प्रलेसको नयाा ग्राफ र नयाा जिम्मेवारी
मुलुकको सामाजिक परिस्थितिमा प्रशस्त फेरबदल देखा परिरहेको छ । राजनीतिक परिदृश्यमा उतारचढाव कायमै छ । ७२ साललाई काल विभाजक रेखा बनाएर यसअघिको र यसपछिको मुलुकका रूपमा इतिहास पुनर्लेेखन गर्नुपर्ने गरी मुलुकले विनाशकारी भूकम्प बेहोर्यो । यसको मारमा थिलथिलो भएको नेपाली राष्ट्रिय जीवनमाथि खेलबाड गर्ने प्रयत्न गर्यो, हाम्रो राष्ट्रियता माथि परीक्षणको प्रयत्न भयो, छिमेकी मुलुकबाट नाकाबन्दी थोपरेर ।
यसबीचमा नेपाली प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणअनुसार धु्रवीकृत लेखक, सर्जकहरूको साझा मोर्चा प्रगतिशील लेखक संघ नेपालको दसौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । संघीय गणतान्त्रिक नेपालको नयाा मानचित्र कोर्दै गरेका परिस्थितिमा राष्ट्रिय जीवनमा अनेकौं चुनौती खडा भइरहेको परिवेशमा प्रलेसले नयाा नेतृत्व चयन गरेको छ । स्रष्टाको सिर्जना उसको जीवन भोगाइ, कल्पना, चिन्तन र आदर्शको पुनर्सिर्जन प्रक्रिया नै हो । यस प्रक्रियामा समाजको आर्थिक ढााचाको प्रभाव बलशाली हुन्छ भन्ने तथ्य प्रगतिवादी साहित्यिक परम्परा र मान्यताको निष्कर्ष हो । हाम्रा सिर्जना शोधश्यमूलक जीवनको पक्षमा हुनुपर्छ । परिवर्तन, न्याय र समानताको पक्षमा हुनुपर्छ । हाम्रा सिर्जनाले राष्ट्रिय स्वाधीनताको पक्षपोषण गर्नुपर्छ । यो एजेन्डामा सहमत स्रष्टाहरू अहिले पनि एकै ठाउामा उभिन सक्ने एउटै मात्र साझा मञ्च हो, प्रगतिशील लेखक संघ नेपाल ।
यस संस्थाको ऐतिहासिक विरासत छ । राणाकालीन वा यसअघिको सामन्ती, निरंकुश शासन व्यवस्थामा आफ्ना वरिपरि भइरहेको उथलपुथलपूर्ण राजनीतिक संघर्ष, सामाजिक परिवर्तनबाट प्रभाव ग्रहण गरेका केही पढेलेखेका युवा वा लाहुरबाट फर्किएकाहरूले सामाजिक, सांस्कृतिक जागरणका निम्ति देखाएका तत्परता, त्यतिबेला उनीहरूले गाउने गीत, नाच्ने घाटु, कहने सवाई, कथ्ने लहरीजस्ता लोक सिर्जनाका माध्यमबाट नेपाली लिखित साहित्यिक परम्परामा आधुनिक चिन्तन धारा र शिल्पशैलीले प्रवेश पाउन थाल्यो । माक्र्सवादी दर्शनले सिद्धान्तको तहबाट संसारमै स्वीकृति पाउादै गरेको परिस्थितिमा नेपली प्रगतिशील साहित्यिक आन्दोलनले राणाविरोधी आन्दोलनसागै आकार पाउादै गयो र २००९ सालमा यसको सांगठनिक आधार निर्माण भयो ।
जीवनबोधी विचार, आमूल परिवर्तनकामी इच्छा, वर्गीय समानताको स्वप्न बोकेर सिर्जना र संगठनका माध्यमबाट मुलुकका हरेक आन्दोलन र संघर्षका मोर्चाहरूमा गर्विलो उपस्थितिसहित वैचारिक प्रभाव छाड्न सफल अग्रज स्रष्टाहरूको लामो सूची छ, नेपाली प्रगतिशील साहित्यिक आन्दोलनको इतिहासमा । मुलुकमा राजनीतिक हिसाबले कठिन परिस्थिति छादा प्रगतिशील स्रष्टाहरू सडकमा सिर्जनाको अस्त्र बोकेर उभिएको घटना साक्षी छ– ‘सडक कविता आन्दोलन’ । यस्तो परिस्थितिमा प्रयोगशीलताको नाममा अमूर्त, दुर्बाेध्य भाषिक दुर्ग खडा गरी आफूहरूलाई छिपाउने लुकाउने स्रष्टाहरूले नै प्रगतिशील साहित्यिक आन्दोलनविरुद्ध नकारात्मक टिप्पणी गर्नु उदेकलाग्दो कुरा हो । अहिलेको परिस्थिति भिन्न छ । हाम्रा आाखाहरूले अलि परसम्मको दृश्य देख्न सक्ने भएको छ । हामी देख्दै छौं, हाम्रो जीवनमा हाम्रै अधिकार छैन । जताततै अंकुश थोपरिएको छ । तेस्रो विश्वलाई आफ्नो अनुकूल बजारमा परिणत गर्ने, राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई हसीमजाकको विषय बनाउने, हाम्रो रगतपसिनामा ट्याक्स लगाएर हामीलाई नै उपभोग्य वस्तुमा परिणत गर्ने अचम्मको खेल, बौद्धिक कसरत शक्ति राष्ट्रहरूबाट भइरहेको छ । साहित्यिक प्रयोगका नाममा अति बौद्धिक जलपमा प्रस्तुत हुन थालेको छ । मुलुकको न्याय, समानताको आन्दोलनभित्र अनेकौं एजेन्डा घुसाएर भााडभैलो र अराजकता मच्चाउने खेल हामीबीचमै खेलिादै छ । हाम्रो राष्ट्रियता यतिबेला अभूतपूर्व संकटमा छ ।
प्रगतिशील साहित्यिक आन्दोलनभित्रै छन् अनेकौं मतमतान्तर, वैचारिक सांगठनिक समस्या । एकातिर हतियारबद्ध आन्दोलन र अर्काेतिर शान्तिपूर्ण वैचारिक आन्दोलन । यसबीचमा लेखिएका सिर्जनाका भाषा, कथा, विश्व दृष्टिकोण, शैलीविन्यास सबैलाई हेर्दा देखिन्छ– यहीभित्र छ हानथाप, आरोप–प्रत्यारोप, गुट–उपगुट, वर्ग–उपवर्ग । आन्दोलनबाटै उठेका पात्रहरू क्रमश: दिग्भ्रमित हुादै गएको, कुण्ठित हुादै गएको र जम्मामा निराशा वा घोर अराजकतावादी वा व्यक्तिवादी महत्त्वाकांक्षाले गााजिादै गएको चित्र प्रस्तुत गर्ने आम लेखनशैली बीच हाम्रो सिर्जनात्मक लेखनको गति, दिशाबारे विमर्श, अभ्यासको नयाा चरण सुरु गर्नुपर्ने स्थिति देखा परेको छ ।
मुलुक संघीयताको अभ्यासमा छ । यो चुनौती पनि हो, अवसर पनि । प्रलेसले प्रदेशिक संरचनाअनुसारको सांगठनिक आधार निर्माण गरी त्यसभित्रको भूगोल, जनजीवन, इतिहास, संस्कृति, त्यहीाभित्रको मिथ प्रयोग गरी स्थानीय रङको साहित्य लेखनमा प्रेरित गर्ने खालको सिर्जनात्मक गतिविधि सञ्चालन गर्नु आवश्यक छ । केन्द्रको हस्तक्षेपकारी भूमिका र यसले निर्माण गरेको राज्यविरुद्ध द्वन्द्वशील मानसिकता न्यूनीकरणका लागि पनि यो आवश्यक छ । यसरी नै यसअघि नै तय भइसकेको नेपाली भाषाका विधाको प्रगतिशील साहित्यको इतिहास लेखन र विभिन्न मातृभाषाको प्रगतिशील साहित्यको इतिहास लेखनको अभिभारा पूरा गर्नु अर्काे महत्त्वपूर्ण जिम्मेवारी हो । यसो गर्न सकिए नेपाली प्रगतिशील साहित्यिको स्तरोन्नतिमा व्यक्ति प्रतिभा, प्रवृत्ति, आन्दोलन, संगठनको यथोचित मूल्यांकन र सम्मान हुन सक्ने थियो । पछिल्लो महत्त्वपूर्ण उपलब्धि– प्रलेसमा नयाा पुस्ताका सिर्जनशील जुझारु र प्रतिभाशाली स्थापित र नवप्रतिभाहरूको जुन आकर्षण छ– सिर्जना संगठन र आन्दोलनमा तिनलाई थप जिम्मेवार बनाएर जोड्ने कामको पनि थालनी हुनुपर्छ । आन्दोलनबाट पर बस्ने र आन्दोलनभन्दा आफूलाई माथि राख्ने, विचार वैविध्यको नाममा अराजकतालाई प्रश्रय दिने, माक्र्सवादको ब्याकबेन्चर्स भन्ने तर प्रलेसमाथि अनेक अत्तो थाप्ने यी केही भिन्न झााकी, परिदृश्यबाट पनि प्रलेसले धेरै सिक्न सक्छ र आफूलाई बलियो बनाउन सक्नुपर्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply