डीआईजीको सनकले सिपाही हैरान
काठमाडौं । महानगरीय प्रहरी आयुक्त कार्यालयका डीआईजी विश्वराज पोखरेलले सनकको भरमा गरेको एउटा निर्णय प्रहरीका अधिकृतदेखि जवानसम्म असन्तुष्ट भएका छन् । नेपाली सेनामा प्रयोगमा आएर पनि असफल भइसकेको प्रणाली नेपाल प्रहरीमा पनि लागू गर्ने उनको निर्णय सुरुबाटै विवादित बनेको छ ।
डीआईजी पोखरेलले १५ दिनमा एक दिन अनिवार्य अधिकृतले सिपाहीसँग मेसमा खाने र सँगै सुत्नुपर्ने निर्णय गरेपछि प्रहरीका अधिकृतहरू त बेखुसी हुने नै भए स्वयं जवानहरू पनि यसबाट असन्तुष्ट बनेका छन् । महानगरीय प्रहरी परिसरका एक एसपीले डीआईजी पोखरेलको यो निर्णय फौजी संगठनमा ज्यादै अव्यावहारिक भएकाले लागू हुनै नसक्ने दाबी गरे । हुन पनि यो निर्णयका कारण सिपाहीले हाकिममा खातिरदारीका लागि बढी हैरानी भोग्नुपर्ने निश्चित देखिन्छ । हाकिमले पनि मेसमा सँगै खाने भनेपछि एक त खानपिनमा त्यस्तै खालको बढी सजगता अपनाउनुपर्ने त छँदैछ, त्योभन्दा बढी सिपाहीले हाकिमका अगाडि स्वतन्त्र रूपले अघाउँजी खान पनि नपाउने अवस्था सिर्जना हुने बताइन्छ । त्यस्तै हाकिम पनि सँग सुत्ने भनेपछि विछ्यौनाहरू पनि सोहीअनुरूपको गर्नुपर्ने र यसले खर्च पनि बढाउने बताइन्छ । अर्को रमाइलो कुरा, अधिकृतभन्दा मुनिका महिला प्रहरीसँग सुत्न महिला अधिकृत नै खोज्नु पर्ने भएको छ । सँगै सुत्दा अधिकृतको गोपनीयता पनि कायम नरहने र यसले कतिपय संवेदनशील मुद्दा पनि प्रभावित हुन सक्ने बताइन्छ ।
फौजी संगठनभित्र यो विधि नयाँ भने होइन । सेनाले पनि प्रयोगमा ल्याएर असफल भइसकेको विधि हो यो । मेसमा खाने भने पनि हाकिमका लागि अलग्गै कोठामा खानपिनको विशेष व्यवस्थापन गर्नुपर्ने भएकाले जवानहरूलाई खुसी पार्ने भनिए पनि यसबाट जवानहरूलाई नै सास्ती हुने गरेको सेनाका अधिकृतहरूले बताउने गरेका छन् । यसअघि प्रहरी संगठनमै रमेश खरेलले पनि यो विधि लागू गर्ने भने पनि सफल हुन सकेको थिएन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply