ग्लोबल आइएमईले १६ प्रतिशत लाभांश दिने
काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड २२ लाख २३ हजार ९ सय ९८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंक सञ्चालक समितिको गत बुधबार बसेकोे बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृतिपश्चात् वितरण योग्य मुनाफासमेतबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश ( बोनस सेयर) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ७ अर्ब १५ करोड ५ लाख ५० हजार ३ सय ४२ रुपैयाँ पुग्नेछ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । ७६.८४ अर्ब निक्षेप, ६४.६३ अर्ब कर्जा लगानी रहेको बैंकको हाल ९१ वटा शाखाहरू, १० वटा राजस्व संकलन काउन्टर, १ सय ३ एटीएम, ६ वटा एक्सटेन्सन काउन्टर तथा ४२ शाखारहित बैंकिङ सेवा रहेका छन् । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, यूएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply