जंगली व्यवहार निन्दनीय छ
यस हप्ता राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर भ्रमणको अवसरमा संयुक्त मधेसी मोर्चाको तर्फबाट गरिएको विरोध प्रदर्शन र त्यसपछिका विविध घटनाक्रमहरूको बारेमा हाम्रो पार्टी जनमोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । भर्खरै जारी भएको संविधानबाट संस्थागत हुन पुगेको गणतन्त्रको पहिलो महिला राष्ट्रपतिउपर गरिएको यो हददर्जाको जंगली व्यवहारको हाम्रो पार्टी तीव्र निन्दा एवम् भत्र्सना गर्दछ । राष्ट्रिय एकताको प्रतीक, सामाजिक तथा सांस्कृतिक वीरासतहरूको संरक्षक र राज्यको सर्वोच्च निकाय राष्ट्रपतिप्रति संयुक्त मधेसी मोर्चाले जानकी मन्दिर परिसरभित्र बम हान्ने, त्यसका पुजारीहरूलाई आतंकित पार्ने, रामजानकी विवाह महोत्सवलाई तितरवितर पार्ने र राष्ट्रपतिले मन्दिर परिसरमा टेकेकोमा ‘अपवित्र’ भयो भन्दै त्यसलाई चोख्याउने निहुँमा गरिएको कृयाकलाप अशोभनीय, असभ्य एउटा मुलुकको नागरिकको हैसियतले कहिल्यै पनि गर्नै नहुने बर्बर क्रियाकलापको हामी विरोध गर्दछौं । र सम्बद्ध मधेसी मोर्चाबाट सार्वजनिक आत्मआलोचनाको अपेक्षा गर्दछौं । साथै दोषीउपर राज्यको कानुनअनुसार हदैसम्मको सख्त कानुनी कारबाही गर्न पनि सरकारसँग जोडदार माग गर्दछौं ।
२. भारत सरकारद्वारा नेपालको कञ्चनपुर जिल्लाको परासन क्षेत्रमा हालै पिल्लर नम्बर १९१ देखि १९४ सम्मको नेपालको जमिन डुबानमा पार्ने गरी २ मिटरभन्दा अग्लो बाँध निर्माण गरेको समाचार सार्वजनिक भएको छ । यसबीचमा दसौं वर्षदेखि प्याराताल वरपरको जमिन अतिक्रमण गर्ने, दशगजामा एसएसबीका संरचनाहरू बनाउने गर्दै आएकोमा हामीले विरोध गर्दै आएका थियौं । भारतले बाँके जिल्लाको हिर्मनिया क्षेत्रमा लामो बाँध बाँधी त्यस क्षेत्रलाई डुबानमा पारिएको घटना सेलाउन नपाउँदै कञ्चनपुरको उक्त क्षेत्रमा गरिएको भारतको यो हर्कत अत्यन्त निन्दनीय रहेको छ । भारतले नेपालतर्फका जमिनहरू मिचेर वा आफ्नै जमिनतर्फ नेपालको जमिन डुबानमा पर्ने गरी कैलालीमा कैलाशपुरी बाँध, बर्दियामा गोपियाबाँध, दाङको कोइलाबास बाँध, बाँकेमा लक्ष्मणपुर बाँध, तौलिहवामा महलीसागर बाँध रूपन्देहीमा डण्डाफरेना बाँध, नवलपरासीमा भुजहवा बाँध, रौतहटमा बाग्मती तथा रातु बाँध, सिरहामा हरकट्टी बाँध, सप्तरीमा लुना बाँधलगायतका दर्जनौं बाँधहरू बनाएर नेपालको जमिन डुबानमा पार्दै आएको छ । यी बाँधहरू भत्काएर नदीको प्राकृतिक बहावलाई यथावत् बग्न दिने व्यवस्था गर्न भारत सरकारसँग माग गर्दै सोअनुसारको पहल गरी तराई भेगका जनताको र तराईका जमिनको भरपर्दो सुरक्षा गर्नका लागि पनि नेपाल सरकारसँग जोडदार माग गर्दैछौं ।
क्रान्तिकारी अभिवादनसहित !
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply