एनसेलले बढायो सापटी सेवा
काठमाडौ । एनसेलले बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पु¥याउने उद्देश्यले सापटी सेवाको रकममा वृद्घि गरेको छ । साथै ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको छ । कम्पनीले ग्राहकलाई आकस्मिक सूचना सम्बन्धित ठाँउमा पु¥याउन मद्दत गर्न निःशुल्क आपत्कालीन सम्पर्क नम्बर ९००८ पनि सञ्चालनमा ल्याएको छ ।
सापटी सेवाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ४० रुपैयाँ प्राप्त गर्दै आएकोमा मंगलबारसम्मका लागि ६० रुपैयाँ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले विद्यमान सेवा शुल्क २.५१ रुपैयाँमा नै थप सापटी रकमको सुविधा लिन सक्छन् । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्छन् ।
यसका साथै एनसेलले अन्य बेलामा सेवा शुल्क १.२५ रुपैयाँ लाग्दै आएको ब्यालेन्स ट्रान्सफर सुविधालाई पनि निःशुल्क बनाएको छ । यो सुविधा पनि मंगलबारसम्म जारी रहनेछ । बाढीप्रभावित क्षेत्रका ग्राहकलाई आफ्ना प्रियजनसँग आकस्मिक सूचना आदानप्रदान गर्न सघाउने उद्देश्यले निःशुल्क आपतकालीन सम्पर्क नम्बर ९००८ सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत प्रभावित क्षेत्रका एनसेल ग्राहकले ९००८ मा तथा अन्य नेटवर्कका ग्राहकहरूले ९८०९००८००० मा डायल गरी कम्पनीको कल सेन्टरमा रहेका प्रतिनिधिमार्फत आफ्ना सूचना आफ्ना प्रियजनमा पु¥याउन सक्छन् ।
सापटी सेवाका लागि एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सापटी लिन सक्नेछन् । त्यसैगरी ग्राहकले ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्नेछन् । सापटीस्वरूप प्राप्त रकम रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट सेवा शुल्कसहित घट्नेछ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply