अम्बरलाई भेट्नेछौं बारम्बार

हरेक मानिसको जीवनयात्रा अनेक मोडहरूको समुच्च रूप हो । अनेक मोड र घुम्तीहरूका कठिन यात्रासागै सफलताका कथाहरू पनि बुनिादै जान्छन्, क्रमश: । केही दिनअघि नेपाली सांगीतिक आकाशबाट बिलाएका एक उज्याला नक्षत्र अम्बर गुरुङले अहिले मृत्युपश्चात सबै क्षेत्र, तह र तप्काबाट जुन सम्मान र उच्च श्रद्धा प्राप्त गरे, नेपाली समाज र जीवनमा उनले छोडेका असल पदचिह्नहरूको गहिरो स्मरण हो । जीवनका लक्ष्यलाई एउटै डोरोमा बााधेर अविचल, अविच्छिन्न र अनवरत रूपमा लाग्ने उनको ध्येय र संकल्पको उच्च परिणाम पनि हो ।
अम्बरको जीवनको पहिलो मोड त्यही थियो, जतिबेला उनले नेपाली भाषा, जनजीवन र संगीतलाई समृद्ध तुल्याउने र त्यसलाई नै जीवनभर पछ्याउने अठोट गरे । करिब ५० दशकअघि नेपालीभाषीहरूको बाहुल्य रहेको दार्जिलिङ, सिक्किम, असमलगायत भारतीय भूमिमा नेपाली भाषा, कला, साहित्य, संस्कृतिमाथि जुन हेलाहोचाको व्यवहार थियो, त्यो एउटा स्वाभिमानी, आफ्नो भाषालाई माया गर्ने प्रतिभाका निम्ति सह्य विषय थिएन । अम्बरले त्यही गरे, आफ्नो भाषामाथि दमन गर्ने सत्ता–संरक्षितहरूविरुद्ध गीत/संगीतमार्फत विरोध जनाउन चाहे । त्यसको फलस्वरूप उनले चर्को मूल्य चुकाउनुपर्यो । र, उनले आफू जन्मिएको चियाबारी र कमानहरूसाग बिदाइ माग्नुपर्यो र नेपाललाई कर्मभूमि बनाउने अभियानमा सरिक हुनुपर्यो । तत्कालीन भारतीय शासकहरूले नेपाली भाषा र संस्कृतिको जागरण फैलाउने एउटा प्रतिभालाई आफ्नो भूमिमा राखिरहन जोखिम ठान्नु स्वाभाविकै थियो र एक हिसाबले शासकहरूको लखेटाइमा परे उनी । र, काठमाडौंलाई आफ्नो गन्तव्य बनाए, काठमाडौंलाई आफ्नो सिर्जना फक्रिने थलोका रूपमा अठ्याए ।
अम्बरले राजा महेन्द्रको सानिध्यता पाएर नै काठमाडौं आएको कुरामा कुनै द्विविधा छैन र उनले कुनै समय महेन्द्रको प्रशंसामा गीत गाएका कुरा इतिहासमै उल्लिखित पक्ष हो । तर, तत्कालीन समयमा नेपालका जल्दाबल्दा शासकले नै आफूलाई आश्रय दिएको हुादा नुनको सोझो गर्ने तहसम्म मात्रै उनले राजाको प्रशंसामा गीत गाएका थिए भन्न सकिन्छ । तर, उनको ध्येय भने नेपाली संगीतमा कसरी आधुनिक संगीतलाई प्रवेश गराउने भन्नेमा नै जीवनभर केन्द्रित रह्यो । उनले नेपाली संगीतमा आधुनिकतालाई भित्र्याउन के–कस्ता योगदान दिए र उनका प्रयत्नहरू कति उच्च थिए भन्ने पक्ष बुझ्न उनका सिर्जनाहरूलाई पछ्याउादा नै काफी हुने देखिन्छ ।
दार्जिलिङका चिया कमानहरूको माया त्यागेर बीसको आधाआधी दशकमा काठमाडौं भित्रिएका उनले नेपालीहरूका माया र स्नेह त पाए नै, उतै बसेकाहरूले पनि उनको उच्च प्रतिभालाई भुल्न सकेनन् । किनकि, नेपाल आउनुअघि नै उनका गीतहरू रेडियो खर्साङबाट बारम्बार प्रसारण भइरहन्थे र नेपालीभाषी भारतीयहरूका नजरमा उनी स्थापित भइसकेका थिए । तर, बिस्तारै उनले नेपाललाई नै आफ्नो बनाए र नेपाली भाषा, संस्कृति र पहिचानलाई जीवन्त राख्ने गीत/संगीतको विकासमा अमूल्य योगदान दिनमा नै आफूलाई समर्पित तुल्याए । गम्भीर साधना र सिर्जनाको माध्यमबाट नेपाली संगीतलाई शिखरमा पुर्याउने अभियानमा उनले मजबुत इाटाहरू थप्दै गए, क्रमश: । आज उनलाई हरेक तह र क्षेत्रका व्यक्तिहरूले श्रद्धा सुमन अर्पण गर्नुको पछाडि नेपाली संगीतलाई विशिष्ट उचाइ र गरिमा प्रदान गर्न उनले गरेका अनवरत योगदान र क्रियाशीलतालाई नै मुख्य कारण मान्नुपर्ने हुन्छ ।
अम्बरले नेपाली संगीत जगत्लाई गहन मोडतिर धकेल्दै गर्दा तत्कालीन शासकको छहारीमुनि उभिएको रेडियो नेपालले समाजलाई स्वीकार्य नहुने गीत/संगीतमा जोड दिइरहेका थिए र त्यस्तै गीतहरू हुन्थे प्रसारण पनि । खासगरी, जनतालाई विशुद्ध मनोरञ्जन दिने खालका गीतहरू मात्रै प्रसारणका लागि योग्य ठानिन्थे । र, त्यस्तै गायक–मण्डलीहरूको भीड उमारेर नेपाली गीत/संगीतलाई प्रदूषित तुल्याउने कार्यमा मात्र तत्कालीन शासक वर्ग उभिएको थियो । तर, अम्बरले भने दिशाहीन, छाडा र उद्देश्यविहीन गीत/संगीतको भीड लागिरहेको बेला प्रेमकै गीत गाउन चाहे पनि ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरु को होला…’ जस्ता गहन भाव र अर्थले भरिपूर्ण प्रेमगीतहरू गाउनमा रुचि देखाए । उनले ‘कान्छाले कान्छीलाई लग्यो, वनको बाटो लाल्टिनै बालेर…’ जस्ता समाजलाई दिग्भ्रमित तुल्याउने गीत/संगीतमा जोड दिएनन् । उनी जीवनभर यस्ता गीत/संगीतबाट टाढै रहे । र, जहिल्यै उच्च आदर्श भावले भरिएका संगीत सिर्जनामा नै आफूलाई उभ्याइरहे । उनले यही संकल्प र निरन्तरताले नै आज उनलाई सम्झिनेहरूको पंक्ति विशाल बन्न पुगेको हो ।
व्यावसायिकताको नाममा नेपाली संगीतलाई रत्नपार्कका चटकेहरूको प्रदर्शनमा सीमित राख्ने अभ्यास हिजो पनि भएको थियो र आज पनि भइरहेको छ । कुनै विदेशी संगीतको कपी गरेर हुन्छ वा प्रभावका नाममा अरूका सिर्जना सारेर नै हुन्छ, नेपाली संगीतलाई व्यावसायिकताको आवरणमा सस्तो, स्तरहीन र कर्णप्रिय बनाउने होड पछिल्लो समयमा झनै चलिरहेको छ । तर, अम्बरले भने केही व्यावसायिक संगीत गरे पनि त्यसलाई हलुका बनाउने, केही रकमको मोहमा आफ्नो संगीत धरातलबाट च्यूत हुने र सस्तो लोकप्रियतालाई पछ्याउने ‘दुस्साहस’ भने कहिल्यै गरेनन् । यदि त्यसो गरेका भए अम्बर गुरुङ त्यही समयमा नै सिद्धिन्थे र आज सिंगो नेपाली समाजले उनलाई श्रद्धा अर्पण गर्ने फुर्सद सायदै निकाल्थे होलान् ।
त्यसो त अम्बर आज हामीबीच छैनन् । तर, उनलाई सम्मान गर्न राष्ट्रले कुनै कसर बााकी राखेको भने देखिादैन । अम्बरको नेपाल आगमनपछि देशमा पटकपटक राजनीतिक व्यवस्थाहरू परिवर्तन भए पनि हरेक सत्ताले उनको प्रतिभालाई कदर गरेको मान्नुपर्छ । चाहे संगीत तथा नाट्य एकेडेमीको कुलपति बनाउने सन्दर्भमा होस् वा राष्ट्रिय गानको छनोट र त्यसमा संगीत सिर्जना गर्ने सवालमा नै किन नहोस्, अम्बरलाई राष्ट्रले उच्च सम्मान दिएको थियो । बााचुन्जेल राष्ट्रको सम्मान र मृत्युपश्चात् आम नेपालीको सम्मान पाउन उनीजस्ता सुयोग्य प्रतिभालाई आज हामीले गुमाएका छौं । उनलाई गुमाए पनि उनलाई उनका सिर्जनाहरूमा भेटिरहनेछौं, बारम्बार ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply