बैरोका निर्देशकद्वारा असुली
काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलको मलेसिया शाखाका प्रमुख रुद्र पौडेलका कारण उक्त कार्यालयको बदनाम भएको छ । पौडेल उपसचिव तथा निर्देशक हुन् । उनको जिम्मेवारीमा मलेसिया शाखाको पूर्वस्वीकृति र अन्तिम स्वीकृति दिने तोकिएको छ । उनकै तजबिजीमा त्यो शाखा चल्नुपर्छ । त्यसमा कार्यालय प्रमुखले पनि खासै चासो राख्दैनन् । ताहाचल कार्यालयका प्रमुख भने कृष्णप्रसाद दवाडी रहेका छन् । उनी पनि उपसचिव नै हुन् ।
समान पद भएकाले प्रमुख भए पनि उनले काम कारबाहीमा ठूलो समस्याबाहेक खासै हेर्नुपर्दैन । मलेसिया छुट्टै कार्यालय हो । पौडेल त्यही कार्यालयका प्रमुख हुन् । उनले काम लिएर आउने सेवाग्राहीलाई निकै सताउने गरेको बुझिएको छ । उनी मलेसियामा वैदेशिक रोजगारीमा पठाउने कम्पनीको पूर्व र अन्तिम स्वीकृति दिने गर्दछन् । संस्थागत काम गर्ने भएकाले उनका गतिविधिको कुरा म्यानपावर कम्पनीका मालिकहरू र प्रतिनिधिहरू बाहिर ल्याउन त्यति तयार हुादैनन् । विगत लामो समयदेखि मलेसियाको व्यापार बिग्रिएर थला परेका व्यवसायीहरूले अहिले अलिअलि त्राण पाएका छन् । पौडेललाई अख्तियारले पक्राउ गर्न खोज्दा तत्कालीन कार्यालय प्रमुख मधुविलास पण्डितले अख्तियारका प्रतिनिधिसाग प्रतिवाद गरेपछि पौडेल पक्राउ हुनबाट बचेका थिए । उनी जुन शाखामा रहे पनि विवादमा आइरहने निर्देशक हुन् ।
विगतदेखि व्यवसायीहरूको नियमित रूपमा पैसा नखुवाएर गरिने कामहरू गर्न पनि अचेल पौडेलको निर्देशनमा पैसा मागेर हैरान पार्न थालिएको व्यवसायीहरू बताउाछन् । विशेषगरी मलेसियामा सुरक्षा गार्डमा जाने कामदारलाई अन्तिम स्वीकृति दिादा उनले धेरै पैसाको डिमान्ड गर्दै आएका छन् । पूर्वस्वीकृति गर्दा व्यवसायीहरूले सिभिलियनहरूलाई नै तालिम दिएर पूर्वआर्मी र पुलिसको ठाउामा अन्तिम स्वीकृति लिने चलन रहादै आएको थियो ।
यही विषयलाई बहाना बनाउादै ‘कि मिलाएर ल्याउन होइन भने प्रतिव्यक्ति ८ हजार दिनुपर्ने’ अडान निर्देशक पौडेलको छ । पैसा दिनेहरूको नमिलेका फाइलहरू पनि धमाधम स्वीकृति गरिदिने पैसा नदिनेको मिलाएर ल्याउनु भन्दै फालिदिने गरेको एक व्यवसायीले बताए । पौडेलको मुख्य संकलकका रूपमा त्यहाा कार्यरत शाखा अधिकृत राजेन्ऽ पौडेल रहेको बताइन्छ । निर्देशक पौडेलले कुनै कामदारले भिसा आएपछि कुनै कारणले विदेश जान सकेन भने उसको भिसा रद्द गर्न तीन महिना कुर्नुपर्ने भन्दै व्यवसायीहरूलाई आतंकित बनाउादै आएको बताइन्छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply