प्रतिभा सम्मान तथा पुरस्कार घोषणा
काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । हालै सम्पन्न प्रतिष्ठानको बैठकले प्रतिभा सम्मान सिक्किमका साहित्यकार प्रधुम्न श्रेष्ठलाई र प्रतिभा पुरस्कार संगीतकार बीबी अनुरागीलाई दिने निर्णय गरेको छ । लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा उल्ल्ेखनीय योगदान सेवा दिएबापत श्रेष्ठलाई प्रतिभा सम्मान तथा संगीत क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएबापत अनुरागीलाई पुरस्कार दिइएको प्रतिष्ठानका महासचिव मिजास तेम्बेले जानकारी गराए ।
सम्मानमा ताम्रपत्र र २० हजार १ रुपियाँको सम्मान थैलीे र पुरस्कारमा ताम्रपत्रको साथमा १ लाख १ रुपियाँ नगद रहेको छ । पुरस्कार तथा सम्मान जनवरीको पहिलो साता काठमाडौंमा एक समारोहको आयोजना गरी समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।
सन् १९५४ सालमा सिक्किम राज्यको देन्ताम बजारमा जन्मिएका साहित्यकार प्रधुम्न श्रेष्ठ विगत पाँच दशकदेखि नेपाली साहित्य लेखनमा क्रियाशील छन् । उनका कविता, गीत, निबन्ध र संस्मरणजस्ता दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् भने उनले विभिन्न हिन्दीलगायतका भाषाका पुस्तकहरू नेपालीमा अनुवाद गरेका छन् । सिद्वि, हिमाली प्रकाशन, कनका र भानु स्मारिकाजस्ता विभिन्न पत्रपत्रिकाहरू प्रकाशनमा संलग्न श्रेष्ठ सिक्किमका पुराना साहित्यकार हुन् । नेपाली साहित्य परिषद् सिक्किमका पूर्वअध्यक्ष श्रेष्ठ साहित्य अकादमीका सदस्यसमेत छन् भने सिक्किमलगायत भारतका थुप्रै साहित्यिक र सामाजिक संघसंस्थाहरूसँग आबद्व छन् । उनी भारत र नेपालका धेरै संघसस्थाहरूबाट सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।
संगीतकार बीबी अनुरागी पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय र सफल व्यावसायिक संगीतकारको रूपमा परिचित छन् । २० वर्षदेखि नेपाली संगीतमा सक्रिय भएर लागेका अनुरागीले झन्डै ७ हजार आधुनिक र केही लोकगीतहरूमा संगीत भरेका छन् । उनको एकल संगीतबद्व १५ गीति एल्बम बजारमा आइसकेका छन् भने दर्जनांै चलचित्रहरूमा उनको एकल संगीत रहेको छ । ०५१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका अनुरागीले २५ गीतहरूमा स्वर र २० वटा लोकगीतहरू समेत संकलन गरेका छन् । उनी इमेज अवार्ड तथा नेफ्टा फिल्म अवार्ड तथा विभिन्न एफएम, टिभी र संघसंस्थाहरूबाट पुरस्कृत हँुदै आएका छन् । अनुरागी हाल प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमार्फत नेपाली गीत–संगीतको श्रीवृद्विमा लागिपरेका छन् । सन् २००८ देखि प्रदान गर्न थालिएको प्रतिभा सम्मान हालसम्ममा बेलायतका साहित्यकार स्वर्गीय ईश्वर मानन्धर, साहित्यकार जीबी लुगुन, गायक भक्तराज आचार्य, समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, गजलकार बूँद राना र कलाकार टेकबीर मुखियाले पाइसकेका छन् भने प्रतिभा पुरस्कार साहित्यकार नवीन विभास, गायक कुबेर राई, कवि तथा लेखक उपेन्द्र सुब्बा, कवि श्रवण मुकारुङ, सात्यिकार मोमिला जोशी, पत्रकार राजकुमार दिक्पाल र कवि भूपाल राईले पाइसकेका छन् ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply