बीपीमा अख्तियार प्रभावित गर्ने प्रयास
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रका भएको मनपरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले चासो देखाएको छ । त्रिभुवन विश्वविद्यालयमातहत रही सरकारले अनुदान दिएर आखा विशेषज्ञहरूको अध्यापन तथा आँखा उपचारसमेत हुने सो केन्द्रका विभागीय प्रमुख डा. सगुननारायण जोशीले गरेको बदमासीविरुद्ध अख्तियामा उजुरी परेपछि अख्तियारले चासो लिएको हो । सो कार्यालयलाई विभागीय प्रमुख डा सगुननारायण जोशीले दलालको अखडामा परिणत गरेपछि अख्तियारले त्यसो हुन नदिन भन्दै त्रिवि अनुगमन निर्देशनालयलाई पत्राचार गरेको थाहा भएको छ । तर विभागीय प्रमुख जोशी आफू कारबाहीमा पर्ने भयले त्रिविका अनुगमन निर्देशक विष्णु खनाललाई भेटेर सो पत्र कमजोर पार्ने र आफु उम्किने धन्दामा लागेको थाहा भएको छ । अस्पताललाइ विकृतीको अखडामा परिणत गरेको र विगत लामो समयदेखि अस्पतालका अधिकांश बिरामीहरू आफ्ना केही कर्मचारीहरूलाई कमिसन दिलाएर आफैंले सञ्चालन गरेको निजी क्लिनिकतिर लगेर उपचार गर्ने गरेको आरोप लागेको छ । यसअघि पनि मनपरी गर्दै आएका डा. जोशीले आफू विभागीय प्रमुख भएपछि त झनै त्यो कामलाई निर्विवाद ढंगले अगाडि बढाइरहेका केन्द्रका कर्मचारीहरू बताउँछन् ।
उनको न्युरोडमा र पाटनस्थित निवासमै गरेर दुईवटा क्लिनिक रहेको छ । महाराजगन्जस्थित क्यम्पस तथा अस्पतालमा आउँदा हाजिर गरेर पाँच मिनेट बस्न पनि गाह्रो मान्ने डा. जोशी अस्पतालका बिरामीहरूलाई पाटनस्थित निवासमा लगेर भने हप्ताको पचासौं जनाको अप्रेसन गरिरहेका हुन्छन् । त्यसैगरी डा. डीएन साहले अप्रेसन गर्न ठिक्क पारेको ग्रान्डी अस्पतालको आँखाको बिरामी समेत केही महिना गरी रातारात मोलतोल गरे आफ्नै निजी क्लिनिकमा ल्याएको उनीमाथी आरोप लागेको छ । त्यही प्रकरणका कारण उनी ग्रान्डी अस्पतालमा कालोसूचीमा परेका डाक्टर हुन् ।
त्यसो त विगतमा पनि उनलाई कार्यालयको काममा ध्यान नदिई कार्यालय समयमा पनि अस्पतालमा हाजिर गरेर आफ्नो निजी क्लिनिकमा मात्र धाउने गरेको भन्दै पटक–पटक स्पष्टीकरण तथा विभागीय कारबाहीसमेत भएको थियो । अहिले पनि उनी ११ बजे कार्यालय आउने र २ बजे हाजिर गरेर हिँडिहाल्ने गर्छन् ।
अहिले आफैं विभागीय प्रमुख भएपछि त झनै उनले अस्पतालमा मनपरी गरेका छन् । उनले कार्यालय समयमा अस्पतालमा हाजिर गरेर नर्सहरूलाई समेत आफ्नो निजी क्लिनिकमा काम गराउने गरिरहेको बताइएको छ । उनको न्युरोड गेटमा र लगनखेलमा काठमाडौं आइसेन्टर पाटन नामको क्लिनिक छ । उनले अस्पतालका कर्मचारीसँग कमिसनमा कुरा मिलाएर मिलेमतो गरेर त्यहाँ आएका बिरामी अन्यत्र लैजाने गरेको थाहा भएको छ । त्यस्तै उनले चस्मा पसल खोलेर पनि चस्मा निर्माणमा समेत कमिशन खाने गरेका छन् । अस्पतालमा हाजिर गरेर डा. जोशीको क्लिनिकमा सेवा गर्न जाने केही नर्स अहिले भने बिदा लेखेर मात्र डा. जोशीको निजी क्लिनिकमा सेवा गर्न जान थालेका छन् । यसअघि बुधबार साप्ताहिकमा त्यहाँको विकृतिबारे समाचार प्रकाशन भएपछि यो सुधार आएको हो । त्यसो त डा. जोशीलाई विगतमा अस्पतालमा नआएको दिनको भोलिपल्ट हाजिर गरेको अभियोग लगाएर तलबसमेत रोक्का गरिएको थियो । उनले २०७१ देखि २०७३ सालसम्मको रेकर्डमा २९ दिन गयल गरेका थिए । हाजिरी र उपस्थितिको कुरा त्यहीको अस्पताल प्रशासनले हेर्ने भए पनि पछि उनले तत्कालीन डिन विमलकुमार सिन्हासँग सेटिङ मिलाएर उक्त अवधिको घरबिदा स्वीकृत गराएका थिए । डिनको तहबाट अध्ययन बिदा मात्र स्वीकृति दिन मिल्ने नियम छ । तर, उनले तत्कालीन निर्देशक डीएन साहले ‘अनुपस्थित’ भनेर रातो अक्षरले चिह्न लगाइदिइसकेको हाजिर कपीमा पुनः हाजिर गरेर तलब खाएका थिए । उनलाई नजिकबाट चिन्ने सबै कर्मचारी उनको हर्कतबाट आजित भएका छन् ।
डा. यादव निर्देशकबाट हटेपछि आएका नयाँ निर्देशकले उनको हाजिर मिलाइदिएका थिए । तर अहिले डा. जोशीले आफ्नो स्वार्थ पूरा भइसकेपछि कसैलाई गन्दैनन् । त्यसो त त्यति नै बेला डा. जोशीले आफ्नो क्लिनिकमा ल्याएको सामानको बिल अस्पतालमा पठाएर त्यहाँबाट हाकिमको दस्तखतसमेत गराउन भ्याइसकेका थिए । तर स्टोरमा ती सामान दाखिला भएको नपाइएपछि सो बिलको भुक्तानी रोकिएको थियो । ओपीडी सेवातिर भने बिरामी जाँच्न समय नै नदिने डा. जोशीले पेइङ क्लिनिकमा भने पर्याप्त समय दिने गरेका छन् । पेइङ क्लिनिक भनेको महँगो शुल्क तिरेर लिइने सेवा हो ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply