सेटिङ मिलाएर रुस्लानमा लेबलिङ
काठमाडौं । नेपालमा अहिले सर्वाधिक बिक्री हुने रुस्लान भोड्का बजारमा नक्कली आवरणमा आउन थालेको छ । बोतल र प्याकिङ समेत उस्तै–उस्तै देखिने गरी हरेक परिमाणको सो भोड्का नक्कली प्याकिङमा आउन थालेपछि त्यसको गृणस्तरको बारेमा प्रश्नसमेत उठ्न थालेको छ ।
धापासीस्थित ग्राण्डी अस्पतालको छेउमा रहेको एक गोप्य घरबाट यसको नक्कली लेबलिङ हुने गरे पनि सबैतिरबाट सेटीङ मिलाइएकाले अहिलेसम्म कुनै कारबाही हुन नसकेको बताइन्छ । राम श्रेष्ठ नाम गरेका व्यापारीले सो कामका लागि २० आना जग्गामा टहरो हालेर खालि राखेको बताइएको छ । उनले दर्ताबाल मदिरा विक्रेतालाई प्यान र भ्याट दर्ताको प्रमाणपत्र लिएर आए होलसेल दरमा जत्ति पनि मदिरा दिन सकिने बताउँदै आएका छन् ।
तर उपभोक्ताहरूले भने पछिल्लो समय नक्कली स्वाद देखा परेकाले यसको छानविन गर्नुपर्ने आवाज उठाएका छन् । पहिले सेतो चेप्टो आकारको बोतलमा पाइने भोड्का अहिले निलो गोलाई आकारको बोतलमा आउने गरेको छ । उक्त टहरोबाट महराजगञ्ज प्रहरी वृत्तले पनि एक घुमुवा मार्फत हजारौं रकम बुझ्ने गरिएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply