सन्दीप एनसेल ‘स्टार हम्बल हिरो’मा
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले गत बिहीबार क्रिकेटर सन्दीप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मा दुई वर्षका लागि आबद्ध गरेको छ । ‘स्टार हम्बल हिरो’ कार्यक्रम एनसेलले आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्ना वरिपरिका सबैलाई उत्प्रेरित गरिरहेका, आफूलाई उत्कृष्ट बनाउन तथा आफ्नो समुदाय र देशलाई गौरवान्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मान गर्दै रचनात्मक योगदान पु¥याउने उद्देश्य लिई तयार पारेको हो ।
यो पहल एनसेलले आफ्नो ब्रान्डको सार ‘आज, भोलि, सधैं सँगै’ अनुरूप तयार गरिएको हो । यसमा कम्पनीले निःस्वार्थ भावनाका साथ दैनिक रूपमा देश र जनताका लागि अद्भूत कार्यहरू गर्दै नेपाललाई गौरवशाली राष्ट्र बनाउन योगदानपुर्याउने प्रेरणादायी तथा प्रतिभाशाली व्यक्तित्वहरूलाई आबद्ध गर्दै जाने बताएको छ । एनसेलले आफ्नो स्टार हम्बल हिरो अभियानको घोषणा बिहीबार एक कार्यक्रममाझ गरेको हो । कार्यक्रम सिफलस्थित बालमन्दिरको बाल संरक्षण गृहको परिसरमा भएको थियो । त्यहाँ सन्दीपले बालमन्दिरका बालबालिकालाई सम्बोधन गर्दै उनीहरूसँग कुराकानी गर्दै उनीहरूलाई हौस्याएका थिए । बालबालिकाले सन्दीपसँग क्रिकेट खेल्दै रमाइलो गरेका थिए । ‘देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदान गर्न एनसेलले सुरु गरेको यो पहल वास्तवमै सरहानीय छ । यसले हामी सबैलाई आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै समाजमा केहि गर्ने उर्जा प्रदानगर्ने विश्वास छ,’ सन्दीपले भने ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply