एक्यापमा लुछाचुँडी
काठमाडौं । प्राकृतिक स्रोतमाथि कसको अधिकार र परिचालन रहने भन्नेमा संघीय र प्रदेशबीच विवाद देखिने क्रममा संघीय सरकार र गण्डकी प्रदेशबीच विवाद उत्पन्न भएको छ । गण्डकी प्रदेशमा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को विषयलाई लिएर गण्डकी प्रदेशले संघीय सरकारसँग असन्तुष्टि देखाएको छ ।
पछिल्लो समय एक्यापको व्यवस्थापनको जिम्मा पुनः राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएपछि गण्डकी प्रदेश संघीय सरकारको निर्णयप्रति असन्तुष्ट देखिएको छ । गण्डकी प्रदेशले एक्यापको व्यवस्थापन जिम्मा प्रदेश सरकारलाई दिनुपर्ने माग राख्दै आएको थियो । यसअघि, प्रदेश सरकार गठन नहुँदै पाँच वर्षसम्म एक्यापको व्यवस्थापन गर्ने जिम्मा कोषलाई दिएकोमा गएको माघ ३ गते सो म्याद सकिएको थियो । म्याद सकिएपछि गण्डकी प्रदेशले एक्यापको व्यवस्थापन आफूले पाउनुपर्ने माग राख्दै आएको थियो । तर, माघ १३ गतेको मन्त्रिपरिषद्को निर्णयले एक्यापको व्यवस्थापनको जिम्मा पुनः कोषलाई नै दिने निर्णय गरेको थियो । प्रदेश सरकार भने एक्यापको जिम्मेवारी प्रदेशअन्तर्गत नै आउनेमा ढुक्क थियो । एक्यापको व्यवस्थापनको जिम्मा आउनेबित्तिकै करोडौं आम्दानी प्रदेशमा रहने र सो क्षेत्रको स्रोत परिचालन गर्न सकिने भएको हुँदा प्रदेश सरकारले एक्याप आफूमातहत ल्याउन निकै प्रयत्न गरेको थियो ।
गण्डकी प्रदेश सरकारले एक्यापलाई प्रदेशअन्तर्गत राख्नेदेखि व्यवस्थापनका लागि राष्ट्रिय परिषद् बनाउने, उक्त परिषद्मा संघीय मन्त्रालय र कोषलाई समेत राख्ने, १५ वटा स्थानीय तहलाई व्यवस्थापन तथा सञ्चालनको जिम्मा दिनेलगायत माग राखेको थियो । तर, प्रदेश सरकारको मागलाई बेवास्ता गर्दै संघीय सरकारले पुनः कोषलाई नै व्यवस्थापनको जिम्मा दिने निर्णय गरेको हो ।
कोषले एक्यापसहित गौरीशंकर, मनास्लुु संरक्षण क्षेत्रका साथै बर्दिया र शुक्लाफाँटा संरक्षण कार्यक्रमसहित सदर चिडियाखाना र जैविक विविधता केन्द्रलगायत क्षेत्रहरूको लामो समयदेखि व्यवस्थापन गर्दै आइरहेको छ । अहिलेसम्म कोषले ठूलो रकम एक्यापबाट नै प्राप्त गर्दै आइरहेको छ । एक्यापले हरेक वर्ष ३० देखि ४० करोड रुपैयाँ आम्दानी गर्दै आएको छ । तर, सो रकम कोषको कर्मचारीको तलब र प्रशासनिक क्षेत्रमा नै खर्च हुँदै आएको छ । एक्यापको आम्दानी स्थानीयका लागि खर्च गर्नुपर्ने कुरा पहिलादेखि उठ्दै आए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।
एक्यापले ओगटेको पाँच जिल्लामा अधिकांश विदेशी तथा स्वदेशी पर्यटकहरू घुम्ने गरेका छन् । सन् २०१९ मा मात्र एक्यापमा पर्ने अन्नपूर्ण पदमार्गमा १ लाख ८१ हजार पर्यटकहरू घुमेका थिए । उत्कृष्ट पदयात्रा मार्गका रूपमा परिचित सो क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकहरूबाट उठाएको शुल्क करोडौं हुने गरेको छ ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply