‘आगमी वर्ष विकास र समृद्धिको’
नुवाकोट । नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी वर्ष विकास र समृद्धिको वर्षको रुपमा सरकारले अघि बढाउने बताएका छन् ।
नुवाकोटको खरानीटारमा भरप्रसाद लामिछाने स्मृिति प्रतिष्ठानको सातौ वार्षिकोत्सवको उद्घाटन गर्दै नेपालले सरकारको पहिलो वर्ष गुनासो, आलोचना र कामकारवाही प्रति आलोचनात्मक टिप्पणी आएपनि आगामी वर्ष सरकारले यसलाई सुधारेर लैजाने विश्वास व्यक्त गरे ।
पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सहमतिको राजनीति नगर्न कांग्रेसलाई आग्रह गरेका छन् । तोडफोड र हिंशाको राजनीतिले दल, नेता तथा कार्यकर्ता कसैको पनि हित नगर्ने जनाउंदै उनले सहमति गरेर वर्तमान सरकारलाई सहयोग गरि अगाडि वढ्न कांग्रेसलाई आग्रह गरेका हुन् ।
नेता नेपालले अघिल्लो वर्षमा सुनिएका सकारात्मक गुनासो र सल्लाहलाई सुझावको रुपमा आगामी वर्षको निति तथा कार्यक्रममा समावेश गरी सरकारको गुनगान र प्रशंसाको वर्षको रुपमा अघि बढाउन सरकारलाई सुझाव दिनुभयो ।
नेता नेपालले सरकारले सुन्ने, हेर्ने विचार गर्ने र लागू गर्ने प्रक्रियामा अघि बढ्न सुझाव दिँदै सरकारले गुनासो सुन्ने गुनासो के हो भनेर वास्तविकता पत्ता लगाउने, गुनासो संवोधनको लागि के के विधिहरु हुन्छन् भनेर विचार गर्ने यसको निरुपणको सिद्धान्त अपनाएमा सरकारको आलोचना घट्ने र कम्युनिष्ट सरकारको प्रत्याभूति नागरिकले गर्न पाउने बताए ।
नेकपा पार्टी एकताको विषयमा बोल्दै नेता नेपालले ठूला पार्टी एकीकरण हुँदा सानातिना अल्झनहरु आउउने बताउँदै यसलाई मिलाएर लैजानुपर्ने बताए । उनले मन परेकालाई भर्ना गर्ने र मन नपरेकालाई पाखा लगाउने परिपाटीले पार्टी बलियो नहुने धारणा राखे ।
एकता प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन माघ महिनाभित्रै छलफललाई तिब्र बनाउन आफूले सुझाव दिने बताए । एकता प्रक्रिया छिटो सक्नुपर्नेमा ढिलो भएको भन्दै एकता ढिलो हुँदा दुवै पार्टीलाई फाइदा नपुग्ने बताए ।
नेता नेपालले वृद्ध भत्तामा वढोत्तरी गर्ने प्रतिवद्धता, आर्थिक सम्वृद्धि, सुखी र सम्वृद्ध नेपाली भन्ने नारालाई सार्थकता दिन नसकेको भने खुलेरै वताए । उनले एक वर्षमा सरकारसमक्ष आएको आरोपलाई अव आगामी वर्ष विकास र समृद्धिको वर्षको रुपमा सरकारले स्थापित गर्न सक्नु पर्ने बताए ।
नेता नेपालले सरकारको पहिलो वर्ष गुनासो, आलोचना र कामकारवाही प्रति आलोचनात्मक टिप्पणी आएपनि आगामी वर्ष सरकारले यसलाई सुधारेर लैजाने विश्वास व्यक्त गरे । यस वर्ष सुनिएका सकारात्मक गुनासो र सल्लाहलाई सुझावको रुपमा आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरी सरकारको गुनगान र प्रशंसाको वर्षको रुपमा अघि बढाउन सरकारलाई नेता नेपालले सुझाव दिए ।
कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेश सभाका उपसभामुख राधिका तामाङ लगायतले प्रतिष्ठानले हरेक वर्ष सामाजिक कामहरु गर्दै आएको भन्दै उच्च प्रशंसा गरिन् ।
पुर्व प्रधानमन्त्रि तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सोमवारै खरानीटारमा वृद्धवृद्धा तथा विद्यार्थीलाई पुरस्कृत गरेका छन् । स्थानीय भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेता नेपालले सम्मान
तथा पुरस्कृत गरे । प्रतिष्ठानको तर्फवाट नेता नेपालले स्थानीय २० जना वृद्धवृद्धालाई नगद एकहजार रुपैयासहित दोसल्ला ओढाएर सम्मान गर्नुका साथै स्थानीय तादी भ्यु एकेडेमीमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो पोशाक र स्टेशनरी सामग्री वितरण गरे । साथै सो विद्यालयलई नेता नेपालले दुई थान कम्युटरसमेत प्रदान गरे ।
प्रतिष्ठानका अध्यक्ष तथा स्थानीय समाजसेवी केपी लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मेघराज लामिद्धानेले स्वागत गरेका थिए । कार्यक्रममा नुवाकोट जापान समाजका अध्यक्ष हरि लामिछानेले प्रतिष्ठान मार्फत सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग गर्ने बताए ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply