किन खुम्चिँदै छ बाल साहित्यको धरातल ?

कुनै बेला नेपाली बाल साहित्यको विकास र समुत्थानमा समर्पित अग्रणी स्रष्टा शान्तदास मानन्धर झोलाभरि बाल प्रकाशनका पुस्तकहरू बोकेर देशका कुनाकाप्चामा पुग्थे । आम बालबालिकामा बाल साहित्यको पहुाच र विस्तार पुर्याउन विद्यालय–विद्यालय पुगेर पठन संस्कृतिको पक्षमा उनी वकालत गर्थे । उनीद्वारा सम्पादित/प्रकाशित ‘बालकोसेली’ बालबालिकामाझ लोकप्रिय थियो । तत्कालीन समयमा बालबालिकालाई प्रगतिशील चिन्तनको दिशातिर डोर्याउने बाल साहित्यको अभाव रहेको हुादा ‘बालकोसेली’ले त्यो अभावलाई धेरै हिसाबले टालटुल गरेको थियो । बाल साहित्यमा कलम चलाउने प्रगतिशील स्रष्टाहरूको एउटा भरपर्दो मञ्च पनि बन्न पुगेको थियो– ‘बालकोसेली’ ।
पञ्चायतकालीन समयमै निस्किएको ‘बालकोसेली’ देशमा बहुदलीय व्यवस्था स्थापना भएको एकाध वर्षसम्म टिकेर बन्द भयो । श्यामप्रसाद शर्मा, रमेश विकल, खगेन्द्र संग्रौला, नारायण ढकालजस्ता प्रगतिशील स्रष्टाहरूका कथा, कविता छापिने ‘बालकोसेली’ बन्द भएपछि त्यसलाई पूर्ति गर्ने अरू बाल पत्रिकाहरू निस्कन सकेनन् । बाल साहित्यको विकास र फैलावटमा विश्वास राख्ने केही प्रकाशन संस्था र व्यक्तिहरूले बाल पत्रिका निकाले पनि ती केवल रहरको घेराभित्रै कैद रहे । बाल पत्रिकाहरूको अभाव सिर्जना भएको महसुस गरेर मूल्यांकन प्रकाशन गृहले ‘नवप्रतिभा’ नामक स्तरीय बाल पत्रिका प्रकाशन गर्ने प्रयत्न गरेको थियो, तर एकाध अंक निस्केर त्यो पत्रिकाले पनि बन्दकै बाटो पछ्यायो । त्यस्तै, केही वर्षपूर्व डिकुरा पब्लिकेसनले पनि ‘मयूर’ नामक बाल पत्रिकाको प्रकाशन सुरु गरेको थियो । स्तरीय सामग्री र साजसज्जाले भरिएको उक्त बाल पत्रिकाले पनि निरन्तरता पाउन सकेन ।
कुनै समय बाल पत्रिकाहरूको प्रकाशनको अवस्था सन्तोषजनक रहे पनि अहिले भने स्तरीय बाल पत्रिकाहरूको सर्वथा अभाव खट्किन पुगेको छ । अधिकांश बाल पत्रिकाहरूले निरन्तरता पाउन नसकेको हुदा यस्तो स्थिति सिर्जना हुन पुगेकोमा द्विविधा देखिँदैन । ‘बालकोसेली’, ‘प्रतिभा’, ‘सुनकेस्रा’, ‘नवप्रतिभा’, ‘बालइन्द्रेनी’, ‘मयूर’ आदि बाल पत्रिकाहरू अहिले बन्द भइसकेको छन् । यी बाल पत्रिकाहरूको निरन्तरता टुंगिएसागै बाल साहित्यमा कलम चलाउने उम्दा स्रष्टाहरूले समेत बाल लेखनबाट विश्राम लिएको स्थिति छ अहिले । किनकि, स्तरीय बाल पत्रिकाहरूको अभावसागै बाल साहित्यमा कलम चलाउनेहरूले पनि राम्रो मञ्च नपाउादा कलम चलाउने विषय नरहादो रहेछ भन्ने देखिएको छ । तसर्थ, बाल पत्रिकाहरूको निरन्तरता टुटेसागै स्तरीय बाल साहित्यको टड्कारो अभाव देखिएको पक्षलाई नेपाली बाल साहित्यका अध्येता र सर्जकहरूले स्विकार्नुपर्ने विषय बन्नु स्वाभाविक बनेको छ ।
हुन त प्रायजसो सबै दैनिक समाचारपत्रहरूले सातामा एक दिन बाल सामग्रीले भरिएका परिशिष्ट प्रकाशन गर्दै आएका छन् । राष्ट्रिय स्तरका हरेक दैनिक पत्रिकाहरूले बाल सामग्रीको महत्त्व र त्यसका पाठकहरूको फराकिलो दायरालाई महसुस गरेर नै परिशिष्ट प्रकाशन गर्न चाहेको पक्षलाई नकार्न सकिादैन । शिक्षाको पहुाचमा रहेका लाखौं बालबालिकाले स्तरीय र पठनीय बाल सामग्री खोज्नु स्वाभाविकै हो । र, त्यसको पूर्तिका लागि दैनिक समाचारपत्रहरूका बाल परिशिष्टले केही हदसम्म सहयोग पुर्याइरहेको पनि छ । तर, ती परिशिष्टहरूले बालबालिकाका निम्ति पर्याप्त बाल खुराकहरू भने अझै पस्किन सकेको पाइादैन । किनकि, एउटा बाल पत्रिकामा जति पर्याप्त सामग्री हुन्छन्, ती परिशिष्टहरूले त्यो मागलाई निश्चय नै धान्न सक्दैन । तथापि, बाल पत्रिकाहरूको प्रकाशनमा शून्यता छाएको हुँदा ती परिशिष्टहरूले त्यो शून्यतालाई धेरै हदसम्म मेटेकोमा भने कुनै दुईमत देखिादैन ।
पछिल्ला अवधिहरूमा अभिभावकहरूले पनि आफ्ना बालबालिकालाई ज्ञान, मनोरञ्जन र नैतिक मूल्यबोध गराउने बाल प्रकाशनहरूको पठनमा जोड दिन थालेका छन् । खासगरी, यस्तो जोड दिनुको पछाडि अरू केही कारण जोडिएका छैनन् । कार्टुनप्रति गहिरो र अगाध मोह राख्ने बालबालिकालाई त्यस श्रव्यदृश्यबाट मोडेर बाल प्रकाशनतिर तान्ने ध्येयकै एउटा उपक्रम हो । किनकि, कार्टुनले बालबालिकालाई ज्ञान र मनोरञ्जन प्रदान गरे पनि त्यसले कल्पनाशीलतामा भने र्हास ल्याउने कुरा प्रमाणित भइसकेको हुादा अभिभावकहरूले आफ्ना बालबालिकालाई कार्टुनको संसारबाट स्तरीय बाल प्रकाशनतिर डोर्याउने अभिप्रायस्वरूप त्यस्तो प्रयत्न गर्न थालेका हुन् । बालबालिकामा नयाापन, सिर्जनशीलता र कल्पनाशीलताको विकास बाल साहित्यबाट जुन मात्रामा हुन्छ, कार्टुन हेरेर ती पक्षहरू प्राप्त गर्न नसकिने स्पष्टै रहेको छ । बालबालिकामा व्याप्त कार्टुनको लत र मोहबाट छुटाउन पनि अचेल अभिभावकहरू स्तरीय बाल प्रकाशन र पत्रिकाहरूको चयनमा लाग्नुलाई एउटा सकारात्मक कदम मान्नुपर्ने हुन्छ ।
बालबालिकालाई मनोरञ्जन प्रदान एवं उनीहरूको मानसिक विकासका लागि बाल साहित्यको अपरिहार्यता र महत्त्वलाई कुनै पनि कोणबाट नकार्न सकिँदैन । तर, नेपाली साहित्यको विकास, उत्थान र विस्तारमा पछिल्ला समयमा जुन प्रयत्न भइरहेका छन्, नेपाली साहित्यले जुन उचाइ हासिल गरिरहेको छ र प्रकाशन गृहहरूले पनि जसरी आाखा चिम्लेर लगानी गरिरहेका छन् । तर, बाल साहित्य र पत्रिकाहरूको प्रकाशनमा भने उदासीनता व्याप्त छ । कतिपय निजी प्रकाशन गृहहरूले बाल साहित्यमा कदम राख्ने आन्तरिक तयारी गरिरहे पनि समयक्रममा आफ्नो योजनासमेत बदलेका छन् । आखिर, बाल साहित्य र पत्रिकाहरूप्रति किन लगानी गर्ने रुचि मर्दै गइरहेको छ, किन चासो र चिन्ता कम हुदै गइरहेको छ र बाल साहित्यको धरातल किन दिनानुदिन खुम्चिँदै गइरहेको छ ? सचेत र चिन्तनशील पुस्ताले सोच्नुपर्ने पक्ष हो यो ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply