सेटिङ मिलाएर रुस्लानमा लेबलिङ
काठमाडौं । नेपालमा अहिले सर्वाधिक बिक्री हुने रुस्लान भोड्का बजारमा नक्कली आवरणमा आउन थालेको छ । बोतल र प्याकिङ समेत उस्तै–उस्तै देखिने गरी हरेक परिमाणको सो भोड्का नक्कली प्याकिङमा आउन थालेपछि त्यसको गृणस्तरको बारेमा प्रश्नसमेत उठ्न थालेको छ ।
धापासीस्थित ग्राण्डी अस्पतालको छेउमा रहेको एक गोप्य घरबाट यसको नक्कली लेबलिङ हुने गरे पनि सबैतिरबाट सेटीङ मिलाइएकाले अहिलेसम्म कुनै कारबाही हुन नसकेको बताइन्छ । राम श्रेष्ठ नाम गरेका व्यापारीले सो कामका लागि २० आना जग्गामा टहरो हालेर खालि राखेको बताइएको छ । उनले दर्ताबाल मदिरा विक्रेतालाई प्यान र भ्याट दर्ताको प्रमाणपत्र लिएर आए होलसेल दरमा जत्ति पनि मदिरा दिन सकिने बताउँदै आएका छन् ।
तर उपभोक्ताहरूले भने पछिल्लो समय नक्कली स्वाद देखा परेकाले यसको छानविन गर्नुपर्ने आवाज उठाएका छन् । पहिले सेतो चेप्टो आकारको बोतलमा पाइने भोड्का अहिले निलो गोलाई आकारको बोतलमा आउने गरेको छ । उक्त टहरोबाट महराजगञ्ज प्रहरी वृत्तले पनि एक घुमुवा मार्फत हजारौं रकम बुझ्ने गरिएको बुझिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply