पेसागत महासंघको अन्तरसंवाद
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले श्रमिकका हकहितलाई नयाँ संविधानमा समेट्न अधिकतम प्रयास गरिने बताएका छन् ।
पेसागत महासंघ, नेपालद्वारा सोमबार आयोजित नयाँ संविधानमा श्रमिकका सवाल विषयक अन्तरसंवाद कार्यक्रममा उनले यस्तो आश्वासन दिएका हुन् । नेता खनालले नेपालका विभिन्न राजनीतिक आन्दोलनमा सेवा तथा पेसामा आबद्ध पेसाकर्मीले महत्त्वपूर्ण योगदान पुर्याएको बताए । त्यसैले पनि उनीहरूले उठाउँदै आएका हकहितका विषयलाई अधिकतम रूपमा समेट्नुपर्ने नेता खनालको भनाइ थियो ।
विभिन्न ट्रेड युनियनबाट श्रमिकका हकहित सम्बन्धमा समान विषय संविधानमा सुनिश्चित गरिनुपर्ने माग आएको उल्लेख गर्दै त्यसमा दलहरूबीच पनि समान धारणा आउनुपर्नेमा उनले जोड दिए । ‘श्रमिकका हकहितलाई सुनिश्चित गराउन नेकपा एमालेले उनीहरूको १० प्रतिशत प्रतिनिधित्व गराउनुपर्ने कुरालाई अघि सारेको छ । हकहित सम्बन्धमा पेसागत महासंघलगायतका ट्रेड युनियनले उठाउँदै आएका विषयहरूलाई संविधानमा अधिकतम समेट्नका लागि सबै दलहरू सकारात्मक बन्नुपर्छ’ उनले भने । एमाले पोलिटब्युरो सदस्य डा. विजय पौडेलले पेसागत हक हितका सवालमा महासंघ सचेत रहेको बताउँदै एमालेले पेसाकर्मीको अधिकारका लागि पहल गर्ने आश्वासन दिए ।
पेसागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेलले श्रमिकका हकहितका सम्बन्धमा अन्तरिम संविधानमा समेटिएका अधिकांश विषय नयाँ संविधानको मस्यौदामा नसमेटिएको गुनासो गरे । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा श्रमजीवीहरूले गरेको योगदानलाई कसैले बिर्सन नहुने बताए । श्रमिकहरूको हकहितको संरक्षणका लागि श्रम सम्बन्ध आयोग गठन गरिनुपर्ने उनको माग थियो ।
सभासद् पुष्कर आचार्यले २०६२–६३ को आन्दोलनपछि तत्कालीन नेतृत्वले स्थापित गरेका अधिकारसमेत नयाँ संविधानको मस्यौदामा नसमेटिएको बताए । श्रमिकले उठाएमा मागलाई नयाँ संविधानमा सुनिश्चित गराउन आफ्नो तर्फबाट सक्रिय पहल गर्ने उनले बताए ।
सभासद् दुर्गा पौडेलले विभिन्न ट्रेड युनियनले उठाएका सामाजिक सुरक्षाका विषयलाई संविधानमा समेट्नुपर्ने धारणा राखिन् । डा. विजय पौडेलले श्रम ऐन भए पनि त्यसको कार्यान्वयन नहुँदा नेपालका श्रमिकहरू पिछडिएको बताए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष पुण्य ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापा, अखिल नेपाल ट्रेड युनियन महासंगका अध्यक्ष नारायण सापकोटालगायतले कुनै पनि बहानामा श्रमिकका हकहितलाई कटौती गर्न नहुने जिकिर गरे ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply