यसरी हुन्छ उपत्यकाको एकीकृत विकास
१. स्थानीय तहको दिगो र एकीकृत विकासका लागि जनप्रतिनिधिमूलक स्थानीय शासनको महत्त्वलाई हृदयंगम गर्दै नेपालको संविधानको भावना र प्रावधान अनुसार अविलम्ब स्थानीय तहको अन्तरिम निर्वाचन गर्न सम्बन्धित सरोकारवालाहरूको ध्यानाकर्षण गराउँछांै ।
२. स्वायत्त उपत्यका मेट्रो क्षेत्रको अवधारणा कार्यान्वयन गरी काठमाडौं उपत्यकाको एकीकृत विकासको आवश्यकता पूरा गर्न यथाशक्य छिटो महानगरपालिका ऐन जारी गर्न आवश्यक देखिएकाले त्यसतर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गर्दै सबै सरोकारवालाहरूसमक्ष सकारात्मक पहलको अपेक्षा गर्दछौं ।
३. समान प्रकृतिका कतिपय कार्यहरूमा उपत्यकाभित्रका स्थानीय सरकारहरूले तत्काल एकीकृत रूपमा कार्य सञ्चालन तथा व्यवस्थापन गर्न नीतिगत निर्णय, कार्यप्रणाली, कार्यविधि र कार्यस्थल तहमा एकरूपता कायम गरी प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्ध रहनेछांै ।
४. उपत्यकाको वातावरण संरक्षणमा एकीकृत प्रयास गर्दै सार्वजनिक, निजी, साझेदारी अवधारणाअनुरूप दिगो सहरी विकासका एकीकृत कार्यक्रमहरू सञ्चालन गर्नेछौं ।
५. सूचना प्रविधिको प्रयोगलाई स्थानीय शासन प्रणालीको महत्त्वपूर्ण आधारको रूपमा विकास गर्दै छिटो, छरितो, प्रभावकारी र कम खर्चिलो सेवाग्राहीमैत्री सेवाप्रवाह प्रणाली सञ्चालन गर्न प्रतिबद्ध छौं ।
६. काठमाडौं उपत्यकाको एकीकृत विकास प्रक्रियाका लागि थप स्रोत व्यवस्थापन तथा परिचालन गर्न उपत्यकाभित्रका स्थानीय सरकारहरूबीच सहकार्य गर्न प्रतिबद्धता व्यक्त गर्दछौं ।
७. काठमाडौं उपत्यकाको योजनाबद्ध र एकीकृत विकासका लागि हालसम्म भएका अध्ययन, विश्लेषण, उपलब्धिसमेतलाई ध्यान दिँदै र उपत्यकाका तीनवटै जिल्ला विकास समिति र काठमाडौं महानगरपालिकाको समन्वयमा सम्बद्ध सबै स्थानीय सरकारहरूसमेतको क्रियाशील सहभागितामा एक संयुक्त समिति गठन गरी अघि बढ्न प्रतिबद्धता व्यक्त गर्दछौं ।
८. नेपालको संविधानको व्यवस्था अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्र लागू हुने गरी महानगरीय स्थानीय अदालत स्थापना र सञ्चालनका लागि आवश्यक ऐन मस्यौदालगायतका छलफल प्रक्रिया अगाडि बढाउन प्रतिबद्धता व्यक्त गर्दछौं ।
९. उपत्यकाभित्रका स्थानीय सरकारहरूबीचका साझा सवालहरू पहिचान गरी एकीकृत विकासमार्फत समुन्नत काठमाडौ उपत्यकाको निमित्त संयुक्त समितिमार्फत योजना निर्धारण गर्ने, स्रोत साधन व्यवस्थापन गरी कार्य सञ्चालन गर्नेछौं । यसरी एकीकृत योजना सञ्चालन गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसमेतको अर्थपूर्ण सहभागितामा जोड दिनेछौं ।
१०. काठमाडौं उपत्यकाको एकीकृत विकासका लागि आवश्यक कानुनी तथा संस्थागत प्रबन्धको बारेमा ठोस प्रस्ताव तयार गर्न विज्ञसमूह बनाई विभिन्न चरणमा थप परामर्श तथा छलफलसमेत निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
– रुद्रसिंह तामाङ, कार्यकारी प्रमुख, काठमाडौं महानगरपालिका
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply