६५ पत्रकारको निःशुल्क मुटु परीक्षण
काठमाडौं । प्रेस चौतारी नेपालको १९औं स्थापना दिवसका अवसरमा ६५ जना पत्रकारको निःशुल्क मुटु स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहयोगमा प्रेस चौतारी नेपाल केन्द्रीय कमिटी र नेपाल हार्ट क्लिनिकको सहकार्यमा शनिबार मुटुको स्वास्थ्य परीक्षण गरिएको हो ।
इको, इसीजी, अल्ट्रासाउन्ड, लिपिट प्रोफाइलसहितको प्याकेजमा स्वास्थ्य परीक्षण गरिएको चौतारीका सचिव अमृतनाथ तिमल्सिनाले जनाए । प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले अव्यवस्थित जीवनशैली र खानपानका कारण बिग्रँदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आम नागरिकसम्म स्वास्थ्य संवेदनशीलताको चेतना पु¥याउन पत्रकारहरूको स्वास्थ्य परीक्षणमा सहयोग गरेको बताए ।
स्थापना दिवसकै अवसरमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी ७ माघसम्म तीन तहको निर्वाचन नभए देश ठूलो चक्रव्यूहमा फस्न सक्ने बताएका छन् । ७ माघको लक्ष्मण रेखा नाघ्ने गरी प्रधानमन्त्री प्रचण्ड चुनावको राष्ट्रिय आवश्यकता र दायित्वबाट पन्छिन खोजेको उनले आरोप लगाए । ‘प्रधानमन्त्रीज्यू ! चुनावको राष्ट्रिय आवश्यकता र राष्ट्रिय दायित्वलाई ध्यान दिनुस्, व्यक्तिपिच्छेका के–के स्वार्थ छन्, ती पूरा गर्ने हिसाबले कोसिस नगर्नुस्,’ नेपालले भने, ‘तपाईंले राष्ट्रिय आवश्यकता पूरा गर्नुभएन भने देश ठूलो चक्रव्यूहमा फस्नेछ ।’ एमाले सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानसभाको म्याद थप गरेको नजिर सम्झिएर देशमा अर्को प्रतिगमन निम्त्याउन खोजेको आरोप लगाए । यदि त्यसो गरिए एमालेले ७ माघअगावै विकल्प खोज्ने चेतावनी दिए । ‘एमालेले ७ माघको लक्ष्मण रेखा काट्न दिनेछैन, अहिल्यै बुझ्दा हुन्छ,’ भट्टराईले भने, ‘त्यस्तो कोसिस गरिए एमालेले अर्कै विकल्प खोज्नेछ ।’
प्रेस चौतारीको स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित भएका छन् । स्थापनामा महŒवपूर्ण भूमिका निर्वाह गर्ने तत्कालीन प्रचार विभागका प्रमुख एवं साहित्यकार प्रदीप नेपाल, अग्रज पत्रकार गोपाल थपलिया, संस्थापक अध्यक्ष विजय चालिसे, पूर्वअध्यक्षहरू शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईं, गगन विष्ट र राजेन्द्र अर्याल सम्मानित भएका हुन् । चौतारीले स्थापना दिवसमा हरेक वर्ष प्रदान गर्दै आएको चार पत्रकारिता पुरस्कारबाट यस वर्ष ६ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । जसअनुसार हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार कृष्णमुरारी भण्डारी र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार रघु मैनालीलाई प्रदान गरिने जनाइएको छ । त्यस्तै, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार भूषण यादव र मन्दिरा थापा, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार जनक नेपाल र सिद्धराज राईलाई प्रदान गरिने चौतारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply