भारतीयलाई गोकर्ण विष्टको साथ
काठमाडौं । नेपालको एक नम्बर दाबी गर्ने प्रतिष्ठित मिडिया हाउस कान्तिपुर पब्लिकेसन्स प्रालिमा एक जना भारतीयको प्रवेशबारे एक÷डेढ महिनायता बजारमा अनेकन् अड्कलबाजी चलिरहेको छ ।
लामो समय भारतको प्रतिष्ठित मिडिया हाउस टाइम्स अफ इन्डिया ग्रुपमा निर्देशक तहमा कार्यरत रजनी रेखी लगानीसहित भित्रिएका हुन् या राष्ट्रिय–अन्तराष्ट्रिय इन्ट्रेस्टमा ? यस्तो अड्कलबाजी चलिरहँदा तिनलाई सहज रूपमा कान्तिपुरमा भिœ(याउन नेपालका एक मन्त्रीले सहज ढंगले अनुमति दिएको तथ्य फेला परेको छ ।
विभागीय हिसाबले रेखीलाई कान्तिपुर प्रवेशमा सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले अनुमति दिनुपर्ने हो तर त्यसलाई पनि क्रस गरेर श्रम रोजगार र सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अनुमति दिएपछि भने किन त्यस्तो गरियो भन्ने अनेक आशंका गर्न थालिएको छ । कान्तिपुर प्रवेशका लागि सुरुमा रेखीले सूचना प्रविधि तथा संचार मन्त्रालयमा निवेदन दिएका थिए । तर, कुन प्रयोजनका लागि अनुमति मागेको हो ? नेपालको कानुनअनुसार स्पष्ट नखुलाइएकाले मन्त्रालयले उनलाई केही प्रश्नहरू राखेर जवाफ मागेको थियो ।
कान्तिपुर पब्लिकेसन्समा उनको भूमिका लगानीकर्ता, कन्सल्ट्यान्ट या जागिरे कुन रूपमा हो ? पहिले स्पष्ट पार्न भन्दै मन्त्रालयले जवाफ मागेपछि रेखीले कुनै जवाफ फर्काएनन् । त्यहीबीचमा उनले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टलाई भेटेर अर्को निवेदन दिए । रोजगारीका लागि भन्दै रेखीले निवेदन दिएपछि मन्त्री विष्टले सरोकार राख्ने मन्त्री र मन्त्रालयका कुनै पनि जिम्मेवार अधिकारीसँग सामान्य सोधपुछसमेत नगरी हतारहतारमा अनुमति दिए । त्यसलगत्तै कान्तिपुर पब्लिकेसन्स भित्रिएका रेखीलाई अध्यक्ष कैलाश सिरोहियाले बिजनेस डाइरेक्टरजस्तो महŒवपूर्ण पदमा जिम्मेवारी दिएका छन् । उनलाई मासिक २० लाख भारु अर्थात् ३२ लाख नेपाली रुपैयाँ तलब दिने गरी उक्त पदमा नियुक्त गरिएको स्रोतले जनाएको छ । तर, तिनको भूमिकाबारे सम्पादकसहित त्यहाँ कार्यरत सम्पादकीय टिमले भने सुइँकोसमेत नपाएको चर्चा चल्दै आएको छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply