गठबन्धनबाट ओली निर्विकल्प प्रधानमन्त्री
वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् । ठूलो दलको हैसियतमा ओली नै स्वाभाविक उम्मेदवार भएको भन्दै प्रचण्डले सार्वजनिक रूपमै ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका हुन् । एमाले अध्यक्ष र गठबन्धनको प्रमुख नेता भएका कारण ओलीको विकल्पमा एमालेभित्र पनि कसैको दाबी नरहेको र प्रचण्ड स्वयंले प्रस्ताव गरेका कारण उनी निर्विकल्प अबको प्रधानमन्त्री बन्नेमा कुनै शंका छैन । यद्यपि, ओली आफैंले भने अहिलेसम्म यसबारे औपचारिक रूपमा मुख खोलिसकेका छैनन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल गठबन्धनको प्रमुख नेताको हैसियतमा ओली नै स्वाभाविक प्रधानमन्त्रीको उम्मेदवार भएको बताउँछिन् ।
‘हाम्रो पार्टी अध्यक्षले ठूलो दलको हैसियतमा ओली कमरेड नै प्रधानमन्त्रीको उम्मेदवार हुने बताइसक्नुभएको छ, भुसालले भनिन्, ‘तर, अहिलेसम्म पार्टीभित्र औपचारिक छलफल हुन पाएको छैन ।’ एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तत्काल निर्वाचन परिणाम समीक्षा गर्दै सरकार गठनबारे छलफल गर्ने तयारीमा छन् । दुवै नेता गठबन्धनका प्रमुख नेता भएकाले गठबन्धन र एकता प्रक्रिया जनअनुमोदितसमेत भएको परिप्रेक्ष्यमा छिटो टुंग्याउनुपर्ने दबाबमा छन् । नयाँ सरकार गठन, पार्टी एकतालगायतका समग्र विषयमा पार्टी एकता संयोजन समितिमा छलफल गरेर मात्रै अन्तिम टुंगोमा पुग्ने दुवै दलको तयारी छ । समितिमा दुवै दलका शीर्ष नेताहरू पनि रहेकाले त्यहाँ निर्णय गरेर दुवै पार्टीले आन्तरिक छलफल गर्ने सम्भावना रहेको एक नेताले बताए । ‘एमालेमा छलफल भइसकेको छैन, तर प्रचण्डले नाम लिनुभएको छ, दुवै नेता पार्टी एकता संयोजन समितिमा प्रमुख नेता हुनुहुन्छ, एमालेका प्रवक्ता विष्णु रिमालले भने, ‘त्यसैले समितिले निर्णय गरेपछि पार्टीभित्र छलफल हुने सम्भावना छ ।’ तर, दुई नेताबीच को प्रधानमन्त्रीको उम्मेदवार बन्नेबारे कुनै सहमति नभएको उनले स्पष्ट पारे ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply