा पुराना गाउँको बाल उज्वल उमाविका शिक्षक विद्यार्थीसँग अन्तक्र्रिया गर्नुका साथै बिकट गाउँ बसेरीको कालिका प्राविलाई ७ बन्डल जस्तापाता वितरण गरेको थियो ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply