चौथोपटक पनि ठूलो करदाता बन्दै एनसेल
काठमाडौं । लगातार तीनपटक सर्वोत्कृष्ट करदाताको उपाधि हात पारिसकेको एनसेलले चौथौपटक पनि यो उपाधि हात पार्ने निश्चित भएको छ । कम्पनीले आर्थिक वर्ष २०६९/७०, २०७०/७१ र २०७१/७२ मा लगातार तीनपटक सबैभन्दा बढी कर तिर्दै सर्वोत्कृष्ट करदाता बनिसकेको छ ।
स्रोतका अनुसार एनसेलले गत आर्थिक वर्ष २०७२/७३ मा २८ अर्ब रुपैयााभन्दा बढि राजस्व सरकारलाई बुझाएको छ । यद्यपि, कर कार्यलयबाट भने कुन–कुन कम्पनी अथवा करदाता आर्थिक वर्ष २०७२/७३ को उत्कृष्ट करदाताहरूको सूचीमा परेका छन् भनेर आधिकारिक रूपमा सार्वजनिक हुन बााकी छ ।
आर्थिक वर्ष २०७१/७२ मा पनि एनसेलले सरकारलाई २८ अर्ब ६० करोडभन्दा बढी राजस्व तथा शुल्क बुझाएको थियो । गत आर्थिक वर्षमा एनसेलले रेनोल्ड्सको सेयर कारोबारबापत टेलियासोनेराको तर्फबाट झन्डै १० अर्ब रुपैयाा कर पनि दाखिला गरेको थियो । यसले गर्दा पनि कम्पनीले तिरेको करको रकम बढेको कर अधिकारीहरूले बताएका छन् । ‘एनसेल नै एक नम्बर करदाता हुने पक्का देखिएको छ । तर, हामीले गर्नुपर्ने अन्य हिसाबहरू बााकी नै छन् । सधैझैं दोस्रो स्थानमा नेपाल टेलिकम र तेस्रोमा सूर्य नेपाल रहने पनि प्राय निश्चित छ,’ आन्तरिक राजस्व विभागका एक अधिकारीले बताए ।
लेखापरीक्षण प्रतिवेदन बुझाउने समयावधि अझै बााकी रहेकाले कुन करदाताले कति कर तिर्यो भन्ने औपचारिक जानकारी आउन बााकीे छ ।
कर दाखिलाको हिसाब हेर्दा नेपाल टेलिकमभन्दा एनसेल झन्डै १५ अर्बभन्दा बढी रुपैयाा कर तिरेर अग्रणी स्थानमा रहने देखिएको बताइन्छ । आन्तरिक राजस्व विभागले राख्ने करको हिसाबमा टेलिकम कम्पनीहरूले तिर्ने लाइसेन्स नवीकरण शुल्क र ग्रामीण दूरसञ्चार कोषमा गरिएको योगदानलगायत भने समावेश गरिएको हुादैन ।
एनसेलले सरकारलाई आफ्नो अनुमतिपत्र नवीकरण दस्तुरको किस्ता २.५ अर्ब रुपैयाा प्रत्येक आर्थिक वर्ष सकिनुअगावै तिर्दै आएको छ । त्यसैगरी दूरसञ्चार कम्पनीहरूले आफ्नो वार्षिक कुल आम्दानीको २ प्रतिशत रकम ग्रामीण दूरसञ्चार कोषमा बुझाउादै आएका छन् । गत वैशाखमा एनसेलले आफूले सरकारी ढुकुटीमा विविध शुल्क, रोयल्टी र करअन्तर्गत हालसम्म झन्डै १२९ अर्ब रुपैयाा योगदान गरेको जनाएको थियो ।
साथै, दीर्घकालीन तथा प्रतिबद्ध लगानीकर्ताका रूपमा आउादा वर्षहरूमा पनि देशको सबैभन्दा ठूलो करदाताका रूपमा आफ्नो अग्रणी स्थान कायम राख्ने लक्ष्य कम्पनीको रहेको बताएको थियो । लगानी तथा विस्तारसागै एनसेलले राज्य कोषमा गर्ने योगदान प्रत्येक वर्ष बढिरहेको छ ।
सरकारलाई आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा व्यापार तथा निकासी प्रवद्र्धन केन्ऽले एनसेललाई प्रतिष्ठित सम्मान ‘व्यावसायिक महत्त्वपूर्ण व्यक्ति’ अर्थात् कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सीआईपी) प्रदान गर्ने प्रस्तावसमेत पेस गरिसकेको छ ।
यो सम्मान राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने विभिन्न आर्थिक क्षेत्रमा संलग्न व्यवसाय तथा व्यवसायीहरूलाई प्रदान गरिादै आएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply