यसरी विस्तार हुँदैछ उद्योग र रोजगारी
काठमाडौं । पछिल्लो समय नेपाल औद्योगिकीकरणतर्फ फड्को मार्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजहाज चलाउने उद्घोष गरेबमोजिम केही कामसमेत अघि बढेका छन् । त्यति मात्र होइन, अहिले नेपाली उद्योगहरूमा लगानीसमेत बढ्दै गएको छ । सरकारले देशको आर्थिक विकासका लागि लगानी सम्मेलनमार्फत पनि नेपालमा लगानी गर्न आग्रह गर्दै विभिन्न दाता राष्ट्र र दातृ निकायहरूसँग हात फैलाइरहेको छ । सोही क्रम केन्द्रीय सरकारले मात्र होइन, प्रदेश सरकारहरूले पनि जारी राखेका छन् ।
पछिल्ला दिनमा उद्योग स्थापनाका लागि लगानीमैत्री ऐन, आवश्यक वातावरण, लगानीकर्तालाई सहजीकरण, व्यवस्थापन तथा संरचना निर्माण यस अभियानमा सघाउ पु¥याएको बताइन्छ । उद्योग विभागका अनुसार हालसम्म नेपाली उद्योगमा २० खर्ब ५४ अर्ब रुपैयाँको लगानीमा ८ हजार उद्योग दर्ता भएका छन् । ती उद्योगले लगभग ६ लाखलाई रोजगारी दिएको प्रारम्भिक अनुमान छ । उद्योेग विभागको तथ्यांकअनुसार हालसम्म ठूला, मझौला, लघु, घरेलु तथा साना गरी ८ हजार १ सय ४८ वटा उद्योग स्थापना भएका छन् । विभागका अनुसार १७ खर्ब ७८ अर्ब ४२ करोड ५० लाख रुपैयाँ लगानीमा १ हजार १ सय ४९ वटा ठूला उद्योग स्थापना भएका छन् । ठूला उद्योगहरूले १ लाख ६१ हजार १ सय ३८ जनालाई रोजगारी दिएको विभागको तथ्यांकमा उल्लेख छ । त्यति मात्र होइन, अहिलेसम्म नेपालमा १ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँको लागतमा १ हजार ८ सय २२ वटा मझौला उद्योग स्थापना भएका छन् । मझौला उद्योगहरूले १ लाख ६६ हजार ६ सय ७४ जनालाई रोजगारी दिएको जनाइएको छ । त्यसैगरी साना उद्योगमा ८८ अर्ब लगानी भएको जनाइएको छ । विभागका अनुसार ८८ अर्ब ६९ करोड ९० लाख रुपैयाँको लागतमा ५ हजार १ सय ८८ वटा साना उद्योग स्थापना भएका छन् । साना उद्योगहरूले २ लाख ८३ हजार ७ सय ५२ जनालाई रोजगारी दिएको बताइन्छ । उद्योग विभागले यो अवधिसम्म आइपुग्दा औद्योगिक क्षेत्रमा धेरै प्रगति तथा सुधारका काम भएको जानकारी दिएको छ । विभागले हालसम्म संरचनागत सुधार, प्रकृयागत सुधार, नीतिगत सुधारहरू गरी ३ खालको सुधार भएको बताएको छ । हाल विभागको नेतृत्वका रूपमा महानिर्देशकको हैसियतमा सहसचिव जीवनप्रकाश सिटौला छन् । उनका अनुसार विभागको काम औद्योगिक विकासको माध्यमवाट नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउने क्रममा उद्योगसम्बन्धी नीतिनियम तथा कानुनको कार्यान्वयनका लागि जिम्मेवार रहने नै रहेको छ । उद्योग मन्त्रालयअन्तर्गतका विभागहरूमध्ये उद्योग विभाग एक महŒवपूर्ण विभाग मानिन्छ । औद्योगिक व्यवसाय ऐन, २०७३ लागू भएपछि स्थिर जेथा १० करोड रुपैयाँभन्दा बढी भएको मझौला तथा ठूला उद्योगहरू र विदेशी लगानी संलग्न सबै किसिमका उद्योगहरू विभागको कार्यक्षेत्रभित्र परेका छन् । यसै गरी उद्योग व्यवसायमा हुने विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी र औद्योगिक सम्पत्ति संरक्षणसम्बन्धी कार्यहरू पनि विभागको कार्यक्षेत्रभित्रै पर्ने बताइएको छ । मूलतः विभागले औद्योगिक विकासका लागि स्वदेशी एवं विदेशी लगानी प्रवद्र्धन गर्ने, औद्योगिक एवं विदेशी लगानी कानुन र नीतिको तर्जुमा गर्न सघाउ पु¥याउने, उद्योग दर्ता एवं अनुमति लिनुपर्ने उद्योगको अनुमति प्रदान गर्ने, १० करोड रूपैयाँभन्दा बढी स्थिर पुँजी लगानी भएका मझौला वा ठूला उद्योगहरू दर्ता गर्ने, विदेशी लगानी प्रविधि हस्तान्तरण तथा विदेशी ऋणको स्वीकृति प्रदान गर्ने, विदेशी लगानीकर्ताहरूको प्रवेशाज्ञा सिफारिस गर्ने, औद्योगिक सुविधा तथा सहुलियत सिफारिस गर्ने लगायतका काम गर्दै आएको छ । त्यति मात्र होइन, औद्योगिक सम्पत्तिसम्बन्धी प्रशासनिक कार्यहरू गर्ने, उद्योगहरूको प्रारम्भिक वातावरणीय परीक्षणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, उद्योगहरूको कच्चा पदार्थ खपतको ल्यकत तयार गर्ने, आवश्यकतानुसार उद्योगहरूको वातावरणीय पक्ष लगायतका विषयहरूको अनुगमन गर्ने, भारत निकासी हुने औद्योगिक वस्तुहरूको उत्पत्तिको प्रमाणपत्र जारी गर्न सहयोग गर्ने र उद्योग तथा लगानी प्रवद्र्धन बोर्ड र एकद्वार समितिको सचिवालयको कार्य गर्ने काम गर्दै आएको छ ।
राजनीतिक स्थायित्वले फाइदा
पछिल्लोपटक मुलुकमा राजनीतिक स्थायित्व भएको छ । नेकपा नेतृत्वको झन्डै दुई तिहाइको सरकार छ । त्यसले पुरै पाँच वर्षे अवधि काम गर्न पाउने अवस्था छ । राजनीतिक स्थिरता र सरकारको स्थायित्व, लगानीमैत्री ऐन, ऊर्जाको पर्याप्तता, औद्योगिक पूर्वाधारमा प्राथमिकताका साथ सरकारको लगानी वृद्धिले यस क्षेत्रमा लगानीकर्ताहरू हौसिन थालेको बताइन्छ । त्यसैको परिणामस्वरूप पछिल्लो समय उद्योगधन्दा दर्ता गर्ने क्रम बढेको हो । यस्तै, पछिल्लो समय श्रम सम्बन्धमा आएको सुधारले पनि लगानीलाई आकर्षित गरेको छ । विगतमा ट्रेड युनियनहरूले अधिकांश समय बन्द र हडताल गरिरहन्थे । अहिले त्यो क्रम निकै घटेको छ । उद्योग विभागमा लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । पर्यटन, कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज तथा सेवामूलक उद्योगमा बढी आकर्षण बढ्दै गएको बताइएको छ । मूलतः भिजिट नेपाल २०२० को औपचारिक सुरु भएसँगै अधिकांश ठाउँमा होटल, रेस्टुरेन्ट, रेसोर्ट र गेस्ट हाउसहरू दर्ता गर्ने क्रम बढेको छ । हुन त विभागमा दर्ता भएका उद्योगमा सबैभन्दा धेरै उत्पदनमूलक क्षेत्रका छन् । विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ४ खर्ब ६० अर्ब ५२ करोड २० लाख रुपैयाँ लगानीमा तीन हजार ५४ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३ लाख २६ हजार ५ सय ५५ जनालाई रोजगारी दिएका छन् । त्यसपछि सेवामूलक क्षेत्रमा १ खर्ब ५६ अर्ब ४५ करोड ६० लाख रुपैयाँ लगानीमा २ हजार २ सय २० वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले १ लाख २५ हजार २ सय ५ जनालाई रोजगारी दिएका छन् । सेवामूलककै पनि पर्यटन क्षेत्रसँग सम्बन्धित १ खर्ब ५६ अर्ब ३९ करोड ७० लाख रुपैयाँ लगानीमा १ हजार ८ सय २ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ७१ हजार ५ सय ७६ जनालाई रोजगारी दिएका छन् । त्यसैगरी ऊर्जा क्षेत्रमा ११ खर्ब ६७ अर्ब १५ करोड १० लाख रुपैयाँ लगानीमा ३ सय ९९ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३४ हजार ६ सय ७६ जनालाई रोजगारी दिएका छन् ।
सरकारको प्राथमिकतामा कृषि
पछिल्लो पटक सरकारले भने कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । आयात घटाई निर्यात बढाउन यो एकमात्र उपाय भएको अर्थविद्हरूको सुझाव छ । कृषिमा उत्पादन बढाउन सके निर्यात घाटा कम गर्न सकिने विज्ञहरूको सुझावपछि सरकार यसमा लागेको हो । हुन त परम्परागत रूपमा पनि कृषि व्यवसायमा संलग्न नेपालीको संख्या ठूलो छ । यो क्षेत्रमा २८ अर्ब १० करोड ९० लाख रुपैयाँ लगानीमा ४ सय ६९ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३६ हजार १ सय ५० जनालाई रोजगारी दिएका छन् । तर पछिल्ला समय यसमा अनुदानका लागि विभिन्न निकायहरू अग्रसर भएपछि यसमा आकर्षण बढेको बताइन्छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply