पारिजात ः एउटी स्वाभिमानी स्रष्टा
दार्जिलिङको सुन्दर प्रकृतिको काखमा डुबुल्की मार्दै कहिले फ्रकभरि चाँपका कोपिला बटुलेर नागबेलीको माला लगाएर, जंगलमा लुकामारी खेलेर बाल्यकाल बिताएकी पारिजातको प्रारम्भिक शिक्षा त्यही नै सम्पन्न भएको थियो । सांस्कृतिक कार्यकलापमा बढी रुचि देखाउने पारिजातको पढाइ भने मध्यमस्तरको थियो । उनले अनौपचारिक रूपमा घरमै केही अध्ययन गरेर औपचारिक अध्ययनका लागि दार्जिलिङका विभिन्न स्कुलमा पुगी २०११ सालमा १७ वर्षको उमेरमा काठमाडौंको पद्मकन्या विद्याश्रम डिल्लीबजारबाट एसएलसी, पद्मकन्या कलेज बागबजारबाट २०१३ सालमा आईए र २०१५ मा बीए उत्तीर्ण गरिन् । अंग्रेजी विषयमा बीए गर्ने इच्छाले त्रिभुवन विश्वविद्यालयमा भर्ना भए पनि आर्थिक अवस्थाले भाँजो हालेपछि उनले २०१६ देखि २०१९ सम्म मदन मेमोरियल गल्र्स स्कुलमा शिक्षिकाका रूपमा काम गरिन् । यसरी आर्थिक अवस्थाले आफ्नो शैक्षिक यात्रामा तगारो हालेपछि जागिरमा हाम फालेकी पारिजातलाई पुनः शारीरिक अवस्थाले तगारो तेस्र्यायो ।
उनलाई ¥युमोटोइड क्रोनिक नामक (बाथरोगको विशेष रूप) रोगले च्याप्यो र जागिर छोड्न विवश भइन् । आर्थिक र शारीरिक पीडासँग जुधिरहेकी पारिजातलाई आर्थिक र शारिरिक पीडाले च्यापे पनि साहित्यप्रतिको उनको आत्मबललाई भने तोड्न सकेन । उनको साहित्यिक यात्रा ‘धरती’ नामक कविता लेखनबाट भएको देखिए तापनि उनले कथा र उपन्यासका क्षेत्रमा विशिष्ट सफलता हासिल गरेकी छन् । पारिजात एक न्यायप्रेमी नारी व्यक्तित्व थिइन् भने उनी प्रकृति प्रेमी, भावुक, अध्ययनशील स्वभावकी महिला थिइन् ।
शारीरिक रूपमा अस्वस्थ÷अशक्त भए पनि मानसिक तथा बौद्विक दृष्टिले अत्यन्त सशक्त र सबल पारिजात संघर्षशील नारी थिइन् । साहित्यतर्फ कसैको प्रेरणाबाट नलागेको बताए पनि उनी दार्जीलिङको सुन्दर प्राकृतिक वातावरण, शिक्षित पारिवारिक पृष्ठभूमि, साहित्यकारहरूसँगको संगत, काकाको छोरा प्रियकुमार वाइबाको कथा, कविता लेख्ने आग्रह, अध्ययनशील बानी, प्रेमलहरी, पिटरम्यान, रबिन हुड, अरेबियन नाइट्स, रवीन्द्रका कृतिहरूको गहिरो अध्ययन र किर्केगार्ड सात्र्र, कामु, राहुल, माक्र्स र माओको प्रभाव पर्नुका साथै वैचारिक धरातलबाट पनि प्रभावित भएकी थिइन् । श्रमजीवीको श्रमले उचित स्थान पाउनुपर्छ भन्ने यथार्थ रचना गर्थिन् ।
शरीर जड बने पनि मस्तिष्क ऊर्जाशील थियो । ऊर्जाशील मस्तिष्कलाई श्रम गर्नेहरूको दुःख, पीडा, शोषण, आक्रोश र लक्ष्यतर्फ लगाइन् । राम्रो काम गरेकी हुँदा नै आज पारिजातको सुगन्ध फैलिएको छ । महलमा होइन, बहुसंख्यकको मन मस्तिष्कमा उनको लेखनीको सुवास छाएको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थामा आबद्ध रहेकी पारिजात राल्फा आन्दोलनकी एक प्रमुख हस्तीका रूपमा चिनिन्छिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक आन्दोलनमा सक्रिय रहेकी पारिजातले महिला मुक्ति आन्दोलनसँग सम्बन्धित अनेकौं लेख पनि पत्रपत्रिकामा प्रकाशित गराएकी छन् ।
ज्ञान त्यो तबसम्म भनिनेछ, जबसम्म हामी त्यो कर्ममा लगाउँदछौं । ज्ञान यदि गहिराइमा अझ अव्यक्त हुन्छ, तब कर्म प्रत्यक्षमा देखा परेर व्यक्तिलाई सम्हाल्दछ । ज्ञानमा मानिस निरहंकारी बन्दछ, अपरिग्रही बन्दछ, त्यसको अर्थ हो अहंकार, अशक्ति र परिग्रहको क्षेत्रको लागि समर्थ र अधिकारी बन्नु । वैराग्य हुनुको सार्थकता भनेको त्यसका आधारमा समाजका रोगहरूलाई नियमन गर्नु हो । पारिजातले ज्ञानलाई कर्ममा लगाएकी हुँदा २०४८ सालमा त्रिवि सभा सदस्य, २०३९ सालमा नेपाल तामाङ घेदुङ संघ र त्यही वर्ष जनमत साहित्यिक मासिकद्वारा अभिनन्दन प्राप्त गर्नुका साथै २०३२ सालदेखि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट विद्वत् वृत्ति पनि पाउन सफल भइन् ।
पारिजात शारीरिक रूपले जति कमजोर थिइन्, त्यति उनको सौन्दर्यमा भने कमी आएको थिएन । स्वरमा मिठास, सुरिलो बोली, व्यंग्यात्मक अभिव्यक्ति सामथ्र्यले उनको शारीरिक अशक्तता लुकाउन ठूलो भूमिका निर्वाह गरेको थियो । पारिजात वैज्ञानिक समाजवादको पक्षधर थिइन् । एकातिर उनी स्वयं थिइन्, उनको अन्तस्करण र उनको स्वतन्त्रता थियो । अर्कोतिर सर्वहारा वर्ग, उसको आवश्यकता र प्रभुसत्ता थियो । सर्वहारा वर्गलाई अधिकार दिलाउन आफ्नो लेखनी सन्तुलन बनाउँथिन् । उनका ग्रन्थहरूले यिनै कुरा बोलेका छन् । समाज–तŒवज्ञहरूका बहसको ठेक्का राजनीतिज्ञहरूसँग हुन्छ । सबैले स्विकारेकै छन् सबै क्षेत्रको हो र केही कसैको पनि होइन । आदर्श समाजका बारेमा पारिजात प्रस्ट थिइन् । राज्य सबै कुरा हो, वैज्ञानिक समाजवादका पक्षधर अनुसार राज्य अन्तमा अनावश्यक बन्नेछ । तत्कालीन समयमा न्याय र अधिकारप्राप्त गर्ने एक मात्र लक्ष्य राजनीति गर्ने पार्टीहरूको रहेको छ । न्याय र सुखको ढ्वाङ फुकेर शासन गरिरहेका छन् ।
पारिजात नेपाली साहित्य जगत्मा बहुमुखी प्रतिभाका रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल देखिन्छिन् । उनले कथा, कविता, निबन्ध, उपन्यास र आत्मसंस्मरणजस्ता विधामा कलम चलाएको पाइए पनि आफ्नो अस्तित्व र पहिचान भने उपन्यास र कथा विधामार्फत नेपाली साहित्यको इतिहासमा सुरक्षित राख्न सफल भएकी छन् । स्कुले जीवनबाट नै साहित्यतर्फ लम्किएकी पारिजातले आफ्नो कवितासंग्रहमार्फत एउटी नवयुवतीको जीवनका आशा र निराशाले पारेको प्रभाव, प्रेमी, पीडा र विरहका भावहरू सलल पोख्दै यौवनावस्थाका सपना र पीडाहरू समेट्दै दोस्रो विश्वयुद्धले जन्माएको वितृष्णा र शून्य स्पष्ट रूपमा चित्रण गर्न सफल भएकी छन् ।
उनको प्रारम्भिक लेखनमा स्वच्छन्दवादी प्रवृत्ति देखिन्छ । २०१६ देखि २०२६ सालसम्मका उनका कविताहरू दोस्रो कवितासंग्रहमा संकलित छन् । यी कवितामा विसंगतिवादी र निराशावादी स्वर तथा अस्तित्ववादी चेत प्रकट भएको पाइन्छ । २०३६ देखि २०३९ सम्मका कविताहरू तेस्रो कृतिमा संगृहीत छन् । त्यस समयसम्म आइपुग्दा ‘बैंसालु वर्तमान’ कविता संग्रहमा पारिजातले जीवनलाई संगतिपूर्ण रूपमा हेरेकी छन् । जसले जीवन र जगतलाई यथार्थपरक रूपबाट बुझेको हुन्छ, उसले द्वन्द्वात्मक भौतिकवादी दर्शन स्वीकार गर्ने गरेको पाइएको छ ।
यसरी पनि भन्न सकिन्छ धर्मको जरो खन्दै जाँदा यथार्थको लौकिक संसारमा पारेको परिणामबारे थाहा पाइन्छ । किनभने, धर्माधिकारीहरू शोषण र अनैतिक कार्य मात्र गर्ने गर्छन् र अन्धविश्वास बाँडेर बाँचेका हुन्छन् । पारिजातले जीवनका उज्याला पक्षहरूलाई खोज्नु, जीवनलाई सार्थक र सारमय बनाउन चाहनु, निराशाको बदलामा आशावादी दृष्टिकोणले जीवनलाई तेस्रो कवितासंग्रहमार्फत हेरेकी छन् । मानसिक तथा बौद्विक दृष्टिले अत्यन्त सबल पारिजातले करिब एक दर्जनको हाराहारीमा उपन्यासहरू पस्किएर नेपाली साहित्यको भण्डारलाई भरिलो पार्ने कार्य गरेकी छन् । उनको स्रष्टा व्यक्तित्वमा सबैभन्दा प्रखर व्यक्तित्व नै उपन्यासकार व्यक्तित्व हो ।
पारिजातलाई ‘शिरीषको फूल’ ले वैयक्तिक पहिचान दिलाएको छ । ‘पर्खालभित्र र बाहिर’ ले राजनीतिक संघर्षलाई उद्घाटन गरेको छ । साहित्यकार पारिजातले जीवन भोगाइका क्रममा देखेका, सुनेका र अनुभव गरेका यथार्थ कुराहरूलाई आफ्नो उपन्यासका माध्यमबाट अभिव्यक्त गरेकी छन् । अयथार्थ कुरा लेख्ने लेखक पाठकको मूल्यांकनमा हलुंगो बन्ने गर्छ ।
उनको ‘शिरीषको फूल’ उपन्यासले विसंगतिवाद, शून्यवादजस्ता दार्शनिक विचार प्रतिपादन गर्ने कार्य ग¥यो । अर्थहीन तथा मूल्यहीन बचाइ र शून्यताको बोधमा यसले सफलता हासिल ग¥यो भने यसैको सापेक्षतामा ‘महत्ताहीन’ पनि देखाप¥यो । यसमा भोगप्रतिको वितृष्णाले जन्माएको शून्यताको गहिरो र गम्भीर अनुभव नै जीवनको निस्सारता हुन्छ भन्ने चेत व्यक्त गरिएको पाइन्छ । पारिजात राल्फा आन्दोलनमा सक्रिय भएको बेला लेखिएको उपन्यासमा त्यसैअनुसारको विद्रोह, आक्रोश र संघर्षहरू पाइन्छन् । समाजवादी यथार्थवादी वैचारिक उन्मेष र विकृतिहरूलाई समेटेर समस्याको सिर्जना गरेर उक्त समस्याको मूल जरोलाई सूक्ष्म रूपले देखाई निराकरणको बाटो पनि देखाएको पाइन्छ । पारिजातले कहिल्यै पनि समन्वयको मार्ग नअपनाएर उनले एउटा धुरीको निर्माण गरिन् । एउटा परम्परा बसालिन् । जनताको पराक्रम नै उनको लेखनीको प्रेरणा बन्यो । कर्मका पक्षपाती पारिजात कहिल्यै आशीर्वादको मुनि काम गरिनन् । न त कहिल्यै जीवनको निस्सारताप्रति समर्पित नै भइन् । पारिजात आफ्नो स्वाभिमान, दृढता र लेखकीय सौन्दर्यले बाँचिरहेकी छन् । नेपाली साहित्यमा उनी प्रतिनिधि बनिरहिन् ।
यो नयाँ कुरा होइन, पारिजातको साहित्यिक मूल्य सर्वोपरि भएको भन्न सकिन्छ । पारिजात यथार्थमा नेपाली मन भएकी स्वाभिमानी लेखिका हुन् । बाँचुन्जेल अतिविवादित रहेकी पारिजात मृत्युपछि सर्वाधिक चर्चित बनेर नेपाली जनमानसमा जीवित रहेकी छन् । उनले स्वार्थ पूर्तिका लागि भने कहिल्यै नराम्रो बाटो रोजिनन् । यिनै कुराहरू प्रायः उनका रचनामा उद्वेलित भएको पाइन्छ । प्रवासी नेपाली भनेको कत्ति पनि नरूचाउने पारिजात, सुकन्याजस्ती बहिनीको साथ र नेपाली भाषाप्रतिका मायाले उनको व्यक्तिगत जीवनभन्दा साहित्यिक र सामाजिक जीवन बढी सबल देखिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply